हाम्रो चियाबारी

हाम्रो चियाबारी सुख दुःखको साथी

 आईजीजेएफलाई ठुलो झट्का!पार्टीका CWC Member एवं प्रवक्ता आर.के. शर्माले दिए पार्टीबाट राजीनामातिनले राजीनामा पत्रमा लेखे...
17/05/2026


आईजीजेएफलाई ठुलो झट्का!
पार्टीका CWC Member एवं प्रवक्ता आर.के. शर्माले दिए पार्टीबाट राजीनामा

तिनले राजीनामा पत्रमा लेखेका छन्:-

"प्रति, अजय एडवड मुख्य संयोजक IGJF

दार्जिलिङ

विषयः राजीनामा पत्र

महोदय,

म IGJF को प्रवक्ता पद, केन्द्रीय कार्यसमिति (CWC) सदस्य पद तथा साधारण सदस्यत्ताबाट आजको मितिदेखि राजीनामा दिन चाहन्छु।

जुन सोच एवं विचार लिएर म पार्टीमा आएको थिएँ, समयसँगै त्यो पूर्ण रुपमा मेल खान नसकेको महसुस मैले गरेको छु। पार्टीको कार्यशैली, पार्टीको विचार तथा कथनी र करनीमा देखिएको भिन्नता, पूर्ण निष्ठा एवं इमानदारिताका साथ काम गर्दा पनि त्यसको उचित मूल्यांकन नभएको अनुभब, साथै पार्टीभित्र बढ्‌दो एकल निर्णय र एकल नीतिका कारण मैले यो निर्णय लिन बाध्य भएको हुँ।

वास्तवमा म यो राजीनामा विधायक (MLA) निर्वाचनअघि नै दिन चाहन्थे, तर निर्वाचनको समयमा पार्टीलाई कुनै प्रकारको क्षति नहोस् भन्ने सोचले मात्र मैले आफ्नो निर्णय रोकेको थिएँ। त्यसै कारण निर्वाचनको समयमा पनि मैले कुनै विशेष योगदान दिन सकिन।

अब निर्वाचन सम्पन्न भइसकेको छ, परिणाम पनि सार्वजनिक भइसकेको छ र सम्पूर्ण प्रक्रिया समाप्त भएको छ। त्यसैले अब म आफ्नो समय आफ्नो परिवार तथा आफ्नो ठाउँ खर्साङ‌को हित र सेवामा समर्पित गर्न चाहन्छु।

पार्टीमा रहँदा प्राप्त साथ, सहयोग तथा अनुभवका लागि सम्पूर्ण नेतृत्व एवं कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै पार्टीको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछु।

धन्यवाद

भवदीय,

Ram Krishma Sharma

रामकृष्ण शर्मा (आर.के.)

मितिः 16/05/2026

स्थानः खरसाङ"

10/05/2026

सेपेरेट स्टेट को-अर्डिनेशन कमिटी (SSCC) र गोर्खा युथ एक्टिभिष्ट नेटवर्क (GYAN) को संयुक्त बैठक सम्पन्न, नवनिर्वाचित 5 गोर्खा विधायकहरूलाई दिए जीतको निम्ति बधाई अनि मुद्दाहरूमा गराए ध्यानाकर्षण

20/12/2025
07/10/2025

दुधे तेस्रोदिनको अवस्थ

11/09/2025

लङभिऊ चियाबारीमा मालिकले 10% मात्र बोनस दिने भने पछि श्रमिकहरुले आज गरे गेट मिटिङ

28/08/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

25/08/2025

नरबुङ्ग चियाबारीका श्रमिकहरुद्वर जी टी ए मुख्य कर्यपाल अनित थापालाई दिए धन्यवाद यस पटक चिया श्रमिकहरूले 20% बोनस पाइने

24/08/2025

सर आज केहिबेर नयाँ कमान माणि लाखाममा

20/08/2025

दूधेमा १५ बर्सीय बालिकामाथि यौन दुष्कर्म, आरोपि पक्राउ

19/08/2025

मम्मीहरूको दौड

19/08/2025

नानीहरूको जलवा

Address

734223, Kurseong
Mirik
734223

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो चियाबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share