28/06/2022
भारतीय सेनाको भर्ती बारे।
भारत र नेपालमा संचालन हुने भर्ती कार्यक्रम २०२२-२३को तालिका आधिकारिक रुपमा सार्वजनिक गरि सकेको छ। थप जानकारी www.joinindianarmy.nic.in मा आउने कुरा पनि स्पष्ट गरेको छ।
"अग्नीपथ" भर्ती कार्यक्रम अल्पकालीन (४ बर्षे उपदान) र दीर्घकालीन ( लामो सेवा अवधि) गरेर दुई प्रकारको रहेकोे छ। जो ब्यक्ति सेवाकालीन अवस्थामा हुदा राम्रो काम गर्न सक्दैन उ उपदानमा आउने हो, जस्ले सेवाकालीन अवस्थामा राम्रो काम गर्छ, उस्ले दीर्घकालीन सेवामा उपदान आउन वा पेन्सनमा आउन सक्दछ।
"अग्नीपथ" कार्यक्रम आउन ढिला भएको र कोभिडको कारण २ वर्ष सम्म भर्ती खुल्न नसकेकाले उमेर गएकाहरुको लागि आउदो December, 2022 सम्मको लागि २३ बर्ष सम्मको लागि अवसर दिईएको छ।
नोकरी गर्न जानु रहर होइन, हाम्रो बाध्यता हो। कुन नोकरी तुलनात्मक रुपमा राम्रो र ठिक छ। त्यसलाई उपयोग गर्ने हो। "अग्नीपथ" हाम्रो ईच्छाको भर्ती कार्यक्रम होइन तर हामी फेरवदल गर्न पनि सक्दैनौं । यो अवसरलाई उपयोग गर्नुको बिकल्प छैन। २/४ लाख हात परे देशमै केही गरौला वा केही नसके बैदेशिक यात्रा गरौला। कमसेकम हाम्रो हातमा Agniveer Skill Certificate हुने छ। जस्को कारण हामी संसार भर बिग्न सक्ने हुनेछौ ।
बिशेष गरि २१ बर्ष माथिकाले यो अवसरलाई सक्दो सदुपयोग गरौ ।।
।जय गोर्खा। जय नेपाली।।
For Physical Education Training call us ☎️
9825113595/9864888825, Pokhara