04/03/2024
रेली स्पोर्टिङ क्लबको आयोजनामा सुरु गरिएको महिना ब्यापी दुस्रो खुला नकआउट क्रिकेट प्रतियोगिताको चुडान्त फाइनल खेल आज आइतबारको दिन मिसनटार (श्यामदासटार) खेलमैदानमा सम्पन्न भएको छ।
सिक्किम, कालिम्पोङ लगायत रज्यको विभिन्न ठाँउबाट कुल ५० टोलिले यस प्रतियोगितामा सभागीता जनाएका थिए, भने सबै दलहरूलाई पछाड्दै के.सी.ए. कालिम्पोङ र अधिकारी ब्रदर्स फाइनल सम्म पुग्न सफल बनेका थिए ।
उक्त फाइनल खेलको क्षेत्रीय सभासाद श्रीमान हेमन्त थुलुङ राई मुख्य अथितिको रूपमा उपस्थिति रहेका थिए, भने बिशिष्ट अथितिको रुपमा 34 नो समस्टीका सभासद श्रीमान बिकास राई, श्रीमान फानुस सादा लेप्चा, लोले पन्चायत प्रधान श्रीमान युदेन सादा लेप्चा , लोले पन्चायत सदस्य श्रीमान प्रशान्त अधिकारी, कफेर कान्केबोङ पन्चायत प्रधान सुबोध खाती,कफेर कान्केबोङ पन्चायत उप प्रधान श्रीमान सङ्गम गुरुङ, साथै आन्य क्षेत्र बसिको उपस्थित रहेको थियो ।
उक्त फाइनल खेलमा पहिलो बल्लेबाजी गर्दै के.सि.ए कालेम्पोङ्का खेलाडीहरुले अधिकारी ब्रदरलाई आफ्नो 10 विकेट गुमाएर 102 रन को लक्ष्य दिए थिए। सोइ लक्ष्यलाई अधिकारी ब्रदर्सका खेलाडीहरुले केवल 15.4 ओवरमा आफ्नो 4 विकेट गुमाएर उक्त लक्ष्यलाई प्राप्त गरेर बिजय बनेका छन।