सहारा क्लब, कुस्मी सेरा

सहारा क्लब, कुस्मी सेरा सहारा क्लब, कुश्मि सेरा र आसपासका क्षे

🙏 रसुवा बाढीपीडितका लागि सहारा क्लबको सहयोग 🇳🇵बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा रहेको सहारा क्लबले रसुवामा आएको ...
28/08/2026

🙏 रसुवा बाढीपीडितका लागि सहारा क्लबको सहयोग 🇳🇵

बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा रहेको सहारा क्लबले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५०,१११ (पचास हजार एक सय एघार रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ।

रसुवामा आएको बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धार तथा प्रभावित परिवारहरूको सुरक्षित पुनर्स्थापनाको कामना गर्दछौँ। 🙏

🏦 हाल बैंक बन्द रहेकाले बैंक खुलेलगत्तै रु. ५०,१११ को चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

विपत्तिको यस कठिन समयमा बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहारा क्लबको ऐक्यबद्धता छ। राहत तथा पुनर्स्थापनाका लागि सबैले आ–आफ्नो क्षमता अनुसार सहयोग र सहकार्य गरौँ।

— सहारा क्लब, कुश्मीसेरा, बागलुङ

#सहारा_क्लब #कुश्मीसेरा #जैमिनी #बागलुङ #रसुवा_बाढी #रसुवा_बाढीपीडित #प्रधानमन्त्री_दैवी_प्रकोप_उद्धार_कोष #विपत्तिमा_सहयोग #मानवता #एकतामा_शक्ति

🙏 रसुवाको विनाशकारी बाढीप्रति सहारा क्लबको गहिरो दुःखरसुवामा हिजो आएको विनाशकारी बाढीले देश नै स्तब्ध बनेको छ।टिमुरे, स्...
27/08/2026

🙏 रसुवाको विनाशकारी बाढीप्रति सहारा क्लबको गहिरो दुःख

रसुवामा हिजो आएको विनाशकारी बाढीले देश नै स्तब्ध बनेको छ।
टिमुरे, स्याफ्रुबेँसी लगायतका क्षेत्रमा बाढीले घर, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

यस दुःखद विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति सहारा क्लब, कुश्मीसेरा–बागलुङ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। शोकमा रहनुभएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै बेपत्ता हुनुभएका सम्पूर्णको सकुशल उद्धारको कामना गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको प्रार्थना गर्दछौँ। 🙏

अहिले पनि धेरै मानिसहरू बेपत्ता रहेको र खोज तथा उद्धार कार्य जारी रहेको अवस्था छ। यस्तो संवेदनशील समयमा अफवाहभन्दा आधिकारिक सूचना, त्रासभन्दा सावधानी, र निराशाभन्दा एकता र सहयोग आवश्यक छ।

🌊 नदी तथा खोलाको किनारमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू उच्च सतर्क रहनुहोस्। जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्नुहोस् र सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।

🤝 विपत्तिमा परेकाहरूलाई सहयोग गर्नु हामी सबैको साझा जिम्मेवारी हो। राहत, उद्धार र पुनर्स्थापनाका लागि राज्यका निकाय, सुरक्षा निकाय, स्थानीय तह, संघसंस्था तथा आम नागरिकबीच अझ बलियो सहकार्यको आवश्यकता छ।

रसुवाका दुःखमा सम्पूर्ण नेपाल एकसाथ छ। 🇳🇵
संकटमा मानवता, विपत्तिमा एकता। ❤️

#रसुवा_बाढी #रसुवा #टिमुरे #स्याफ्रुबेँसी #बाढीपहिरो #नेपाल #सहारा_क्लब #कुश्मीसेरा #बागलुङ #एकतामा_शक्ति #मानवता

गैर आवसीय नेपाली अभियन्ता, नेपाली ब्यबसायी संघ कतारका उपाध्यक्ष,कतार स्थित विभिन्न सामाजिक  संघसंस्थाका कृयाशील समाजसेवी...
23/07/2026

गैर आवसीय नेपाली अभियन्ता, नेपाली ब्यबसायी संघ कतारका उपाध्यक्ष,कतार स्थित विभिन्न सामाजिक संघसंस्थाका कृयाशील समाजसेवी व्यक्तित्व बागलुङ दक्षिण को सान सहारा क्लब लाइ माया सहयोग गरिरहने आदरणिय राज रेग्मी राजु ज्यूलाई आज पर्न गएको जन्म दिनको अबसरमा सुस्वास्थ्य, दीर्घायू एवं थप व्यावसायिक एबम राजनैतिक उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
सहारा क्लब परिवार 🙏💐❤️

🎉🎂 **जन्मदिनको हार्दिक शुभकामना!** 🎂🎉सहारा क्लब, कुश्मिसेरा बागलुङका आदरणीय सदस्य **श्री दीपक राज सापकोटा** ज्युलाई जन्म...
21/07/2026

