Fapla International Cricket Stadium, Dhangadhi

Fapla International Cricket Stadium, Dhangadhi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fapla International Cricket Stadium, Dhangadhi, Stadium, arena & sports venue, Fapla, Dhangadhi.

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आय...
09/02/2022

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ‘फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम’लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्दै साढे ३८ विघा जग्गा उपलब्ध गराएकोमा अत्यन्त हर्षानुभूति भएको छ । यस महागौरवको योजनालाई कार्यान्वयन गर्न उच्चस्तरीय विकास समिति निर्माण गरेकोमा अत्यन्त गौरवान्वित र हर्षित छौं ।
यस ऐतिहासिक गौरवको अवसरमा नेपाल सरकार विशेष रुपमा सदा हाम्रो ‘फाप्ला अभियान’लाई गम्भीरताका साथ लिदै हामीलाई उत्साहित, प्रोत्साहित गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
धनगढीको मात्र नभई सुदुरपश्चिम प्रदेशकै पहिचान, सम्मान र उत्थानलाई राज्यबाट सम्बोधन भएको यो अत्यन्तै खुसी र गौरवको अवसरमा यस अभियानलाई कार्यान्वयनमा ल्याई पुर्याउन अतुलनीय भूमिका निर्वाह गर्नुहुने आदारणिय कांग्रेस नेतृ तथा सामाजिक अभियान्ता डा.आरजु देउवालाई विशेष धन्यवाद दिन चाहान्छौं ।
यस्तै यस अभियानलाई गती दिन भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय शशि श्रेष्ठज्यूको साथ सर्मथन र सकृयताको उच्च सम्मानको साथ स्मरण गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
हाम्रो धनगढीलाई अन्तराष्ट्रिय स्तरको सहर बनाउन सम्भावना बोकेको दुरगामी महत्वको यो महायोजनालाई सफल पार्न योगदान दिनुहुने संघीय भूमि व्यवस्था मन्त्रालयका उच्च पदस्थ पदाधिकारीहरु, धनगढी उपमहानगरपालिकामा नगरप्रमुख नृप वड ज्यू, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, मालपोत तथा नापी कार्यालय कैलालीका प्रमुख तथा कर्मचारी ज्यूहरु प्रति यस सुखद घडीमा हार्दिक आभार व्यक्त गर्दछौ ।
यस योजनालाई अगाडि बढाउन अभूतपूर्व साथ सहयोग गर्नुहुने यस क्षेत्रका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुप्रति कृतज्ञ छौं ।
अन्त्यमा यस महायोजनालाई कार्यान्वयनमा ल्याउन योगदान पुर्याउनु हुने सबैमा यस योजनाको निर्माणसँगै धनगढीको कायापलट हुने र यस क्षेत्रको विकास द्रुतगतिमा दौडने विश्वास दिलाउँन चाहान्छौं ।

Address

Fapla
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Fapla International Cricket Stadium, Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share