श्री तारेभिर खेलकुद परिवार पैञ्यु थन्थाप २ बाग्लुङ 2060

  • Home
  • Nepal
  • Baglung
  • श्री तारेभिर खेलकुद परिवार पैञ्यु थन्थाप २ बाग्लुङ 2060

श्री  तारेभिर खेलकुद परिवार पैञ्यु थन्थाप २ बाग्लुङ  2060 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री तारेभिर खेलकुद परिवार पैञ्यु थन्थाप २ बाग्लुङ 2060, Sports Team, Kushmisera, Baglung.

14/12/2017
01/12/2017

काठमाडौं (हाम्रो खेलकुद) - नेपाल आर्मीले मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट-आउटमा हराउँदै मेची नेत्रालय काकरभ...

पेट्रोल कुनमा हाल्दै छ ?
17/11/2017

पेट्रोल कुनमा हाल्दै छ ?

य​स​मा स​बैभ​न्दा प​हिला कुन भ​रिन्छ​ होला कमेन्ट ग​र्नुहोला |
10/11/2017

य​स​मा स​बैभ​न्दा प​हिला कुन भ​रिन्छ​ होला कमेन्ट ग​र्नुहोला |

19/04/2017

हाम्रो देश कला र सस्कृती मा आफैमा धनी देश रमाइलो मौलिक ठाडो भाका रिता थापा मगर को

15/03/2017

हितैको सोल्टीनि

अपरेशनको दुई सातापछि पारसले भने-केन्याविरुद्ध जितका लागि योगदान दिन चाहन्छुदुई साता अघि एपेन्डिक्सको शल्यक्रिया गरेका ने...
07/03/2017

अपरेशनको दुई सातापछि पारसले भने-केन्याविरुद्ध जितका लागि योगदान दिन चाहन्छु

दुई साता अघि एपेन्डिक्सको शल्यक्रिया गरेका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सोमबार अभ्यासमा फर्किएका छन् । आगामी शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलका लागि फिट हुने प्रयासमा छन् उनी । उनै पारससँग गरिएको कुराकानीः

अहिले कस्तो छ स्वास्थ्य ?

ठीकै छ, आजबाट ट्रेनिङ सुरु गरेको छु । अलिअलि रनिङ र ब्याटिङ गरेँ ।

डिस्चार्ज हुने दिन मात्र तपाईको शल्यक्रिया भएको खबर आयो । पहिलेदेखि नै केही समस्या भएको थियो कि … ?

एपेन्डिक्स त्यस्तै रहेछ, एक्कासी हुने । र, अपरेशन नै गर्नु पर्ने रहेछ । म ट्रेनिङ गरिरहेको थिएँ, (५ गते बिहीबार) बेलुकाको खाना खाएर सुतेपछि अलिअलि पेट दुखेको थियो । भोलिपल्ट लगातार दुखेपछि अस्पताल गएको हुँ । दुर्भाग्यबस, खेलको नजिकै भएर केही अप्ठ्यरो भएको हो ।

एक वर्ष पहिले पनि झण्डै यही समयमा स्वास्थ्यमा समस्या देखिएको थियो । त्यही दोहोरिएको हो ?

अहिले आएर हेर्दा शायद एपेन्डिक्स दुखेकै बेलामा अपरेशन गर्नु पर्ने रहेछ । त्यसबेला डायगनोज भएन र, के भएको थियो भन्ने नै थाहा भएन । अहिले त्यसबेला पनि एपेन्डिक्स नै भएको थियो कि जस्तो हुन्छ । त्यसबेला औषधिहरु खाएर ठीक भयो । दिल्ली जाँदासम्म सबै ठीक भइसकेको थियो । त्यहाँ आन्द्रामा अलिकति इन्फेक्सन चाँहि देखिएको थियो । त्यो पनि औषधिहरु खाएर नै ठीक भयो । अहिले डाक्टरहरुसँग कुरा गर्दा एपेन्डिक्स भएर दुख्यो र सानो जर्सरी गरेर ठीक पार्‍यो ।

