PUN SPORTZ

PUN SPORTZ SPORTS NEWS

सूचना ! सूचना !! सूचना !!!नेपाली नयाँ वर्ष २०८२को अवसरमा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया द्वारा "अन्तर प्रवासी नेपा...
01/04/2025

सूचना ! सूचना !! सूचना !!!

नेपाली नयाँ वर्ष २०८२को अवसरमा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया द्वारा "अन्तर प्रवासी नेपाली टी-१० क्रिकेट प्रतियोगिता-२०२५"
निम्न मिति, स्थान र समयमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैमा जानकारी सहित सहभागी हुनको लागि हार्दिक अनुरोध गर्दछौ।

सम्पर्क: +91-8376057064, 9821669014
मिति : १२ र १३ अप्रिल २०२५
टिम दर्ता मिति: १० अप्रिल २०२५
स्थान : बाबा सुरदास क्रिकेट ग्रोउन्ड, फरिदाबाद (दिल्ली एनसीआर)

प्रिती राई बनिन् प्लेअर अफ दी म्याच।धेरै बधाई छ।
18/02/2025

प्रिती राई बनिन् प्लेअर अफ दी म्याच।
धेरै बधाई छ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङ लिम्बूलाई सोमबार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किरणलाई मनास्लु खेलाडी सम्मान– २०८१ बाट सम्मान गरिएको हो।

सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । राजेन्द्र बानियाँलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनुराधा कोइरालालाई मनास्लु समाजसेवी सम्मान र प्रा.डा. बालचन्द्र लुईटेललाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित गर्यो ।

उनीहरुलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।त्रिपुरेश्वरस्थ...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - फोर नेशन्स कप अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानविरुद्ध १–० को जित निकालेको हो । खेलको १० औँ मिनेटमा सबिता राना मगरको पासमा बिमला चौधरीले गोल गरिन् ।

किर्गिस्तानलाई निकै दबाबमा राखेको नेपालले पाउको दर्जनभन्दा बढी असरलाई गोलमा परिणत गर्न सकेन् ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छि...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छिन् । सावित्रका सोमबार बिहान काठमाडौं आईपुगेकी हुन् ।

सावित्रा घरेलु मैदानमा आज (सोमबार) बाट नै शुरु हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश फर्किएकी हुन् । पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी सावित्रा एअर इन्डियाको फ्लाइटमार्फत नेपाल आएकी हुन् ।

उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सावित्रा एन अभान्ट ग्वेनगाम्पबाट फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्दै आएकी छिन् । उनले क्लबका लागि जारी सिजनको १५ मध्ये ७ खेलमा पहिलो रोजाइमै खेल्दै १ गोल गरेकी छिन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार सावित्राले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत किर्गिस्तानसँगको पहिलो खेल भने गुमाउने सम्भावना रहेको छ । नेपाली टोलीले दशरथ रंगशालामा आज साँझ ६ बजे शुरु हुने खेलमा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - कप्तान एशले गार्डनरको अलराउण्ड प्रदर्शनसँगै महिला प्रिमियर लिग (डब्ल्यूपीए) मा गुजरात जाइन...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - कप्तान एशले गार्डनरको अलराउण्ड प्रदर्शनसँगै महिला प्रिमियर लिग (डब्ल्यूपीए) मा गुजरात जाइन्ट्सले युपी वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । कप्तान गार्डनले ३२ बलमा ५२ रनको अर्धशकिय पारी खेल्नुको साथै ३९ रन दिएर २ विकेट समेत लिएकि थिइन् ।

जारी सिजनमा गुजरातको दुई खेलमा यो पहिलो जित हो । यस भन्दा अघिको खेलमा गुजरात रोयल च्यालेञ्जर बेङ्गलोरसँग पराजित भएको थियो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको युपी वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । युपीलाई सस्तैमा समेट्न युवा स्पिनर प्रिया मिश्राले तीन विकेट लिएकि थिइन् ।

मिश्राले ४ ओभरमा मात्र २५ रन मात्र दिएकि थिइन । त्यसतै कप्तान गार्डनर र डिएन्ड्रा डोटिनले दुई दुई विकेट लिएका थिए । १४४ रनको विजय लक्ष्य पाएको गुजरातले शुरुवात राम्रो हुन सकेन ।

एक समय २२ रनमा दुई विकेट गुमाएर गुजरात दबावमा परेको थियो । यसपछि गार्डनर र लौरा वोल्वार्टले गुजरातको पारीलाई सम्हाल्दै अर्धशतकिय साझेदारी गरेका थिए । गुजरातलाई जित दिलाउन हरलीन देयोल र डोटिनले महत्वपूर्ण भूमिका निभाएका थिए ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - महिला प्रिमियर लिग (डब्लुपीएल) मा दिल्ली क्यापिटल्सले रोमाञ्जक जित निकालेको छ ।शनिवार भएको...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - महिला प्रिमियर लिग (डब्लुपीएल) मा दिल्ली क्यापिटल्सले रोमाञ्जक जित निकालेको छ ।

शनिवार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो । जितकालागि मुम्बईले दिएको १६५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा २ रन बनाउँदै जित निकालेको हो । दिल्लीको जितमा शफाली वर्माले सर्वाधिक ४३ रनको योगदान गरिन् । निक्की प्रसादले ३५ तथा एलिस क्याप्सीले १६ रन जोडिन् ।

