Nepal Volleyball Club Hamburg German

Nepal Volleyball Club Hamburg German Kontaktinformationen, Karte und Wegbeschreibungen, Kontaktformulare, Öffnungszeiten, Dienstleistungen, Bewertungen, Fotos, Videos und Ankündigungen von Nepal Volleyball Club Hamburg German, Sport und Freizeit, HellKamp 30, Hamburg.

“एकता, ऊर्जा र उत्साह – हाम्रो पहिचान।
मनसँग मन र समाजसँग हामी,
स्वास्थ्य, मित्रता र विजय हाम्रो अभियान।
समाज परिवर्तन, नेपाली पहिचान र कला–संस्कृति संरक्षण हाम्रो लक्ष्य।
सबैलाई जोड्ने नेपाल भलिबल क्लब हमबर्ग

27/08/2026

नेपालमा भएको प्राकृतिक विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ

नेपालमा हालै आएको प्राकृतिक विपत्तिका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल भलिबल क्लब हामबर्ग गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

यस कठिन घडीमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई एकजुट भई प्रभावित परिवार तथा समुदायलाई आ–आफ्नो क्षमताअनुसार सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।

सरकार तथा सम्बन्धित निकायहरूलाई उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन हार्दिक अनुरोध गर्दछौँ।

विपद्मा परेका नेपालीहरूको दुःखमा साथ दिऔँ।
एकजुट बनौँ, सक्दो सहयोग गरौँ। 🙏🇳🇵

प्रेम कुमार सेरचन

अध्यक्ष
तथा
नेपाल भलिबल क्लब हामबर्ग
परिवार जर्मनी

नमस्ते सम्पूर्ण साथीहरू,हाम्रो क्लबको ३१ अगस्ट २०२६ मा आयोजना हुने वार्षिक साधारण सभा तथा ग्रिल कार्यक्रम यसअघि स्टाटपार...
27/08/2026

नमस्ते सम्पूर्ण साथीहरू,
हाम्रो क्लबको ३१ अगस्ट २०२६ मा आयोजना हुने वार्षिक साधारण सभा तथा ग्रिल कार्यक्रम यसअघि स्टाटपार्कमा गर्ने जानकारी गराइएको थियो।
तर विशेष कारणवश शौचालय, पानी तथा वर्षा भएमा समेत बस्न सकिने पर्याप्त सुविधा उपलब्ध भएको स्थान भएकाले कार्यक्रम Hammer Park को Grillplatz मा आयोजना गर्नु उपयुक्त देखिएको छ।
त्यसैले कार्यक्रमको स्थान परिवर्तन गरी तल उल्लेखित स्थानमा आयोजना गरिने जानकारी गराउँदछौं। सम्पूर्ण साथीहरूले सोहीअनुसार उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📍 स्थान: Grillplatz Hammer Park
Hammer Steindamm 120, 20535 Hamburg
📅 मिति: ३१ अगस्ट २०२६
बिहान : १० बजे कृपया समसमा ऊपस्तित हुनु होला
🔗 स्थानको नक्सा: https://maps.app.goo.gl/MBxKESj1WH5DX5fA9?g_st=ic
धन्यवाद।
प्रेम कुमार शेरचन
अध्यक्ष
नेपाल भलिबल क्लब हाम्बर्ग e.v

Hammer Steindamm 120, 20535 Hamburg, Germany

06/07/2026
14/06/2026

प्रिय सम्पूर्ण सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू तथा खेलाडी साथीहरू, नमस्कार।

नेपाल भलिबल क्लब हाम्बर्ग e.V. को आयोजनामा भोलि, जुन १५ मा हुने प्रथम वार्षिक उत्सव, समर ग्रिल तथा भलिबल प्रतियोगिता कार्यक्रमको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौं।

उक्त कार्यक्रमका लागि हाम्बर्गमा रहेका विभिन्न जातिय धार्मीक तथा सबै संघ–संस्था, समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि कुनै कारणवश निमन्त्रणा पत्र कसैसम्म पुग्न नसकेको भए, यहाँहरू सबैले आफ्नो सम्पर्कमा रहेका संघ–संस्था, समाजसेवी ,राजनितिक निकटता तथा समुदायका अग्रज व्यक्तिहरूलाई जानकारी गराई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिदिनुहुन हार्दिक आग्रह गर्दछौं।

यो कार्यक्रम हाम्रो क्लबको मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा कार्यक्रम हो। त्यसैले कार्यक्रमलाई सफल, सभ्य र भव्य बनाउन यहाँहरू सबैको सक्रिय सहभागिता, सहयोग र समन्वय आवश्यक छ।

नेपाल भलिबल क्लब हामी सबैको साझा संस्था हो। आउनुहोस्, एकजुट भएर कार्यक्रमलाई सफल बनाऔं।

धन्यवाद।

प्रेमकुमार शेरचन
अध्यक्ष
नेपाल भलिबल क्लब हाम्बर्ग e.V.