मुस्किलले दुई साता मात्र आराम गर्न पाउनु भयो …

रेष्ट भन्दा पनि रिहाब पिरियडमै थिएँ । डाक्टरहरुले एकदेखि दुई साता पुरै रेष्ट त होइन, हिडडुल गर्न मिल्छ भन्नु भएको थियो । दुई सातापछि ट्रेनिङ गरिरहेको छु । हरौं, शरीरले १० तारिखसम्म कसरी रेस्पोन्स गर्छ ।

नेपाली क्रिकेटका धेरै समर्थकमा तपाई खेल्ने सम्भावनालाई चिन्ता देखिन्छ नि ?

एउटा खेलाडीका रुपमा मलाई पनि खेल्न मन छ । जितका लागि म योगदान दिन चाहन्छु ।

तर, हाम्रो टिमका सबै खेलाडीहरुमा क्षमता छ र, मलाई लाग्दैन कि एउटा व्यक्तिमाथि त्यति धेरै निर्भर हुनुपर्छ । विगतको समयमा हामीले टिमको रुपमा राम्रो क्रिकेट खेल्दै आएका छौं र सबैले राम्रो गरिरहेका छौं ।

अहिले पनि हामीले फर्ममा रहेका १४ खेलाडीलाई छनोट गरेका छौं । त्यसैले एक जना खेलाडीलाई मात्र प्राथमिकता दिनु भन्दा यो टिम गेम हो । कहिले काँही टिमको महत्वपूर्ण खेलाडी मिस हुनसक्छ । तर, यो होइन कि त्यो खेलाडी बाहेक अरुले खेल्नै सक्दैन । मलाई विश्वास छ कि टिमले राम्रो गर्छ, म खल्न सकुँ वा नसकुँ । म फिट भएँ भने त खेलिहाल्छु ।

तर, दुर्भाग्यबस फिट हुन सकिँन भने, मलाई विश्वास छ कि उहाँहरुले राम्रो खेलेर नेपाललाई जिताउनु हुनेछ । र, खेल नेपालमा हुँदैछ, यो हाम्रो लागि एड्भान्टेज हो ।

आजको दिनसम्म चाहिँ म खेल्न सक्छु भन्ने छ

अहिलेसम्म खेल्न सक्छु भन्ने नै छ र, त्यही अनुसार तयारी थालेको छु । हरौं, एकै पटक धेरै पुस पनि गरेको छैन किनकी १५/१६ दिनपछि आज भर्खर त क्रिकेट फिल्डभित्र आएको छु । आशावादी छु र जतिसम्म सक्छु पुस गरिरहेको छु । हेरौं, शरीरले कसरी रेस्पोन्स गर्छ ।

चिकित्सकहरुले चाहिँ शरीरले सक्छ भने खेल्न मिल्छ भनेका छन् ?

डाक्टरहरुले शरीरले कसरी रेस्पोन्स गर्छ हेर्नुस् भनेका छन् । नर्मल एक्टिभिटिज भइदिएको भए एउटा कुरा हुन्थ्यो । तर, यो त स्पोस्ट्र्स हो र, यसमा १०० प्रतिशत नै फिट हुनुपर्छ । यसका लागि शरीर फुल सेपमा हुनुपर्छ । डाक्टरसँग पनि सल्लाह लिइरहेको छु र आफूले पनि कोसिस गरिरहेको छु ।

तपाई अभ्यासमा फर्कनु अघि नेपाली टोलीको १४ सदस्य घोषणा भएको छ र, केही नयाँ अनुहार पनि छन् । ओपनिङमा हामीले नयाँ जोडी भेट्टाएका हौं ?