🎉🎂 **जन्मदिनको हार्दिक शुभकामना!** 🎂🎉

सहारा क्लब, कुश्मिसेरा बागलुङका आदरणीय सदस्य **श्री दीपक राज सापकोटा** ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🎊

तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। तपाईंले समाज र क्लबप्रति पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

ईश्वरले तपाईंलाई दीर्घायु, उत्तरोत्तर प्रगति तथा हरेक पाइलामा सफलता प्रदान गरून्।

🎈 **जन्मदिनको धेरै धेरै शुभकामना!** 🎁🎉

**– सहारा क्लब, कुश्मिसेरा, बागलुङ परिवार**

मन बहादुर थापा बचाऊ अभियानमा  थप  सहयोगी महानुभावहरूको नामावली   यस प्रकार रहेको छ 🙏हिरामाया थापा  कुस्मिसेरा  हाल  अस्ट...
21/07/2026

मन बहादुर थापा बचाऊ अभियानमा थप सहयोगी महानुभावहरूको नामावली यस प्रकार रहेको छ 🙏

हिरामाया थापा कुस्मिसेरा हाल अस्ट्रेलिया — रु. ५७५१
अन्जना केसी कुस्मिसेरा हाल अस्ट्रेलिया— रु. २,१५०
ओम माया गुरुङ भरतपुर हाल अस्ट्रेलिया— रु. २,१५०
सङ्गीता कुँवर .महेन्द्रनगर हाल अस्ट्रेलिया — रु. २,१५०
मौसम पाण्डे बुटवल हाल अस्ट्रेलिया — रु. २,१५०
सम्सेर थापा पर्बत हाल अस्ट्रेलिया — रु. ५४७५
बिबस थापा राम्तोला हाल जापान — रु. ५०००

❤️ सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद। तपाईंहरूको अमूल्य सहयोगले बिरामीको उपचारमा आशा छ ठूलो टेवा पुग्ने छ।
साथै बिरामीलाई सिघ्र स्वस्थालाभ को कामना गर्दछौ

आर्थिक  सहयोगको हार्दिक अपिल    आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,बाग्लुङ जिल्ला जैमिनि नगरपालिका 1 कुस्मिशेरा सिरबारी  नि...
17/07/2026

आर्थिक सहयोगको हार्दिक अपिल

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
बाग्लुङ जिल्ला जैमिनि नगरपालिका 1 कुस्मिशेरा सिरबारी निवासी श्री मन बहादुर थापा उमेर ६२ वर्ष, हाल अन्ननली (Esophagus) को क्यान्सर जस्तो गम्भीर रोगबाट पीडित भइ भरतपुर को बि.पि. कोइराला क्यान्सर हस्पिटलमा उपचाररत हुनुहुन्छ चिकित्सकको जाँच तथा PET/CT रिपोर्टअनुसार उहाँको उपचार तत्काल सुरु गर्नुपर्ने अवस्था रहेको छ।
उहाँको उपचारमा किमोथेरापी, थप जाँच तथा आवश्यक परे शल्यक्रियासमेत गर्नुपर्ने भएकाले ठूलो आर्थिक भार परेको छ। हाम्रो परिवारको आर्थिक अवस्था कमजोर भएकाले सम्पूर्ण उपचार खर्च जुटाउन कठिन भइरहेको छ।
त्यसैले मानवताको भावनाले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंले गर्नुहुने सानोभन्दा सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो टेवा पुग्नेछ।

नाम: गौतम पुलामी मगर
Golbol IME Bank (खाता नम्बर :-23909016001483
सम्पर्क नम्बर: 9701784935

कृपया यो अपिललाइ सकेसम्म धेरैजना सम्म शेयर गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दै छु
धन्यवाद 🙏
तपाइँको एक सहयोगले कसैको जीवन दान हुन्छ 🙏

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎊सफल युवा व्यवसायी तथा सहारा क्लब, कुश्मीसेरा का सम्माननीय अध्यक्षज्यूलाई जन्मदिनक...
06/07/2026

🎉 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎊

सफल युवा व्यवसायी तथा सहारा क्लब, कुश्मीसेरा का सम्माननीय अध्यक्षज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

– सहारा क्लब परिवार, कुश्मीसेरा Suresh Sunar

02/06/2026

#बालमैत्री_स्थानीय_शासन
#जैमिनी_नगरपालिका

02/06/2026

#बालमैत्री_स्थानीय_शासन
#जैमिनी_नगरपालिका

Adresse

Baglung
Democratic Republic Of The
33300

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque सहारा क्लब, कुस्मी सेरा publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à सहारा क्लब, कुस्मी सेरा:

Raccourcis

Partager