RARA FC

Call Contact the business

RARA FC RARA FC Passion team work pride inspired by RARA lake .... strength in unity,Passion in Play

Event For Cause 🧡 & Climate Change Awarness !!“Yo Mann ta Mero Nepali” is not only 1974 song anymore, it has become Nati...
02/10/2026

Event For Cause 🧡 & Climate Change Awarness !!

“Yo Mann ta Mero Nepali” is not only 1974 song anymore, it has become National song🇳🇵already. Such legendary band 1974 AD is performing live on 3rd of OCT 2026 (SAT) at Hordern Pavilion, SYDNEY.

GRAB YOUR TICKETS NOW via AXS.
🎟️: https://www.axs.com/au/events/1559159/kathmandu-festival-ft-1974-ad

Note: $2 min for every tickets purchase of whole Australia shows will be contributed to flood vicitims support.

Happy Birthday to our humble, kind-hearted, and ever-helpful Treasurer, Mr. Krishna, of RARA FC Club and Karnali Sewa Sa...
28/09/2026

Happy Birthday to our humble, kind-hearted, and ever-helpful Treasurer, Mr. Krishna, of RARA FC Club and Karnali Sewa Samaj Australia! Your selfless dedication and generosity never go unnoticed, and your constant support has truly made a positive impact on our community.

Thank you for always leading with kindness and lending a helping hand whenever needed. Wishing you a day as special as you are and a year filled with happiness, health, and success. Enjoy your well-deserved celebration!

Warm wishes,
RARA FC & Karnali Sewa Samaj Australia

*****हार्दिक धन्यवाद तथा नमन ******विपद्को समयमा हाम्रो सानो सहयोग कसैको ठूलो आशा बन्न सक्छ।बाढी–पहिरोबाट प्रभावित परिवा...
03/09/2026

*****हार्दिक धन्यवाद तथा नमन ******

विपद्को समयमा हाम्रो सानो सहयोग कसैको ठूलो आशा बन्न सक्छ।

बाढी–पहिरोबाट प्रभावित परिवार तथा समुदायहरूको पीडामा केही मलम लगाउने उद्देश्यले Rara FC तथा Karnali Sewa Samaj Australia को क्लब र कम्युनिटीभित्र सञ्चालन गरिएको यस राहत अभियानमा साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण विद्यार्थी, प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।
हामी जहाँ रहे पनि आफ्नो मातृभूमिमा आइपरेको विपद्मा एकजुट भएर सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ तपाईंहरूले देखाउनुभएको साथ वास्तवमै प्रशंसनीय र प्रेरणादायी छ। तपाईंहरूको सहयोग केवल रकम मात्र होइन, विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको माया, मानवता र जिम्मेवारीको प्रतीक हो।

तपाईं–हामी सबैको संयुक्त प्रयासबाट संकलन भएको:

जम्मा सहयोग रकम: रु. ३,१२,४११
(तीन लाख बाह्र हजार चार सय एघार रुपैयाँ)

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister’s Disaster Relief Fund) मा जम्मा गरिसकिएको जानकारी गराउँदछौँ।

यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने, सहयोग गर्नुहुने तथा अभियानलाई साझा र प्रचार–प्रसार गरी थप सहयोग जुटाउन भूमिका खेल्नुहुने हरेक सहयोगी हात र हरेक सद्भावपूर्ण मनप्रति हामी हृदयदेखि नै कृतज्ञ छौँ।

विशेष आभार

यस मानवीय अभियानमा समाजका अध्यक्ष श्री सुमन खत्रीज्यू, श्री राजबहादुर खत्रीज्यू (निजी सचिवालय) तथा श्री मनोज खत्रीज्यूले आफ्नो व्यक्तिगत तर्फबाट समेत सहयोग प्रदान गर्नुभएको जानकारी गराउँदछौँ।

उहाँहरूबाट युवा संघ नेपालमार्फत बाढी प्रभावित परिवार तथा क्षेत्रमा आवश्यक राहत सामग्रीका लागि रु. ४५,००० (पैंतालीस हजार रुपैयाँ) सहयोग रकम प्रदान गरिएको छ।

