मन छुने प्रेम कथाहरु

मन छुने प्रेम कथाहरु �नमस्कार�यस् मन छुने प्रेम कथाहरू पे?

कथा : सौतेनी आमाआमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको ...
28/07/2020

कथा : सौतेनी आमा

आमा बाबुको एक्कासि आएको प्रस्तावले अर्चना झस्किन पुगी । मुटु जोडले काँप्यो । एकछिन मौन रही । केही छिनको मौनतापछि ऊ होसमा आई । उसले अनुरोध गरी ‘आमाबुबा’सँग विन्ति बिसाई । आमा बाबुले पनि छोरीको इच्छालाई मध्यनजर गर्दै छोरीको प्रगति उन्नति हेर्नकै लागि इज्जत प्रतिष्ठा जोगाउनकै लागि केटा पक्षलाई अहिले पढ्दै छे । विवाह गर्दिन भन्छे छोरी सजिलै टार्दिए । ऊ असाध्य गदगद भई । मनमनै धन्यवाद दिई । गर्वले छाती फुलेर बडेमानको भएको महसुस गरी । उत्ता बाआमालाई मनमनै थकथकी लागिरहेको थियो । केटा परिचित कुल घरानको खानदानी थियो । अब यस्तो केटा आउला, नआउला चिन्ता भने यथावत कायम रह्यो । छोरीको इच्छा जायर भएपछि आमाबुबा नै मौन रहे ।

तत्कालै अर्चनाले प्रेमलाई घरमा भएका सबै कुरा जस्ताको तस्तै भनेपछि प्रेम भावुक भयो । अब पनि ढिला गर्यो भने अर्कैले उछिट्याउँछ । प्रेमले अब हामी भाग्नुपर्छ भन्ने प्रस्ताव गर्यो । आखिर वर्षोैदेखि प्रेमको मायाँमा चुर्लुम्म डुबेकी अर्चनाले नाई भन्न सक्ने आँट नै थिएन ।

ऊ त यहीँ प्रस्तावको प्रतीक्षा कुरिरहेकी थिई । उसले प्रेमको कुरालाई सहजै स्विकार गरी परिवार, समाज उसले केही सम्झिन । आखाँ बन्द गरेर सबै कुरा थाँती राखी । प्रेमको मायाँमा हाम फाली । गर्लम्म अङ्गालो हाली । यो मायाँमाथि अरुको नजर लाग्ला । कसैले खोसी देला भन्ने डर, त्रासले हतारमा निर्णय गर्न पुगे ।

जीवनभर सँगै बाच्ने सँगै मर्ने कसम खाएर मन्दिरमा गई विवहा गर्ने सिन्दूर हाल्ने निर्णय गरे अर्चना खड्का र प्रेम नेपाली स्कुलदेखिका साथी हुन् । धर्म कर्ममा अति नै महत्व राख्ने अर्चनाको परिवार छोरी भागेर पल्ला गाउँको प्रेम नेपालीसँग गई भन्ने खबरले तिन फन्का घुमेर ढलेका थिए ।
एउटा बाहुन केटी दलित केटासँग भागी भन्ने खबर पाएपछि एककान दोकान मैदान मान्छेहरु हल्लाको पछि लागिरहे । गाउँसहर पुरै दुर्गन्धित भयो । भट्टि पसलदेखि चौतारासम्म तीतो आवाज कान पाकुनजेल गुन्जिरहन्थ्यो ।

आफ्नी भएकी एउटा छोरीले नाक काटी भनेर अर्चनाको बाबाले त्यही निर्दोष आमामाथि दोष थुपार्थे तेरो छोरीले गर्नु गरी अब समाजमा कसरी नाक मुख देखाउने, अमिलो मुख पार्दै टर्रो प्रश्न उही निर्दोष आमामाथि तेस्याउँथे । आमा निःशब्द हुन्थिन्, मौन हुन्थिन्, सोच्थिन आफू अचानो हो सबैको प्रहार सहनुपर्ने बाध्यता ।

