03/09/2025
We are ready. 🤝😊😊😊 ⚽️
✦ प्रेस विज्ञप्ति ✦
NRNA Germany Cup Football 2025
📅 शनिबार, ६ सेप्टेम्बर २०२५
🕘 समय: बिहान ०९:०० – बेलुकी २१:००
📍 स्थान: Sportschule Oberhaching, म्युनिख, जर्मनी
सन् २०१६ मा फ्रैंकफर्टबाट सुरु भई जर्मनीका विभिन्न शहरहरूमा निरन्तर आयोजना हुँदै आएको वार्षिक खेलकुद परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि NRNA Germany NCC, NRNA LCC Bayern तथा NFT Munich को संयुक्त आयोजनामा एकदिवसीय पुरुष तथा महिला फुटबल प्रतियोगिता “NRNA Germany Cup Football 2025” भव्य रूपमा सम्पन्न हुन गइरहेको छ।
सहभागी टिमहरू
यस प्रतियोगितामा २० टिम (महिला ५, पुरुष १५) को सहभागिता रहनेछ।
• महिला टिम (५): NFT Munich, NFC Hamburg, FC Berlin, NFC Stuttgart, NFC Bonn
• पुरुष टिम (१५): NFC Bonn, Dresden Nepal FC, NFT Weingarten, NFC Hamburg Veteran, Nepal Darmstadt FC, Nepalese Stars NRW, NFC Hamburg, NFC Nürnberg, Eintracht Nepali FC Red, Eintracht Nepali FC Black, NFC Hannover, FC Berlin Nepal, Khukuri Bremen FC, NFC Stuttgart, NFT Munich
यस प्रतियोगितामा करिब ४५० जना खेलाडी र १००० भन्दा बढी दर्शक जर्मनीका विभिन्न शहरबाट उपस्थित हुने अनुमान गरिएको छ। प्रतियोगिता ५ खेलमैदानसहितको आधुनिक सुविधा सम्पन्न स्टेडियम – Sportschule Oberhaching, München मा हुने भएको छ।
उद्घाटन एवं पुरस्कार
प्रतियोगिताको उद्घाटन जर्मनीका लागि नेपाली राजदूत महामहिम डा. शैल रूपाखेती द्वारा गरिनेछ। कार्यक्रममा एनआरएन संस्थाका अग्रजहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा थुप्रै खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहनेछ।
🏆 पुरस्कार राशी:
• पुरुष तर्फ: प्रथम – €5000, द्वितीय – €2000
• महिला तर्फ: प्रथम – €2000, द्वितीय – €1000
यस प्रतियोगिताको मुख्य उद्देश्य:
• खेलकुदलाई प्रवर्द्धन गर्ने,
• प्रवासी नेपाली समुदायबीच आपसी मैत्री, सहकार्य र एकतालाई अझ मजबुत बनाउने,
• खेलाडीहरूको प्रतिभा प्रदर्शन गर्ने,
• नयाँ पुस्तालाई खेलतर्फ प्रेरित गर्ने,
• स्वास्थ्यप्रति सचेतना जगाउने रहेको छ।
सहयोगका लागि,
यस प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न व्यक्तिगत एवं संस्थागत सहयोग संकलन भइरहेको छ।
(आवश्यक परेमा Spende Quittung उपलब्ध गराइनेछ।)
💳 सहयोग विवरण:
IBAN: DE98 7001 0080 0647 9268 06
Account name: Nrna Germany e.V
Verwendungszweck: Nrna Cup Munich
यो फुटबल कप केवल खेलमै सिमित नभई सम्पूर्ण नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने महत्वपूर्ण प्लेटफार्म पनि हो। अग्रजदेखि युवा पुस्तासम्म एउटै स्थानमा भेटघाट, चिनजान र आपसी सम्बन्ध विस्तार गर्ने अवसर दिलाउने यस प्रकारका ठूलो कार्यक्रमहरू वर्षमा १–२ पटक मात्र हुने गर्दछन्। त्यसैले यसलाई सफल बनाउन सबैको सक्रिय सहभागिता अपरिहार्य छ।
सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, खेलप्रेमी एवं शुभेच्छुकहरूलाई यस प्रतियोगितामा उपस्थित भई हौसला प्रदान गर्न हार्दिक निमन्त्रणा गर्दछौं।
हार्दिक धन्यवाद सहित,
शिव ढकाल
प्रबक्ता
NRNA NCC Germany