19/09/2025
NRNA Cup 2025 को सम्पूर्ण यात्रामा हामीलाई साथ दिई समर्थन गर्ने सबैलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद 🙏।
यस वर्षको यो यात्रा साँच्चिकै भावनाले भरिएको थियो। जितको खुसीदेखि अन्तिम क्षणमा पहिलो स्थान छुटाउनु पर्ने पीडासम्म। तर यस यात्रामा हाम्रो टिमले जुन जोश, एकता र अनुशासन देखायो, त्यसमा हामी सबै गर्व गर्छौं। NFC Hannover यसपटक प्रथम उपविजेता 🥈 बन्न सफल भयो।
यसै क्रममा हाम्रो खेलाडीहरूले ५ पटक Man of the Match उपाधि जिते, जसमा समावेश छन्:
Saksham Ghimire (GK)
Jeevan Budha (C)
Dipesh KC
Anish Shakya
Nishan Hamal
* No photo of our keeper’s MOTM — but the saves say it all. 🧤💚⚽
यो उपलब्धि केवल व्यक्तिगत मात्र होइन, सम्पूर्ण टिमको कडा मेहनत र प्रतिबद्धताको प्रतिफल हो।
हाम्रो व्यवस्थापन टोली , प्रशिक्षक , र पर्दापछाडि अथक परिश्रम गर्ने सबैलाई .binod विशेष धन्यवाद। तपाईंहरूको मेहनत, प्रेरणा र नेतृत्व बिना यो सम्भव हुने थिएन। समर्थक र शुभेच्छुकहरूलाई पनि ठूलो आभार, तपाईंहरूको उत्साह र मायाले हरेक खेलमा हामीलाई थप बलियो बनायो। 💚
यो यात्रा केवल फुटबल मात्र थिएन, यो हाम्रो दाजुभाइको सम्बन्ध, समर्पण र गर्वको कथा पनि थियो। यसपालि उपाधिबाट चुक्यौं तर हामीसँग धेरै यादगार क्षण, अनुभव र अझ बलियो भएर फर्किने लक्ष्य छ। 💪
अर्को वर्ष हामी अझ बढी जोश, भावना र दृढ विश्वासका साथ मैदानमा फर्किनेछौं! ⚽🏆
🏆 🇳🇵