हुन पनि हो आमाको मायाँमा पुलपुल्लिएर नै सायद उसले त्यस्तो निर्णय गरी । नत्र आमाले कहिल्यै मन दुखाएकी थिइनन्, कुनै चिजको कमी हुन दिएकी थिइनन् । एउटी छोरीमाथि कत्रो आशा थियो, सबै निरासा बनाई इज्जत प्रतिष्ठा सबै माटोमा मिलाई रोज्न पनि अलि जात मिल्दो रोजदिएको भए आज समाजको अगाडि अपराधीझैँ लुकेर हिँड्न त पर्ने थिएन । उनको आफ्नै गुनासो थियो, मनमनै फत्तफताउछिन । भावुक हुन्छिन् । तनमन सबै कुरा जलेर भष्म भएको छ । ऊ मात्र मनभित्र ट्याउँट्याउँ बोल्छिन् । मुस्किलले ठिङ्ग उभिन्छिन् अनि फेरि नराम्ररी भक्कानिदै पछारिन्छिन घण्टौँसम्म नउठ्ने गरी ।

बाले सधैँ छोरीको बारेमा कचकच गरिरहन्थे । आमाले कहिल्यै सोचेकी थिइनन् । छोरीले यसरी आफ्नो घर परिवार र समाजको नाक काट्ली भनेर तर पनि कहिल्यै नसोचेको कुरा भयो । ती आमा वेलावेला मुर्छा पर्छिन् । साच्चिकै उनलाई बज्रपात परेको थियो उनको आलो घाउमा मलम लगाउनुको साटो नुनचुक दल्ने काम भइरहेको थियो ।

छोरीले कुनै राम्रो काम गरेको भए त्यसको श्रेय सीधा बाउलाई जाने थियो । अहिले छोरीले गल्ती गरी, सबै दोष आमामाथि थुपारिदिएका छन् । घर परिवार समाज सबैले यी निर्दोष आमामाथि बडो अन्याय गरेर मौकाको फाइदा उठाइरहेका छन् । यसको आन्नद रमिते समाजले मस्तसँग लिइरहेको छ ।

समाजका अगुवाहरु मुख खोलेर भन्छन् । आमा गतिली भए पो छोरी गतिली हुन्थी । हिजोसम्म वा वा हाई हाई कमाएकी खड्किनी आमा छोरीको गल्तीकै कारण सबैको छिःछिःको पात्र बनेकी छिन । शिर झुकेको छ, गल्ती छोरीले गरी दोष आमामाथि प्रहार भइरहेको छ । बाउ भनाउँदा आफू यो दोषबाट टकटककिन खोज्छन, उम्किन खोज्छन् । समाजले खड्किनी आमालाई गोल हान्न बासँग म्याच फिक्सिङ गर्दैछ । बा प्रतिष्ठा जोगाउँन लागिपरेका छन् । उसलाई वर्षोैं साथ दिने जीवनसाथी भन्दा प्रतिष्ठाको महत्व छ । निर्दोष आमा पाटी, पौवा, धारा, पँधेरा, मेलापात जाँदासमेत मुन्टो बटार्दै छिःछिः दुरदुर गर्नेको ताँती लागेका छन् ।
उनी अस्वस्थ हुँदै गएकी छन् । उनको हेरविचार पटकै छैन । बा भनाउँदा गाउँतिरै रात बस्न थालेका छन् । उनी सिकिस्त भइन् । अहँ कसैले वास्ता गरेनन् । छोरीको मुख हेर्ने कत्रो आशा गरेकी थिइन् । आफ्नो सन्तान जस्तो सुकै गल्ति हुँदा पनि मापीm दिन सक्ने महान आमा उनको इच्छा पूरा गर्ने चेष्टा कसैले गरेनन् । अन्त्यमा छोरीको पीडाकै कारण घर परिवार भातभुङ्ग भयो । अन्तत उनले त्यो नर्कको जीवनबाट छुटकार पाइन् । बल्ल समाज शान्त भयो । आवाजविहीन भयो । लहलैमा लागेर पिछा गर्ने समाजलाई पश्चताप लागेको हुन सक्छ ।