त्यसअघि बडोदराको कोटाम्बी रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको मुम्वई १९.१ ओभरमा १६४ रनमा अलआउट भयो । मुम्बईका लागि नेटली सिभर ब्रन्टले ८० रन बनाइए पनि त्यो स्कोर उनको टोलीलाई जिताउन पर्याप्त भएन । मुम्बईले पावरप्लेमा दुई विकेट गुमाएको थियो । यास्तिका भाटिया ११ रन बनाएर आउट भइन् भने हेली म्याथ्यूज खाता नखोलीकनै आउट भइन् ।

जितसंगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - भारतीय टोलीका रोहित शर्माको कप्तान पद धरापमा परेको छ ।अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - भारतीय टोलीका रोहित शर्माको कप्तान पद धरापमा परेको छ ।

अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीमा रोहित शर्मा फ्लप देखिएपछि उनको बिकल्पकाबारेमा प्रश्न उठिरहेको छ । त्यसतबेला उनले ३१ रन मात्र बनाउन सकेका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रोहित शर्मा चाँडै नै भारतीय टेस्ट टोलीबाट बाहिरिन सक्छन् । यदि रोहित शर्मालाई हटाइयो भने, भारतीय टेस्ट टोलीको कप्तानी कसले पाउलान त ? यो बिषय अहिले चासोको रुपमा हेरिएको छ । टेस्ट कप्तानीको दौडमा रोहित शर्मापछि जसप्रीत बुमराह र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त रहेका छन् ।

जसप्रीत बुमराह र ऋषभ पन्तमध्ये प्राथमिकता कस्लाई ?
अब प्रश्न यो छ कि भारतीय टेस्ट टोलीको कप्तान कसलाई छानिनेछ? जसप्रीत बुमराह र ऋषभ पन्तमध्ये कसलाई प्राथमिकता दिइनेछ?

मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर जसप्रीत बुमराहलाई कप्तानी दिन चाहन्छन् । साथै, यशस्वी जयस्वाललाई उपकप्तान बनाउनु पर्छ भन्ने लाईनमा उनी छन् ।

बुमराहले भारतीय टेस्ट टोलीको कप्तानी पाउन सक्छन्, तर एकदिवसीय ढाँचामा रोहित शर्मा पछि के हुनेछ भन्ने खुलाईएको छैन ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - आगामी महिना सुरू हुने १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको खेल तालिका स...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - आगामी महिना सुरू हुने १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी मार्च २२ देखि सुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । पहिलो खेल कोलकातामै हुनेछ ।

त्यसैगरी दोस्रो खेल मार्च २३ को दिउँसो सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको बीचमा हुनेछ भने त्यही दिन बेलुका मुम्बई इन्डियन्स र चेन्नई सुपर किड्स खेल्ने छन् ।

त्यस्तै मार्च २४ मा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स तथा मार्च २५ मा पञ्जाब किङ्स र गुजरात टाइटन्सले आ-आफ्नो पहिलो खेल खेल्ने छन् ।

फाइनल खेल मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनेछ । गत संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको थियो ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ ।ओमानले आइतवार नामिबिया...
17/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ ।

ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो ।

लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको छ ।

९७ रनको सामान्य लक्ष्य ओमानले २२.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा प्लेयर अफ द म्याच समेत भएका ओपनर आमिर कलिमले सर्वाधिक २१ रन जोडे । उनले ३३ बलमा ३ चौका प्रहार गरेका थिए ।

विनायक शुक्लाले १९ बलमा १८, कप्तान जतिन्दर सिंहले २५ बलमा १४ तथा वासिम अलिले १५ बलमा १० रन जोडे ।

नामिबियाका लागि कप्तान जेरार्ड एरास्मसले ७.४ ओभरमा ३४ रन खर्चिएर ५ विकेट लिए । बेर्नहाड स्कोट्जेको नाममा २ तथा जेजे स्मिथको नाममा १ विकेट रह्यो ।

त्यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गरेको नामिबिया ३३.१ ओभरमा ९६ रनमा समेटियो । नामिबियाका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ३०, कप्तान एरास्मसले १५ तथा रुबेन ट्रम्पलम्यानले १४ रन जोडे ।

ओमानका लागि शकिल अहमदले ४, जय ओडारा र आमिर कलिमले समान २ तथा शिद्धार्थ र समय श्रीवास्तवले समान १ विकेट लिए ।

जितसँगै ओमान १५ खेलमा १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया १६ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

विश्व कप लिग टु सिरिज २०२३ देखि २०२७ सम्म जारी रहनेछ । लिगमा ८ टोली सहभागी लिगको शिर्ष ४ टोली विश्व कप छनोटमा सिधै स्थान बनाउँदा ४ टोली विश्व कप छनोटका लागि प्लेअफमा स्थान बनाउँने छन् ।

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - नेपाली युवा टोली चिनियाँ युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ ।त्रि...
15/02/2025

नयाँ दिल्ली (पुन स्पोर्ट्स) - नेपाली युवा टोली चिनियाँ युनान प्रान्तीय टोलीसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल पाहुना टोली युनानसँग २-० गोलले पराजित भएको हो । युनानलाई जित दिलाउन यु मिनगुइ र वाङ बिनहानले गोल गरे ।

२१औं मिनेटमा मिनगुइले गोल गरेपछि युनान पहिलो हाफमा १-० ले अघि रहेको थियो ।

त्यसपछि खेलको ७८ औं मिनेटमा वाङले गोल गर्दै युनानलाई २-० गोलको जित दिलाए ।

Address

KALKAJI
Delhi
110019

Alerts

Be the first to know and let us send you an email when PUN SPORTZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category