https://www.facebook.com/share/17Jx49tBVr/?✨ हाम्रो क्लबका सल्लाहकार श्री सन्तोष लामा ज्युको सुपुत्रीमिस स्नो ह्वाइट चित...
19/05/2026

https://www.facebook.com/share/17Jx49tBVr/?
✨ हाम्रो क्लबका सल्लाहकार श्री सन्तोष लामा ज्युको सुपुत्री
मिस स्नो ह्वाइट चितवन सिजन ६ (Miss Snow White Season 6 ) की प्रतिभाशाली जुनियर प्रतियोगी नं. १५ — समिक्षा लामा आत्मविश्वास, सौन्दर्य र मनमोहक मुस्कानले सबैको मन जितिरहेकी समिक्षालामालाई प्रतियोगिताको यस सुन्दर यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको यात्रा सफलता, आत्मविश्वास र अविस्मरणीय सम्झनाले भरिपूर्ण रहोस् 💖
हाम्रो प्यारी नानी समिक्षा लामालाई धेरैभन्दा धेरै माया, साथ र भोट प्रदान गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं 🙏
आउनुहोस्, हामी सबै मिलेर आफ्नी प्रतिभाशाली नानीलाई जितको शुभकामना दिऔं र उत्साहका साथ समर्थन गरौं 🌟

✨ Presenting our graceful Junior Contestant for Miss Snow White Season 6 ✨
Confidence, elegance, and a beautiful smile that shines on every stage 💫
Meet Contestant No. 15 —Samikshya Lama🌸
Wishing her an amazing journey filled with confidence, memories, and success throughout the competition 👑
💖 Show your love and support in the comments below!
📣 Don’t forget to cheer for your favorite contestant.

नेपाल भलिबल क्लब हाम्बर्ग e.V. (NVCH) सम्पूर्ण हाम्बर्ग निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई वार्षिक उत्सव तथा भलिब...
12/05/2026

नेपाल भलिबल क्लब हाम्बर्ग e.V. (NVCH) सम्पूर्ण हाम्बर्ग निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई वार्षिक उत्सव तथा भलिबल प्रतियोगिता २०२६ मा हार्दिक निमन्त्रणा सहित कार्यक्रममा स्वागत गर्दछ।
-भलिबल प्रतियोगिता
-सांस्कृतिक प्रतियोगिता
-ग्रिल
🔥 ग्रिल तथा कार्यक्रममा सहभागिता निःशुल्क (Free) रहनेछ।
आउनुहोस्, खेल, संस्कृति र आपसी भाइचाराको उत्सवलाई भव्य रूपमा सफल बनाऔँ।
नेपाल भलिबल क्लब हाम्बर्ग e.V. (NVCH)

एनआरएनए पोल्याण्डद्वारा आयोजित भलिबल प्रतियोगितामा नेपाल भलिबल क्लब हाम्बर्गले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासि...
03/05/2026

एनआरएनए पोल्याण्डद्वारा आयोजित भलिबल प्रतियोगितामा नेपाल भलिबल क्लब हाम्बर्गले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकोमा सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक तथा क्लबका पदाधिकारीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौं।

यस सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै क्लबको गरिमा उचो बनाउने विश्वासका साथ सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछौं।

धन्यवाद।

प्रेम कुमार शेरचन
अध्यक्ष

शिव प्रसाद अधिकारी
सचिव

नेपाल भलिबल क्लब हाम्बर्ग e.V.
परिवार

शुभकामना     हाम्रो क्लबका खेलाडी तथा साथीहरू NRNA Poland द्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी हुन Warsaw, पो...
01/05/2026

शुभकामना
हाम्रो क्लबका खेलाडी तथा साथीहरू NRNA Poland द्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी हुन Warsaw, पोल्यान्डतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। उहाँहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बन्न हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, सफल सहभागिता र सुरक्षित यात्राको कामना गर्दै शुभयात्रा व्यक्त गर्दछौं। तपाईंहरूको मेहनत, अनुशासन र टीम स्पिरिटले हाम्रो क्लबको गौरव अझ उचाइमा पुर्‍याउनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
नेपाल भलिबल क्लब ह्याम्बर्ग

01/05/2026

शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकहरूको अधिकार, सम्मान र योगदानको स्मरण गराउँदै न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गर्दछ। बुद्ध जयन्तीले शान्ति, अहिंसा, करुणा र सहिष्णुताको मार्ग अनुसरण गर्न प्रेरणा दिन्छ। त्यस्तै, उभौली पर्वले प्रकृतिप्रतिको सम्मान, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीको संरक्षणको सन्देश दिन्छ।
यी तीनै महत्वपूर्ण अवसरहरूले हामी सबैमा आपसी सद्भाव, एकता, सहकार्य र सकारात्मक सोचको विकास गराउँदै समृद्ध र सभ्य समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।सबैमा हार्दिक शुभकामना!

नेपाल भलिबल क्लब हामबर्ग परिवार.

Adresse

HellKamp 30
Hamburg
20255

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von Nepal Volleyball Club Hamburg German erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Verknüpfungen

Teilen