04/09/2026
हार्दिक आह्वान।
सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनी, अभिभावक र युवा खेलाडी र खेलप्रेमी महानुभावहरुमा हजुरहरुले गर्दै आउनुभएको साथसहयोग, विश्वास र मायाप्रति धेरैधेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि "राष्ट्रका लागि खेलकुद, स्वास्थ्य का लागि खेलकुद" भन्ने मुल नाराका साथ युवाहरुको खेलकुद प्रतिको चासोलाई प्रोत्साहन गर्दै युवाहरु लाई खेलकुदमा सहभागि गराई अझ थप हौसला,अनुभव र प्रेरणा दिनको निमित्त हामि नेपालीहरुको महान चाड (वडा दशैँ र शुभ दिपावली)को पावन सुअवसर लाइ मध्यनजर गर्दै अझ सुदृढ र उत्कृष्ट तवरले भलिबल प्रतियोगिता सन्चालन गर्ने जमर्को गरिरहेका छौ।यस विशेष समयमा सधाझै तपाइहरुको माया, आशीर्वाद र साथसहयोग को खाचो महसुस गर्दै हजुरहरु ले फेरिपनि तन,मन,धन र वचनले हामी लाई साथ र हौसला दिनुनैहुनेछ भन्ने अपेक्षा गर्दै साथसहयोगको निमित्त हार्दिक आह्वान गर्दछौं ।🙏
(नोट: सम्भवतः चाँडै नै प्रतियोगिता सम्बन्धि सुचना पनि प्रकाशित गरिनेछ।)
मिर्मिरे स्पोर्ट्स पेक्ला
हतुवागढि-२, भोजपुर