04/11/2025
कडा मेहेनतको सफलता
Inspiration & Hardwork: उदयपुर, बेल्टार बस्नुहुने ४५ वर्षीय शोभा शर्माले लामो समयदेखि आफ्नो श्रीमानले सञ्चालन गर्दै आउनुभएको मोटर साइकल वर्कशपमा सहयोग गर्ने सोचेर श्रीमानसँग सिक्दै मोटरसाइकल मर्मत-सम्भारको काम सुरू गर्नुभयो । अहिले १५ वर्षदेखि आफ्नो श्रीमान र छोरा संग मिलेर बाइक मर्मत-सम्भार गर्दै आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ "काम सबै अफ्ट्यारो हुन्छ तर जागर लगाएर गर्नपर्छ । अहिले हामी यहि कामबाट आत्मनिर्भर बनेका छौँ त्यसैले म खुसी छु ।" 🙏
Story, Photo. Suresh Timalsina, Romash Regmi