Yuwa Sports Club

Yuwa Sports Club YUWA SPORTS CLUB is a group of people formed for the purpose of playing sports and social activities

03/06/2024

Thank you, Parsa Jilla Football Sangh for the immediate action against referee Kaji chaudhary.

02/06/2024

रेफ्रीको एउटा गलत निर्णय र युवा स्पोर्ट्स क्लब प्रतियोगिता बाट बाहिर ।
२०८१-०२-१९ गते पर्सा जिल्ला फुटबल संघ द्वारा आयोजित जिल्ला लिग प्रतियोगिता अन्तर्गत युवा स्पोर्ट्स क्लब र लक्षमनवा युवा क्लब बिच भएको खेलमा युवा स्पोर्ट्स क्लबले प्रतियोगितामा बनि रहन लक्षमनवा युवा क्लबलाई ५ गोलको अन्तरले जीतनु पर्ने थियो । तर रेफ्री काजी चौधरीको अनावश्यक पहेलो कार्डको कारणले जितको अंतर ६ गोलमा परिणत भयो । ४०-४० मिनेट खेलाइएको खेलमा लक्ष्यलाई पक्ष्याउदै युवा स्पोर्ट्स क्लबले ६२ मिनेट सम्मको खेलमा ३ गोलकों अग्रता लिसकेको थियो । तर कमजोर लाइटको कारणले बाकी रहेको १८ मिनेटको खेल भोली २० गते दिउसो २:३० बजे खेलाउने निर्णय पर्सा जिल्ला फुटबल संघले गर्यो । घोषित समय तालिका अनुसार बाक़ी रहेको १८ मिनेटको खेल सुरु भएको १:३० मिनेट भित्र युवा स्पोर्ट्स क्लबले फेरी २ गोल बिपक्षीको नेटमा चुमाउदै गोल अग्रतालाई ०-५ मा परिणत गर्यो । बाकी रहेको १ गोलकों खोजिमा युवा स्पोर्ट्स क्लबका खेलडीहरुले धेरै बेर कुर्नु पर्यो र अंततः १६ मिनेट तिर पुनः १ गोल गर्न सफल भयो तर कुनै कारण बिना नै रेफ्री काजी चौधरीले फ़ाउल भन्दै उक्त गोललाई मान्यता दिएन । बल कीपरले कंट्रोल गर्न नसकेर भुईमा झरे पछि हाम्रो खेलाड़ीको टच बाट भएको गोल थियो । आखिर हाम्रो खेलाडीले कीपरको कुनै भागमा टच नै गरेको छैन भने कसरी फ़ाउल भयो । रेफ्रीको यो गलत निर्णय पहिलो भने होइन यस भन्दा पहिलो बर्षको लिगमा पनि यहि नै रेफ्रीको गलत निर्णयबाट हाम्रो क्लब प्रतियोगिता बाट बहिरिएको थियो । रेफ्रीको यो निर्णय बाट सम्पूर्ण खेलाडीहरू, दर्शकहरु, खेलप्रेमीहरु तथा जिल्ला फुटबल संघका पदाधिकारीहरू पनि रुष्ठ हुनुको साथै निराश भएका छन । यस्ता रेफ्री फुटबल विकासको बाधक हुन । तसर्थ, रेफ्रीको यस तुच्छ निर्णयको भर्त्सना गर्दै युवा स्पोर्ट्स क्लबले पर्सा जिल्ला फुटबल संघ संग उचित छानबीन र कड़ा भन्दा कड़ा कार्यवाहीको मांग गर्दछ ।
जय फुटबल !!

24/05/2024

पर्सा जिल्ला फुटबल संघ द्वारा आयोजित जिल्ला लीग फुटबल भोली २०८१-०२-१२ गते शनिवार देखि सुरु हुन लागेको र भोली नै हाम्रो युवा स्पोर्ट्स क्लबको पहिलो मैच यूनिटी क्लब संग हुने भएको हुँदा हाम्रो क्लबलाई समर्थन गर्न र खेलाड़ीहरुको हौसला बढाउन दिउसो २:३० मा आदर्शनगर रंगशालामा उपस्थित भई दिनु हुन क्लबको सम्पूर्ण सदस्यहरुलाई विनम्र अनुरोध गर्दछु ।