उत्ता अर्चना आफ्नो मायाँको संसारमा मस्त हुँदै खुब आन्नदको जीवन जिउँदै थिई । आफूले रोजेको प्रेमी पाएर संसार भुलेकी थिई । अचानक आमाको मृत्युको खबर पाएपछि भावविह्वाल भई पहाडबाट नै पछारिन पुगी अचानक उसका गला अवरुद्ध भए । उसका सारा खुसी एक्कासि दुःखमा परिणत भयो । एकैपटकमा सारा खुसी रितियो ।

जति नै ठूलो गल्ती गर्दा पनि माफ दिने आमाले छाड्नुको पीडा अर्चनामा परिरह्यो । उनले बाबुलाई सम्झी पटक पटक फोन गरिन् । माइत जान हरदम प्रयास गरी तर हिम्मत जुटेन ठुलै गल्ती गरेको महसुस भइरह्यो ।

उसले पटक पटक माइतीको खबर, मिल्ने साथीसँग सोध्ने गर्थी । हरेक कुराको जानकारी पाउँथी । उसका बारेमा घर परिवार पछि लागेका छन् भनेर भन्दा अर्चना मुर्छा पर्थी । आखिर उसले प्रेम गरेकी थिई खै किन हो कुन्नी समाजले उसको प्रेमलाई तृरष्कार गर्दै थियो । प्रेमको मापदण्ड खोज्दै थियो । ऊ सोच्थी प्रेम निःस्वार्थ चीज हो, जसको कुनै मापदण्ड हुन्न । मनमनै गुनगुनाउँथी, आफूलाई समाल्न खोज्थी तर समाल्न सक्ने तागत थिएन । भित्रभित्र मन डढेल्लोले सखाप पारिसकेको थियो । आमाको पिर, शोकले तनमन चिरचिर धुजाधुजा परेका थियो । ऊ आफैलाई प्रश्न गर्थी परिवारले चासो नदिएको कुरामा उक्साउन यो समाजलाई के सकसक भएको होला ? किन स्वतन्त्रता हुन दिँदैनन ? किन निषेध गर्छन् ? गहिराइसम्म पुग्न खोज्थी तर उत्तरविहिन हुन्थी । उसका प्रश्न खेर जान्थे ।

आमाको कुराले ऊ सधैँ जल्न थाली मौन भएर सोच्ने गर्न थाली । केही समय प्रेमले सम्झाउने कोसिस गर्यो तर पटक पटक यसरी आमाकै बारेमा सोचेर एकोहोर हुन थालेपछि प्रेमलाई पनि अब यो हर्कत लाग्न थाल्यो । साच्चिकै अर्चना आमाको सम्झनमा पागल केटी बनि फेरि उसकी साथीले अन्त्यसम्म तिम्रै नाम लिनुभएको थियो तिम्रो आमाले भनेपछि उसलाई भित्रभित्र आमाको ममताले भतभती पोल्न थाल्यो । आत्माग्लानी हुन थाल्यो कति सजिलै उसका खुसी सबै हराए ।

आमाले छाडेपछि सदाबहार खुसी हुने खुसिदिने सपना चकनाचुर भयो । अब अर्चनाको आफ्नो भन्ने प्रेमबाहेक कोही रहेनन् । बाबा र समाज सधैँ अर्चनाको विरुद्धमा लागिरहन्थे । आफ्ना बाबा हुन सायद समाजको लागि देखावटी पुरुषत्व देखाएका थिए होला । प्रतिष्ठाको जगेडा गरेका थिए होला । जब सौतेनी आमा भित्र्याएपछि साच्चिकै बाले छोरी सजिलै विर्सिदिए । छोरीको नामले तर्सिने सौतेनी आमा नामसम्म सुन्न चाहन्थिनन् ।
उ सधैँ दुखी हुदै गई । स्वास्थ्य विग्रदै गयो । कमजोर हँुदै गई प्रेम पनि दिक्क हुन्थ्यो । उसले पनि केही समय सम्झायो तर सकेन । उसले हार्यो प्रेमले फेरि अर्कि श्रीमती भित्र्यायो यो घटनाले अर्चना स्तब्ध भई किन के उसले सोध्ने साहस गरिन् ।