सुनिल (धमला)ले यू-१९ मा पनि ओपनिङ गरेको थियो । दिल्ली भ्रमणमा पनि राम्रो गरेका छन् । घरेलु प्रतियोगिताहरुमा पनि उसको राम्रो प्रदर्शन छ । सुनिल हामीसँग नेदरल्याण्ड्स टुरमा पनि गएका थिए तर, खेल्न पाएन । मलाई लाग्छ, उसले यो पटक डेब्यू गर्न सक्छ ।

दिपेन्द्र सिंह ऐरी पनि टिममा आएका छन् । उनले पनि यू-१९ मा राम्रो प्रदर्शन गरेका थिए । त्यसकै आधारमा हामीले टिममा छनोट गरेका हौं । टिममा युवा प्रतिभा आउनु हाम्रोलाई उत्साहजनक छ । आश गरौं कि टिम छनोटलाई न्याय दिएर आफ्नो ठाउँ सुरक्षित गर्न सकुन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सम्भवत यो हाम्रो अन्तिम होम म्याच होला । शीर्ष चारमा पर्नका लागि दुबै खेल जित्नै पर्ने दबाव पनि छ

हो, विश्व क्रिकेट लिगमा हाम्रो यो अन्तिम होम म्याच हो । त्यसैले यसको महत्वपूर्ण छ ।

विश्व क्रिकेट लिगको संरचना हेर्ने हो भने हरेक टिम उत्तिकै राम्रा छन् । अहिलेसम्म नेदरल्याण्ड्स हारेको छैन । तर, नेपाल मात्र त्यस्तो टिम हो, नेरदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हराएको छ ।

हाम्रो विगतको रिजल्ट हेर्ने हो भने स्कटल्याण्ड, पपुवा न्यूगिनीसँगको खेलमा हामी जितको एकदमै नजिक थियौं । तर, फिनिसिङ गर्न सकेनौं ।

त्यसले गर्दा अब बाँकी छ वटा खेलमा राम्रो क्रिकेट खेल्नुपर्छ । र, यदि हाम्रो आफ्नो क्षमता अनुसार खेल्ने हो भने जुनसुकै टिमलाई हराउन सक्छौं । नेरदरल्याण्ड्सलाई हराएर पनि यो प्रमाणित गरिसकेका छौं ।

तर, म फेरि पनि भन्छु, विगतलाई मात्र हेरेर हुँदैन, अबको खेलमा पनि त्यस्तै प्रदर्शन गर्न सक्नुपर्छ । घरेलु मैदान र घरेलु समर्थक छ । हामीले पनि मेहनत गरेका छौं । डेढ महिना अघिदेखि नै तयारी गरेका छौं । आश गरौं आउने २८ र ३० गते खेलाडीहरुले आफ्नो क्षमता देखाउने छन् ।

केन्या, एक समय विश्वकपको सेमिफाइनल पुगेको टिम पनि हो । उसले तयारी पनि राम्रै देखिन्छ । नेपाल आउन लागेको टोलीलाई कसरी हेर्नु भएको छ ?

केन्या राम्रो टिम हो । उनीहरुको अनुभव र क्रिकेटिङ ब्याकग्राउण्ड पनि बलियो छ । तयारी पनि राम्रो गरेका छौं । त्यसैले यो राम्रो प्रतिस्पर्धा हुनेछ र, हाम्रो लागि सजिलो हुनेछैन । हामीले राम्रो क्रिकेट खेल्नै पर्छ ।

फागुन २२, बागलुङ्ग । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थ...
07/03/2017

फागुन २२, बागलुङ्ग ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ्ग खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ ।
रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै २ सय मिटर माथिबाट ठुला रुखहरुसँगै २ मिटर चौडा भागबाट पहिरो झरेर दरमखोला रोकिएको हो । विहान ५ बजे खसेको पहिलोले मध्ये पहाडीलोक मार्गको बागलुङ्ग बुर्तिबाङ्ग सडक अबरुद्ध बनेको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नाबय निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए ।
पहिरो गएको क्षेत्रमा विद्युतको केन्द्रिय प्रसारण लाईनको पोल र तार समेत खोलामा पुगेको पुगेपछि विद्युत सेवा पनि अबरुद्ध बनेको छ ।

