Pokhara News24

Pokhara News24 Cricket And Cricket Relatives News. Nepal crickets news update
https://youtube.com/?si
(2)

सेमिफाइनलमा ओमानसँग नेपालको भेट, आइतबार बिहान प्रतिस्पर्धा हुनेसिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलम...
05/06/2026

सेमिफाइनलमा ओमानसँग नेपालको भेट, आइतबार बिहान प्रतिस्पर्धा हुने

सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र ओमानबीचको खेल आइतबार बिहान ७:१५ बजे हुनेछ।

शनिबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा हङकङले ओमानलाई १५४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। पराजित भए पनि ओमान समूह उपविजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भयो।

समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको नेपालले अब फाइनल प्रवेशका लागि ओमानको चुनौती सामना गर्नेछ। यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया आमनेसामने हुनेछन्।

नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै चीनलाई २२१ रनको विशाल अन्तरले तथा मलेसियालाई १६७ रनले पराजित गरेको थियो।

सेमिफाइनलमा पुगेका नेपाल, मलेसिया, हङकङ र ओमान चारै टोलीले आगामी एसियन गेम्सका लागि यसअघि नै छनोट सुनिश्चित गरिसकेका छन्।

कीर्तिमानको वर्षा!एसियन गेम्स छनोटमा मलेसियाविरुद्ध कुशल भुर्तेलले एकै खेलमा कीर्तिमानको वर्षा गरेका छन्। कुशलले ५४ बलमा...
04/06/2026

कीर्तिमानको वर्षा!
एसियन गेम्स छनोटमा मलेसियाविरुद्ध कुशल भुर्तेलले एकै खेलमा कीर्तिमानको वर्षा गरेका छन्। कुशलले ५४ बलमा १२६ रन (१४ चौका, ८ छक्का) को वि'स्फो'टक पारी खेल्दै नेपाललाई विशाल स्कोरतर्फ डोर्‍याए। 🚀💥🏏
उनले एकै खेलमा बनेका ५ ठूलो कीर्तिमान :
1️⃣ T20I मा लगातार दुई शतकीय पारी खेल्ने पहिलो नेपाली ब्याटर
2️⃣ नेपालका लागि T20I मा सर्वाधिक ३ शतक बनाउने ब्याटर
3️⃣ T20I मा नेपालका लागि सर्वाधिक रन (२,२४० रन) बनाउने ब्याटर
4️⃣ T20I मा १०० छक्का पूरा गर्ने पहिलो नेपाली ब्याटर
5️⃣ T20I मा २०० चौका पूरा गर्ने पहिलो नेपाली ब्याटर
See less

BREAKING : अन्तत दीपेन्द्र पनि एलपिएलमा बिक्री, जाफ्नाले गर्‍यो अनबुन्ध
01/06/2026

BREAKING : अन्तत दीपेन्द्र पनि एलपिएलमा बिक्री, जाफ्नाले गर्‍यो अनबुन्ध



आईसीसी बोर्डले भविष्यका पुरुष टी-२० विश्वकपका लागि 16 टोली सहभागी हुने Global Qualifier पुनः सञ्चालन गर्ने प्रस्तावलाई स...
01/06/2026

आईसीसी बोर्डले भविष्यका पुरुष टी-२० विश्वकपका लागि 16 टोली सहभागी हुने Global Qualifier पुनः सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। अब आईसीसी व्यवस्थापनलाई प्रतियोगिताको संरचना र छनोट प्रक्रिया अन्तिम रूप दिन जिम्मेवारी दिइएको छ।
यो निर्णय नेपालजस्ता एसोसिएट राष्ट्रहरूका लागि ठूलो अवसर बन्न सक्छ। विश्वकप पुग्ने बाटो थप स्पष्ट र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। अब सबैको नजर आईसीसीको अन्तिम छनोट संरचनामा हुनेछ। के नेपालले यो नयाँ बाटोमार्फत विश्वकपमा स्थान सुरक्षित गर्न सक्ला? 🇳🇵
🇳🇵

टी-२० विश्वकप छनोटमा ग्लोबल क्वालिफायर पुनः फर्काउने तयारीमा आईसीसीआईसीसीले टी-२० विश्वकप छनोटका लागि पुनः ग्लोबल क्वालि...
31/05/2026