02/04/2024

यस क्लबको पूर्व सदस्य तथा खेलाड़ी अनिल न्यौपानेको आमाको १३औं दिनको पुण्यतिथीमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरी दिनु हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछौं ।
कार्यक्रम:
मिति: २०८०-१२-२१ गते बुधबार
समय: दिउसो ४ बजे देखि
स्थान: निज निवास

20/11/2023

छठ पुजा सेवा समिति रानीघाटद्वारा आयोजित चिठ्ठाको नतीजा
प्रथम पुरस्कार:
Hero Maestro Scooty-1
Number : 1388

दोश्रो पुरस्कार:
43' LED TV
Number : 0234

तेस्रो पुरस्कार:
Fridge 180 Ltr
Number : 2355

चौथो पुरस्कार:
MI Mobile Phone
Number : 2238

पाँचौं पुरस्कार:
Hero Ranger Cycle -2 जना लाई
Number : 0866, 2299

छथौं पुरस्कार:
Home Theater - 2 जना लाई
Number : 1382, 5237

सातौं पुरस्कार:
Induction Chulho - 3 जना लाई
Number : 1761, 1919, 2135

आथौं पुरस्कार:
Mixture Grinder - 5 जना लाई
Number : 0610, 1837, 0722
0525, 0907

नवौ पुरस्कार:
Rice Cooker - 5 जना लाई
Number : 1737, 2742, 1159,
1404, 2430

दसौं पुरस्कार:
Room Heater - 10 जना लाई
Number : 0120, 0168, 0206,
0320, 0523, 1132,
1663, 2605, 5335,
5790

एघारौं पुरस्कार:
Electric Kettle - 20 जना लाई
Number : 0057, 1351, 5603,
0060, 1665, 1218,
2117, 0374, 2136,
1543, 5868, 2266,
0715 4453, 1438,
5492, 1643, 0691,
5301, 1886
पुरस्कार पर्ने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक बधाई !
चिठ्ठा ख़रीद गरी यस समितिलाई सहयोग गरीदिनु हुने सम्पूर्ण सहयोगी हाथरुलाई छठ पुजा सेवा समिति रानीघाट हृदय देखी धन्यबाद दिन चाहन्छ । छठी माता ले सबैको कल्याण गरून !

13/09/2023

यस क्लबको उपाध्यक्ष श्री अरुण झा ज्यु को फैक्ट्रीमा हरेक बर्ष झै यसपाली पनि विश्वकर्मा पूजा धूम धामले मनाउने हुँदा क्लबका सम्पूर्ण सदस्यहरू लाई तपसिल बमोजिम उपस्तिथ भई प्रसाद ग्रहण गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

मिति : २०८०-०६-०१
समय : दिउसो ४ बजे
स्थान : परसौनी, पतञ्जलि फैक्ट्री को अगाडि

फुटबॉल प्रशिक्षक (गुरु) हरि बहादुर श्रेष्ठ प्रति हार्दिक सम्बेदना !! उहाँको बैकुण्ठमा बास होस !!
07/08/2023

फुटबॉल प्रशिक्षक (गुरु) हरि बहादुर श्रेष्ठ प्रति हार्दिक सम्बेदना !! उहाँको बैकुण्ठमा बास होस !!

23/11/2022

यस क्लबको उपाध्यक्ष श्री अरुण झाँको भाईको छोरीको छठीयार कार्यक्रममा उपस्तिथि भई दिनु हुन सम्पूर्ण सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम:
मिति:२०७९-०८-०७ बुधबार
समय: सांझ ६ बजे
स्थान: तेजारथटोल, मुख्य मंत्रीको घर निर

04/10/2022
14/09/2022

यस क्लबको उपाध्यक्ष श्री अरुण झा ज्यु को फैक्ट्री मा हरेक बर्ष झै यसपाली पनि विश्वकर्मा पूजा धूम धाम ले मनाउने हुँदा क्लबका सम्पूर्ण सदस्यहरू लाई तपसिल बमोजिम उपस्तिथ भई प्रसाद ग्रहण गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
मिति : २०७९-०६-०१
समय : दिउसो ३ बजे
स्थान : परसौनी, पतञ्जलि फैक्ट्री को अगाडि

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Yuwa Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category