पहिरोले ७ वडा पोल ढलेको र विद्युत प्रसारण अनियमित भई उच्च भोल्टेजमा करेन्ट प्रवाह भएका बेला घरको मेन स्विच बन्द गर्न पुगेकी रिघा–७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएकी नेपालीलाई उपचारका लागि हटिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक बानियाँले जानकारी दए ।
पहिरोपछि स्थानिय मनकुमारी शाहीको घर उच्च जोखिममा रहेकाले स्थानिय प्रहरी र स्थानियवासीको सहयोग उनको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरो खसेपछि दरमखोला ४ घण्टासम्म पुरै थुनिएर विहान ९ बजेदेख पानी बाग्न थालेको र अहिले खालामा पहिलेकै बाहवमा पानी बग्न थालेको घटस्थानमा रहेका पत्रकार कमल पौडेलले जानकारी दिए । पानी बग्न थालेपछि जोखिम केहि काम भएपनि तटिय क्षेत्रका खबाङ्ग, वामीटक्सार, भुवाचिदी रिडि रुद्रबेणीका बासिन्दालाई सचेत रहन अपिल गरिएको छ ।
पहिरोले सडक भत्किएपछि काठमाण्डौबाट बुर्तिबाङ्गका लागि छुटेका र बुर्तिबाट काठमाण्डौका लागि छुटेका दर्जनौँ साना ठुला सवारी साधन खर्बाङ्ग र हटिया बजारमा रोकिएका छन् । पहिरो गएको क्षेत्रमा प्रहरी चौकी खर्बाङ्ग र ईलाका प्रहरी कार्यालय हरिचौरको टोली पुगेपनि पहिरोको वारीपारी बाट फोनमा मात्र कुराकानी गर्न सक्ने अबस्था रहेको पत्रकार पौडेलले बताए ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अहिलेपनि माथिबाट ढुङ्गा र माटो खसिरहेको र खोलामा थुनिएर बनेको तालको पानी पुरै नबगेसम्म तत्काल सडक खुलाउन सकिने अबस्था नरहेको बताए । उनले घटनास्थाल तर्फ घोडाबाँधेबाट नेपाली सेनाको टोली पनि पठाईएको बताए ।
-

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक...
24/02/2017

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको भन्दै त्यस्ता समूहलाई निस्तेज पार्न सेना हरहमेसा तयार रहेको बताएका छन्।
बिहीबार ‘सेना दिवस २०७३’ को उपलक्ष्यमा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले विखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तयार रहेको बताएका हुन्।
सेनापतिको अभिव्यक्ति केही वर्षयता तराईमा देश टुक्राउने अभिव्यक्ति दिँदै हिड्ने सिके राउतप्रति लक्षित थियो। यद्यपी सेनापति क्षत्रीले राउतको नाम भने लिएनन्।
‘केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको छ,’ सेनापति क्षत्रीले भने, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहने छ।’
सेनापति क्षत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा सुनौतीको सामना गर्न समेत सेना तयार रहेको बताएका छन्। उनले संविधान र नेपाल सरकारले दिएको जिम्मेवारी सेनाले हरहालतमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
‘हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न, राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरुको सामना गर्न, नेपाली सेनाले मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको परिधिभित्र रही नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारीहरु पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ सेनापति क्षत्रीले भने, ‘नेपाली सेनालाई सक्षम, व्यवसायिक सैनिक सङ्गठनको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अनुरुप उपलब्ध स्रोत साधनको अधिकतम् प्रयोग गरेरअघि बढ्ने छ।’
उनले सवल र सक्षम सङ्गठन तयार गर्ने, नागरि-सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई समेत सेनाले निरन्तरता दिने बताएका छन्।
सेनापति क्षत्रीले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लाने विश्वास व्यक्त गरे। ‘विभिन्न मित्रराष्ट्रसँग संयुक्त तालिम तथा अभ्यास सञ्चालन भइरहेको र यसै क्रममा पहिलो पटक मित्रराष्ट्र श्रीलंकासँग सयुक्त अभ्यास सम्पन्न हुनुको साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना छ।’
उनले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
नेपाली सेनाको वीरताको चर्चा गर्दै सेनापति क्षत्रीले नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना भएको बताए। उनले राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेना प्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको समेत दाबी गरे।
‘नेपाली सेनाको इतिहास, राज्यको प्रारम्भिक अस्तित्वसँगै जोडिएको एवम् देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाको लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ’, सेनापति क्षत्रीले भने, ‘समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसाथ गर्दै आएको कुरालाई कसैले बिर्सनु हुँदैन।’
कार्यक्रमलाई सम्बोधन गर्नुअघि सेनापति क्षत्रीले बिहीबार बिहान नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाप्रति पुष्पमालासहित छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गरेका थिए।
बिहीबारका दुवै कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो।
सेना दिवसलाई भव्यताकासाथ मनाउने क्रममा नेपाली सेनाका सबै पृतना, बाहिनी, गण तथा गुल्मले बिहीबार सार्वजनिक स्थलमको सरसफाई, रक्तदानलगायतका जनहितका कार्यहरु सञ्चालन गरेका छन्।

