15/12/2025
‼️Official Announcement‼️ NFC Bonn officially registered as e.V.🎈🎉‼️
NFC Bonn को व्यवस्थापन समिति सबै सदस्य र शुभचिन्तकहरूलाई क्लबको दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा अत्यन्तै खुसी छ। मिति 3 Dec 2025 बाट NFC Bonn लाई औपचारिक रूपमा Eingetragener Verein (e.V.) को हैसियत प्राप्त भएको छ।
जर्मन कानुन अन्तर्गत ई.भी. (e.V.) को रूपमा दर्ता हुनु क्लबको सङ्गठनात्मक विकासमा एक महत्त्वपूर्ण फड्को हो। यस कानुनी आधारले क्लबको दिगोपन, पारदर्शिता र सुशासन सुनिश्चित गर्दछ। e.V. को स्थिति प्राप्त गरेपछि, हामी अब थप व्यवस्थित र सशक्त ढङ्गले आफ्ना गतिविधिहरू सञ्चालन गर्न सक्षम भएका छौँ।
हामी सुरुवातदेखि नै 'हामीले क्लबलाई दर्ता गरेर वैधानिक रूपमा अगाडि बढाउनुपर्छ' भनी सधैँ घचघच्याइरहनु हुने, र यो दर्ता प्रक्रियामा अत्यधिक सहयोग र व्यक्तिगत पहल गर्नुहुने यस क्लबका Vorsitzender Shyam Pariyar डा. श्याम परियार ज्यूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौँ।
यो सफलता हासिल गर्न निरन्तर साथ दिनुहुने संस्थापक सदस्यहरू, खेलाडी साथीहरू र सम्पूर्ण समर्थकहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
NFC Bonn e.V.