आमाको पीडाले भित्रभित्र पिल्सिएकी अर्चना ऊ सीधा सौताको आखाँमा हेर्ने शाहस पनि गर्दिन’थी सौताले आएको भोलिपल्टदेखि शासन गर्न थालेकी थिई । उसका मस्तिष्कहरु सुस्त हुँदै थिए । सौताले गलहत्याउँथी । घिच भन्दै खाना पछारिदिन्थी, अर्चना निर्दोष थिई । उसलाई पटक पटक प्रेम र सौता दुवैले यातना दिन थाले ।
प्रेम कन्छिी प्रेमिकाको मायामा लिप्त भएपछि उसको मायालाई लत्यायो । सबै बाचा कसम सजिलै तोड्यो । उसको वास्ता गर्न छाड्यो र ऊ भन्दा राम्री भर्खरकी जीवनसाथी पाएको थियो । उनीहरुले संसार जितेका थिए ।

विनागल्ती पनि उसले सौताको लात्ती र थप्पड खानुपर्यो । सौतालाई कमजोरी भएकै कारण कुनै गुनासो गरिन तर पनि सौता सौता हुने रहेछन । उसले कहिल्यै दोहोरो बात गरिन । तर पनि पटक पटक पीडा पाई ऊ झनझन कमजोर हुँदै गई । स्वर्गीय आमालाई कैयाँैपटक सम्झी । आमा भएको भए पक्कै उसले न्याय पाउँथी तर अहिले उसको पक्षमा कोही थिएनन् । पाउनु जति पीडा पाई । गल्तीको सजाय भोग्दै थिई । दलित सँगको प्रेम नै जीवनको पहिलो त्रुटि भयो, उसले मनन गरी । साच्चिकै प्रेमले जात जनाएरै छाड्यो । उसका लागि घर, परिवार, समाज सारा त्यागी तर प्रेमले ती सब कुरा सजिलै बिर्सिदियो । निर्दोष नारीमाथि सौताको गोली हान्यो ऊ घाईते भई ।
उता माइतमा पनि बाबाले सौतेनी आमा भित्र्याइसकेका थिए । उमङ्गको जीवन जिउँदै छन् भन्ने खबर सुनेकी थिई । उसले झिनो आस गरेकी थिई पक्कै पनि आमाको माया सौतेनी आमाले दिन्छिन्न् भन्ने तर उसको आगमनले त छोरीको नाम लिए पनि घर छाड्ने आदेश भएछ । बाले त आमाको मृत्युपछि सम्झेका थिए रे । तर सौतेनी आमाको शासनमा घर ब्यबहार चल्न थालेपछि पूर्णविराम लागेछ ।
सौतेनी आमाले कहिल्यै नाम पनि सुन्न चाहिनन् । माया पाउने कुरा त कल्पना भन्दा धेरै टाढाको विषय थियो ।

प्रेमले प्रेमको नाटक गरी अर्की भित्र्याएपछि अब ऊ झन पीडामा परी । उसलाई हेला हँुदै गयो । ऊ कमजोर हुँदै गई । उसलाई आमाको पीडाले एकदम कमजोर बनायो तर सौता र सौतेनी आमाको कारण संसार छाड्नु पर्यो ।

सायद प्रेमको साथविना सौतेनी आमाको माया पाएकी भए पक्कै बाच्ने आधार हुन्थ्यो । उसको न जाने ठाउँ थियो न कोही आफन्त थिए’ ऊ एक्लिएकी थिई । उसले बाँच्ने आशा मारेकी थिई । एक दिन उसको चाहना पूरा भयो ।
अनि बल्ल रमिते बनेका बा, सौतेनीआमा, सौता, प्रेम सबैले अर्चनाको महत्व बुझे सायद यतिको महत्व सदभाव संसार छाड्नुपूर्व बुझिदिएको भए ऊ आज पनि हाम्रासामु हुन्थी । जब उसले सबैलाई छाडेर गई बल्ल उसको गीत गुन्जिन थाल्यो ।