🌹🌹बधाई  तथा  शुभकामना 🌹🌹विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा नेपाल को सन्दिप लामिछाने 30 औ नम्बर मा पर्न सफल भएको छ।उ...
12/02/2017

🌹🌹बधाई तथा शुभकामना 🌹🌹
विश्वका उत्कृष्ट युवा क्रिकेटरको सूचीमा नेपाल को सन्दिप लामिछाने 30 औ नम्बर मा पर्न सफल भएको छ।उन लाई भावी यासिर शाह को उपनाम दिएको छ।।।

राजधानी समाचारदाताकाठमाडौं, २० माघचौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डा...
03/02/2017

राजधानी समाचारदाता
काठमाडौं, २० माघ
चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड एकेडेमीले जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको खेलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एपीएफका प्रशिक्षक प्रकाश थपलियाले रिसिफ र डिफेन्स कमजोर भएका कारण खेल हार्नुपरेको बताए । ‘मुख्य कमजोरी रिसिफ र डिफेन्समा भयो । काउन्डर अट्याकमा पनि हामी सफल हुन सकेनौं,’ थपलियाले भने ।
2-1
विजेता टोली न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले खेलाडीहरू उच्च मनोबलका साथ खेलेकाले उपाधि जित्न सकेको बताए । ‘हाम्रा सबै खेलाडीले उत्कृष्ट खेल खेले । एपीएफको मुख्य हतियार स्पाइक र ब्लकलाई सफल हुन नदिँदा न्यु डायमन्डले खेल जित्न सफल भयो,’ प्रशिक्षक राईले भने ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडीका साथै फाइनल खेलको वुुमन अफ द म्याच पनि चुनिन् । उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । त्यस्तै, विधागत रूपमा उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकै नेबिका चौधरी र उत्कृष्ट सेटर एपीएफकै विनीता बुढाथोकी घोषित भइन् भने न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चुनिए । उत्कृष्ट कोचको उपाधि न्यु डायमन्डका कुमार राईले जिते । विधागत उत्कृष्ट खेलाडीले नगद ५÷५ हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता न्यु डायमन्ड एकेडेमीले २ लाख ५० हजार प्राप्त ग¥यो भने उपविजेता एपीएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त ग¥यो । बिहीबार नै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२१, २५–२१ र २५–१७ को नतिजा निकाल्यो । तेस्रो स्थानका लागि भएको खेलको वुमन अफ द म्याच पश्चिमाञ्चलकी मञ्जु गुरुङ भएकी थिइन् ।

Address

Kushmisera
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when श्री तारेभिर खेलकुद परिवार पैञ्यु थन्थाप २ बाग्लुङ 2060 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category