धरान पुर्बेली भेट्रान फुटबल क्लब

  • Home
  • Nepal
  • Dharan
  • धरान पुर्बेली भेट्रान फुटबल क्लब

धरान पुर्बेली भेट्रान फुटबल क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from धरान पुर्बेली भेट्रान फुटबल क्लब, Sports Club, Dharan.

प्रथम सिद्दार्थ भेट्रान फुटबल प्रतियोगिता सुन्दर हरैचा मोरङमा सहभागिता जनाउदै धरान पुर्वेली भेट्रान FC....
04/06/2026

प्रथम सिद्दार्थ भेट्रान फुटबल प्रतियोगिता सुन्दर हरैचा मोरङमा सहभागिता जनाउदै धरान पुर्वेली भेट्रान FC....

चौथो मधेली भेट्रान गोल्ड कप धरान पुर्बेली भेट्रान FC को पोल्टोमा... 👉️आज भएको अत्यन्तै रोचक फाइनल खेलमा धरान पुर्बेली भे...
31/01/2026

चौथो मधेली भेट्रान गोल्ड कप धरान पुर्बेली भेट्रान FC को पोल्टोमा...
👉️आज भएको अत्यन्तै रोचक फाइनल खेलमा धरान पुर्बेली भेट्रानले अत्यन्तै उत्कृष्ट खेल पस्किदै आयोजक मधेली भेट्रानलाई १ को विरुद्ध ४ गोल गरि बिजयी हुन सफल रहयो.. यस फाइनल गेम सम्ममा धरान पुर्बेली भेट्रान FC लाई भौतिक तथा आर्थिक रूपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण खेलाडी, अफिसियल लगायत शुभचिन्तक ज्यु हरुमा क्लब परिवार हृदयबाट नै कृतज्ञता व्यक्त गर्दछ!
धन्यवाद 🙏

आज भएको 4th Madheli veteran football tournament को म्याचमा दुहबी भेट्रानलाई ट्राइबेकरमा स्तब्ध पार्दै दोस्रो चरणमा पुग्न...
19/01/2026

आज भएको 4th Madheli veteran football tournament को म्याचमा दुहबी भेट्रानलाई ट्राइबेकरमा स्तब्ध पार्दै दोस्रो चरणमा पुग्न सफल भएकोमा धरान पुर्बेली भेट्रान फूटबल क्लब एवं म यस क्लबको अध्यक्ष बिकास प्रधान सम्पुर्ण खेलाडी लगायत अफिसियलहरुमा धन्यवाद साथै कृतज्ञता व्यक्त गर्दछु!
धन्यवाद 🙏

"यहि मिति 2082 साल सावण १७ गते शनिबारको दिन धरान खेलकुद मंच द्वारा आयोजना गरिने "धरान एवार्ड-2082" कार्यक्रममा यस D.P. V...
31/07/2025

"यहि मिति 2082 साल सावण १७ गते शनिबारको दिन धरान खेलकुद मंच द्वारा आयोजना गरिने "धरान एवार्ड-2082" कार्यक्रममा यस D.P. Veteran FC सङ्ग आवद्ध सम्पुर्ण पदाधिकारी ज्युहरुको उपस्थितिको गरिमामय रहने जानकारी गराउद्छु!
समय: दिनको ठिक ११:३० बजे देखि
स्थान: धरान किचन धरान-१५

"धन्यवाद मिल्स भेट्रान क्लबलाई हामीलाई बिश्वास गरेर सहभागिताको योग्य सम्झिनु भएकोमा... धरान पुर्बेली भेट्रान फुटबल क्लब ...
03/05/2025

"धन्यवाद मिल्स भेट्रान क्लबलाई हामीलाई बिश्वास गरेर सहभागिताको योग्य सम्झिनु भएकोमा...
धरान पुर्बेली भेट्रान फुटबल क्लब तपाईंको यो बिश्वासको सधै कदर गर्ने छ!🙏🙏 जय फुटबल 🙏🙏

👉️धरान पुर्बेली भेट्रान FC परिवार तपाईहरु सम्पुर्णमा नयाँ बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त  गर्दछ!🙏👉️यसै नयाँ...
14/04/2025

👉️धरान पुर्बेली भेट्रान FC परिवार तपाईहरु सम्पुर्णमा नयाँ बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ!🙏
👉️यसै नयाँ बर्ष २०८२ लाई सम्झना स्वरुप क्लब परिवारले आयोजना गरेको सानो जमघटमा आज हामी रासाताल तिर रमाइलो गर्दै..