टी-२० विश्वकप छनोटमा ग्लोबल क्वालिफायर पुनः फर्काउने तयारीमा आईसीसी

आईसीसीले टी-२० विश्वकप छनोटका लागि पुनः ग्लोबल क्वालिफायर प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ।

क्रिकबजका अनुसार, टी-२० विश्वकप छनोटको यो प्रारूप सन् २०१९ मा यूएईमा सम्पन्न संस्करणपछि बन्द गरिएको थियो, जहाँ नेदरल्यान्ड्स विजेता बनेको थियो।

मे ३० मा अहमदाबादमा बसेको बैठकमा यस प्रस्तावमाथि छलफल भएको थियो। यो प्रस्ताव छिट्टै वा जुलाईमा स्कटल्याण्डमा हुने आईसीसी वार्षिक साधारण सभामा (AGM) स्वीकृत हुने सम्भावना रहेको बताइएको छ।

कुशल भुर्तेलको शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतकमा नेपालले विशाल योगफल खडा गरेको छ ।
31/05/2026

कुशल भुर्तेलको शतक तथा कुशल मल्ल र रोहित पौडेलको अर्धशतकमा नेपालले विशाल योगफल खडा गरेको छ ।

ताेडियाे दिपेन्द्रकाे रेकर्ड ,भुर्तेल Bang Bang🇳🇵🙏🙏
31/05/2026

ताेडियाे दिपेन्द्रकाे रेकर्ड ,भुर्तेल Bang Bang🇳🇵🙏🙏

🚨 आज अहमदाबादमा हुने ICC बोर्ड बैठक! 🌍🏏एसोसिएट राष्ट्र क्रिकेटको भविष्यको बारेमा प्रमुख छलफल हुने अपेक्षा गरिएको छ। 👀रिप...
30/05/2026

🚨 आज अहमदाबादमा हुने ICC बोर्ड बैठक! 🌍🏏

एसोसिएट राष्ट्र क्रिकेटको भविष्यको बारेमा प्रमुख छलफल हुने अपेक्षा गरिएको छ। 👀

रिपोर्टहरूले सुझाव दिन्छ कि ICC बोर्डले निम्न कुराहरूमा छलफल गर्नेछ:
✅ २० टोलीबाट ३२ टोलीमा एकदिवसीय दर्जा विस्तार गर्ने
✅ T20 विश्वकप ग्लोबल क्वालिफायर ढाँचामा सम्भावित परिवर्तनहरू

भविष्यमा अनुमोदन भएमा, यसले नेपाल जस्ता उदीयमान क्रिकेट राष्ट्रहरू र अन्तर्राष्ट्रिय मञ्चमा अन्य एसोसिएट देशहरूका लागि थप अवसरहरू सिर्जना गर्न सक्छ। 🇳🇵🔥

यद्यपि, अन्तिम निर्णयहरू जुलाईमा हुने ICC बैठकमा हुने अपेक्षा गरिएको छ।

चिन बिरुद्व के नेपालकाे हुनसक्छ फाईनल ११???
30/05/2026

चिन बिरुद्व के नेपालकाे हुनसक्छ फाईनल ११???

🚨 ठूलो खबर! 🇳🇵🏏लङ्का प्रिमियर लिग (LPL) २०२६ को अन्तिम ड्राफ्ट सूचीमा ४ नेपाली खेलाडी समावेश भएका छन्। 👏🔥⭐ सन्दीप लामिछा...
30/05/2026

🚨 ठूलो खबर! 🇳🇵🏏

लङ्का प्रिमियर लिग (LPL) २०२६ को अन्तिम ड्राफ्ट सूचीमा ४ नेपाली खेलाडी समावेश भएका छन्। 👏🔥

⭐ सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा परेका छन् भने
⭐ दीपेन्द्र सिंह ऐरी
⭐ गुल्शन कुमार झा
⭐ कुशल भुर्तेल

यी तीनै जना एसोसिएट स्टार्स क्याटेगोरीमा सूचीकृत भएका छन्। 🇳🇵💪

नेपाली क्रिकेटका लागि यो अर्को गौरवपूर्ण उपलब्धि हो। अब ड्राफ्टमा कुन टोलीले नेपाली खेलाडीहरूलाई छनोट गर्छ, त्यो हेर्न बाँकी छ। 👀🏏

Address

Sonipat

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara News24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category