Bhurtel's Inquisitive & Multipurposive Learning

Bhurtel's Inquisitive & Multipurposive Learning My page is mostly about academic course, it also covers about entertainment, sports & tourism.

राम्रो निर्णय:
07/05/2026

राम्रो निर्णय:

सन्तति सामुदायिक विद्यालयमा भर्ना नगरे गाउपालिकाले:-
१) करार शिक्षक भए जागिर चट गरिदिने,
२) स्थायी शिक्षक भए तलब रोकिदिने, ग्रेड र कासमू रोकिदिने र विभागीय कारबाही गर्ने !

15/03/2026

देशको कठिन परिस्थितिमा देशको बागडोर सम्हाल्न पुगेकी सुशिला कार्की भन्छिन्, “म सक्छु भन्ने आत्मविश्वास भित्रैदेखि आयो। प्रधानमन्त्री हुनुभन्दा पहिले मैले यस्तो अन्दाज गरेको रहेनछु। मेरो शरीर, तागत र बल त १६–१८ वर्षको जस्तो रहेछ। ‘सक्दिनँ’ भन्ने भयो भने त उच्च र'क्तचा'पका कारण मानिसलाई ‘सक’ हुन्छ, तर पत्रपत्रिकामा जताततै आ'लोच'ना आउँदा पनि मेरो र'क्तचा'प बढ्नुको सट्टा घट्दै गयो। डाक्टर नै छक्क पर्नुभयो। तर म आत्तिने मान्छे होइन, यस्तो अवस्था पहिले पनि भोगेर आएको हुँ,” । उनले भनिन्, “मैले नेतृत्व लिएका अवस्थामा धेरै चुनौतीहरू थिए। आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो। समय जम्मा छ महिनाको थियो। त्यसमाथि धेरैले प्र'हार गरे, अविश्वास पनि गरे। हाम्रोविरुद्ध सिंगै पुराना दल उभिए। ‘जेन–जी’ भन्नेहरूले तुरुन्तै छोड्न पनि भने, जेन–जीको आन्दोलनलाई अ'पह'रण गरेर आयौँ भन्ने आ'रोपसमेत लगाए। त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए। तर पनि सफल गराएँ ।”

17/02/2026

भोजपुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यशोधरा मा वि टक्सारको मार्च पास
゚viralシfypシ゚viralシ

07/01/2026

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भिसा बन्ड लागू हुने देशको सूचीमा राख्दै जनवरी २१ देखि नयाँ नियम कार्यान्वयन गर्ने भएको छ। अब नेपाली नागरिकले अमेरिका भ्रमणका लागि बी–१/बी–२ भिसा लिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। तोकिएको समयमै अमेरिका छोडेमा, भिसा नियम नतोडेमा र तोकिएका ३ विमानस्थलबाट मात्र आवत–जावत गरेमा धरौटी रकम फिर्ता हुनेछ। तर भिसा म्याद नाघेमा वा शरण (असाइलम) मागेमा रकम जफत हुनेछ।

05/01/2026

उनी हुन् सत्यदेव लोहार। प्रतापपुर गाउँपालिका, नवलपरासी पश्चिम। २०५५ सालमा जन्मेका उनको सपना इन्जिनियर बन्ने थियो। तर आर्थिक अवस्थाले त्यो सम्भव भएन। पढाइ सकिएपछि सुरुमा निजी विद्यालयहरूमा पढाउन थाले। शिक्षण पेशा सोचेको जस्तो नभएपछि सरकारी सेवामा प्रवेश गर्ने निधो गरे।

लोकसेवा तयारी गरिरहेको समयमा बुवा प्यारालाइसिस भए। उनको चिन्ता थपियो तर मेहनत गर्न छोडेनन्।

आर्थिक अभावबाट गुज्रिरहेका उनले मेहेनत गरे र पहिलो प्रयासमै शाखा अधिकृत बन्न सफल भए।

हार्दिक बधाई तथा शुभकामना।

अचम्म!!??
05/01/2026

अचम्म!!??

जापानको राजधानी टोक्योमा एउटा विशाल 'ब्लूफिन टूना' माछा अहिलेसम्मकै सर्वाधिक मूल्य ३२ लाख अमेरिकी डलर अर्थात् ४६.३२ करोड नेपाली रुपैयाँ जतिमा बिक्री भएको छ।

तोयुसु माछा बजारमा आज बिहान यो वर्षको पहिलो टूना लिलाम बढाबढ भएको हो।

दुई सय ४३ किलोग्रामको उक्त माछा जापानी परिकार 'सुशी' बेच्ने 'सुशी जान्माई' रेस्टुराँ सञ्चालन गर्ने कियोमुरा कोरले किनेको हो। सुशी जान्माईका जापानभरि र विदेशमा अनेकौँ शाखाहरू छन्।

"वर्षको पहिलो टूनाले भाग्य लिएर आउँछ," समाचारसंस्था क्योदोले उक्त कम्पनीका अध्यक्ष कियोशी किमुराको भनाइ उद्धृत गरेको छ।

'टूना किङ'को सङ्ज्ञा पाएका किमुराले नयाँवर्षमा हुने लिलामीमा चर्को मूल्य तिरेर ब्लूफिन टूना किन्ने गरेका छन्।

लिलामीमा किनेर लगेपछि किमुराका रेस्टुराँमा सुशी बनाएर बेच्न उक्त टूना टुक्राटुक्रा पारियो।

05/01/2026

हैट हारजितको कुरै रहेन नि, टन्न सुन्तला 🍊🍊🍊 खान पाएपछि 😃😃🤩🤩😄😀😀

26/08/2025

Address

Province-1
Bhojpur
57000

Telephone

+9779842119977

Website

Alerts

Be the first to know and let us send you an email when Bhurtel's Inquisitive & Multipurposive Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhurtel's Inquisitive & Multipurposive Learning:

Share

Category