⚽️खनार युवा क्लब खनार (इटहरी) द्वारा आयोजित प्रथम खनार भेट्रान फुटबल प्रतियोगिता यहि आउदो २०८१ साल चैत २४ गते देखि शुरु ...
31/03/2025

⚽️खनार युवा क्लब खनार (इटहरी) द्वारा आयोजित प्रथम खनार भेट्रान फुटबल प्रतियोगिता यहि आउदो २०८१ साल चैत २४ गते देखि शुरु हुन गइरहेको जानकारी सम्पुर्णमा गराउन चाहन्छु!
यस भेट्रान फुटबल प्रतियोगितामा धरानबाट एक मात्रै धरान पुर्बेली भेट्रान फुटबल क्लब लाई स-सम्मान प्रतियोगितामा सहभागीको निम्तो दिनु हुने सम्पुर्ण खनार युवा क्लब परिवारलाई आभार प्रकट गर्नु चाहछु!
👉️यसै गरि धरान पुर्बेली FC को गेम चैत २५ गते सोमबारको दिन मंगलबारे भेट्रान FC उर्लाबारी (मोरङ) सङ्ग दिनको ठिक ३:०० बजे सारदा मा.बि. खनारको फुटबल ग्राउन्डमा हुने कुरा पनी सहर्ष जानकारी गराउदछु!

👉️हाम्रो अभिभावक यस भेट्रान क्लबको खेलाडी एवं सल्लाहकार आदरणीय दाजु श्री अमर गुरुङ ज्युबाट क्लबलाई एक थान उच्चस्तरीय फुटबल प्रदान गर्नु भएकोमा क्लब परिवार कृतज्ञता व्यक्त गर्दछ!🙏
धन्यवाद 🙏🙏

हामी सबैको अभिभावक यस धरान पुर्बेली भेट्रान फुटबल क्लबको संरक्षक एवं बरिस्ठ सल्लाहकार, एन्फा बरिष्ठ मानार्थ उपाध्यक्ष तथ...
30/03/2025

हामी सबैको अभिभावक यस धरान पुर्बेली भेट्रान फुटबल क्लबको संरक्षक एवं बरिस्ठ सल्लाहकार, एन्फा बरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष, नेपाली कांग्रेसका युवा नेता, सामाजिक ब्याक्तित्वको धनी, अत्यन्तै मिलनसार, कर्मठ, हामी सबैको आदरणीय दाजु श्री Kishor Rai ज्युको आज पर्न गएको जन्मदिनको पावन अवसरमा यस धरान पुर्बेली भेट्रान क्लब परिवार वहाँको सु-स्वस्थ्य, दिर्घायु एवं समृद्धिको शुभकामना व्यक्त गर्दछ!
"Many many happy returns of the day.. very happy birthday dai" 🙏🙏

"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो"....🙏👉️य...
24/03/2025

"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो"....🙏

👉️यस धरान पुर्बेली भेट्रान फुटबल क्लबको सकृय सदस्य हामी सबैको प्यारो भाई Binod Tmg (कादर)ज्युको पुज्यनिय काकी स्वर्गीय श्रीमती सङ्गिता तामाङ ज्युको असामयिक निधन प्रती क्लब परिवार दुखित एवं निशब्द भएका छौ, स्व. मृतक काकी ज्युको सम्पुर्ण परिवारलाई यस दु:खद घडीमा धर्यधारण गर्ने क्षमता प्रदान होस साथै यस धरान पुर्बेली भेट्रान फुटबल क्लब परिवार स्वर्गीय काकीको आत्मा बैकुण्ठमा बास होस भनी ईश्वर सङ्ग प्रार्थना गर्दछ!🙏🙏🙏🙏🙏🙏🙏🙏
(समस्त क्लब परिवार)

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when धरान पुर्बेली भेट्रान फुटबल क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category