31/08/2026
खेलसँगै विपदमा साथ!
देशमा दुःखद घटनाले कहर मच्चाएको थियो। मन भारी थियो। कतै मुखमा आएको टुर्नामेन्ट सार्ने प्रस्ताव राख्ने की भन्ने सामान्य छलफल पनि भयो। फेरी लाग्यो परिस्थिति प्रतिकूल अवस्थामा टाउको ठटाएर मात्र नी केही हुँदैन। बरु टुर्नामेन्ट खेल्ने र यदि टुर्नामेन्टमा नतिजा आफ्नो पक्षमा आए देशमा आएको विकराल परिस्थितिको सामना गर्न परदेश रहँदै गर्दा पनि सरकारको होस्टेमा थोरै आर्थिक सहयोग रूपि हैंसे गर्ने।
भने जस्तै भयो: टुर्नामेन्ट पनि जितियो अनी सिङ्गो बेलहिया परिवारको सहयोगलाई र टुर्नामेन्टको जितको एउटा सानो हिस्सालाई बाढीपीडितको नाममा छुट्याउने भन्ने सल्लाह बमोजिम यो वर्षको जितको करिब ३०% रकम प्रधानमन्त्री राहत कोषमा दाखिला गरियो।
दुःखमा परेकाहरुलाई मल्हमपट्टी लगाउने सारा नेपालीहरूको सहयोगी मनलाई सरकारले आवश्यक ठाउँमा र भनेकै समयमा पुर्याउन भरपूर प्रयास गरोस भन्ने आग्रह सहित यो वर्षको Rising Cup विजेता भएकोमा Bellahøj Classic परिवारलाई धेरै बधाई।।
Congratulations boys for putting your heart and mind on the game and bringing one more trophy home!!
धन्यवाद सम्पूर्ण बेलहिय परिवारका सदस्य, शुभेच्छुक अनी सहयोगीहरुलाई।। तपाईहरुको माया, विश्वास र भरोसा छ र त बेलाहोय परिवार छ!!
Champion of Rising Cup 2026 Bellahøj Classic Sports Club
Champion once again!! And many more to come...