कथा।।।मन छुने प्रेम कथा अवस्य पढ्नु है।। थोरै समय मिल्यो आज येसैको मैकामा एउटा कथा पेश गर्दै छु।। जुन र अतित को प्रेम का...
21/07/2020

कथा।।।
मन छुने प्रेम कथा अवस्य पढ्नु है।।

थोरै समय मिल्यो आज येसैको मैकामा एउटा कथा पेश गर्दै छु।। जुन र अतित को प्रेम काहानी "लब यू सो मच।।

" लब यू सो मच"

जुन र अतित एकदुस्रालाई असाध्यै मन पराउथे।। उनिहरु को प्रेम को कुनै अन्त्य नै थिएन।। घर परिवार सबैलाई जुन र अतित को संबन्ध मन्जुर थियो।।। उनिहरु हाँसि खुशी छन।। एक दुस्रा संग मिल्ने भट्ने कति रमाईलो।। यसरिनै चलिरहेको थियो उनिहरु को प्रेम।। समय बित्दै.!
हर साल झै अतित को बर्थडे आउछ।।। र जुन ले अतित लाई फोन गर्छे।।
जुन:- हेलो अतित हेप्पि बर्थडे.... 🍮
अतित :-थेन्क यु जुन... 😆
जुन:- म तिम्रो घर साझ 8 बजे आउछु लह अतित....!
अतित :- ओके, पक्का आउ नि लह।।
जुन:- लह हौ।। कसम आउछु प्यारा. म तिमीलाई कति माया गर्छु म बिना कसरि बर्थडे मनाउछौ नि।।
अतित :- लह के प्यारि छिटो आउ है।।।
जुन :- हस हुन्छ मेरो वोईट गर्नु लह हजुर, बाई।।

साझको 8 बज्छ अतित जुनको बाटो हेरि रहेको हुन्छ तर जुन आउँदिन।।।
फेरि 1 घन्टा पछि जुन आउछे।। अनि अतितले भन्छ।।।
अतित :- जुन एति ढिलो किन के भयो र ढिलो आकि।। हुँ।।
जुनले अतितलाई अंगालोमा बाँधीदै भन्छे।।
केहि होईन प्यारा ट्राफिक जाम थियो बाटोमा,,।।
अतित :- ओके केहि छैन।।। छोड ई कुरा हिड केक काट्न ढिलो भईसको।।
उनिहरु भित्र के जादै थिए अतित को फोन बज्छ।। जुनको मम्मी ले फोन गरेको हुन्छ।।
जुनको मम्मी रुदै भन्नु हुन्छ।।।
बाबु... बाबु..
अतित :- के भयो आन्टि भन्नु न।।
जुनको मम्मी :- बाबु.... म हस्पिटल देखि बोल्दै छु।। मेरि छोरि अब यो संसारमा रहिन।।
झस्किन्दै अतितले भन्छ।।
अतित :- के भन्नु भको आन्टि,? तपाई के बोल्दै हुनुहुन्छ थाहा त छ।।
जुनको मम्मी :- हो बाबु... जुनको 1 घन्टा पहिला उस्को स्कुटर लाई ट्रकले ठोकर दियो।।अनि... अनि!., मेरि छोरि,,, भन्दै जोड जोडले रुन लागिन।।।
अतित छक्क पर्छ अनि उस्को जुनलाई एति प्यारो नजरले हेर्छ।।।
जुन कुनामा मैनबत्ती पकडेर बसेकि हुन्छे।।। उस्ले आखाँभरि आसुँ पार्दै भन्छे।।।
जुन :- मेरो प्यारो अतित मैले तिमीसँग खाएको कसम तोडिन।। मैले मेरो बाचा पुरा गरे अतित,! लब यू प्यारा "लब यू सो मच"
यति भन्दै जुन त्यहाँ बाट बिलाउछै।।।

समाप्त :::

कथा मन पर्यो भने एक शेयर त पक्कै बन्छ।।। है।।

Address

Bukit Batu

Website

Alerts

Be the first to know and let us send you an email when मन छुने प्रेम कथाहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share