यस विशेष सहयोगका लागि सल्लाहा सुझाव का लागी अग्रज दाजु श्री मनोज खत्रीज्यूप्रति हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ।

हामीले दिएको सहयोग सानो हुन सक्छ, तर त्यसले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।

विपद्मा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा हामी सधैँ साथमा रहनेछौँ।

एकता नै हाम्रो शक्ति हो।
मानवता नै हाम्रो पहिचान हो।

हार्दिक धन्यवाद तथा नमन।
सुमन खत्री
President

कृष्ण बुढा क्षेत्री
Treasurer
Rara FC
Karnali Sewa Samaj Australia Family

27/08/2026

नेपाल–चीनमा आएको विनाशकारी बाढीपछि सहयोगका लागि अष्ट्रेलियाले संकट तथा मानवीय सहायता प्रतिक्रिया विशेषज्ञहरू पठाउँदैछ।

हामी खाद्यान्न, आपत्कालीन आश्रय तथा चिकित्सा सहयोगलगायत मानवीय सहायता पनि उपलब्ध गराउँदैछौँ।

यस विपत्तिबाट प्रभावित व्यक्तिका परिवारजन तथा आफन्तहरूप्रति हाम्रो गहिरो समवेदना छ। साथै, बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको अवस्थाबारे यथाशीघ्र जानकारी प्राप्त गर्न हामी तत्काल प्रयास गरिरहेका छौँ।

आपत्कालीन कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले DFAT को Consular Emergency Centre मा 1300 555 135 मा सम्पर्क गर्न सक्नुहुन्छ। विदेशबाट फोन गर्दा +61 2 6261 3305 मा सम्पर्क गर्नुहोस्।










****रारा फुटबल क्लबको तर्फबाट हार्दिक अपिल****!यस विषम परिस्थितिमा प्राकृतिक विपत्तिबाट प्रभावित हाम्रा दाजुभाइ तथा दिदी...
27/08/2026

****रारा फुटबल क्लबको तर्फबाट हार्दिक अपिल****!

यस विषम परिस्थितिमा प्राकृतिक विपत्तिबाट प्रभावित हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिनु हामी सबैको साझा जिम्मेवारी हो।

मानवता कुनै सीमा, जात, धर्म वा भूगोलले रोक्न सक्दैन। आज पीडामा परेकाहरूलाई हाम्रो साथ, सद्भाव र सहयोगको आवश्यकता छ।

थोपा–थोपा मिलेर समुद्र बन्छ।
तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा ल्याउन सक्छ।

त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषी समुदाय, संघ–संस्था, खेलाडी, खेलप्रेमी तथा सहयोगी मनहरूमा आ–आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौँ।

सक्नेले सहयोग गरौँ।
नसक्नेले यो सन्देश शेयर गरौँ।
मानवताको यो अभियानमा हातेमालो गरौँ।

नेपालको दुःखमा हामी सबै एकजुट भएर उभिऔँ।

रारा फुटबल क्लबको तर्फबाट

26/08/2026

**एक थुकी सुकी, हजार थुकी नदी**।
एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने यही समय हो।

हार्दिक श्रद्धाञ्जली तथा समवेदना

यस दुःखद प्राकृतिक विपद्मा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति कर्णाली शिवा समाज अस्ट्रेलिया तथा फुटबल क्लबको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस पीडाको घडीमा उहाँहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ।

साथै, बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हाम्रो हार्दिक ऐक्यबद्धता रहेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछौँ।

कर्णाली सेवा समाज अस्ट्रेलिया तथा रारा फुटबल क्लब
हार्दिक श्रद्धाञ्जली एवं समवेदना।

प्रथम कर्णाली प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि भिडन्तमा अब आमनेसामने छन् दुई दमदार टोली:वीरेन्द्रनगर...
04/06/2026

प्रथम कर्णाली प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि भिडन्तमा अब आमनेसामने छन् दुई दमदार टोली:

वीरेन्द्रनगर नगरपालिका — घरेलु मैदान, हजारौँ समर्थक र उपाधि जित्ने अठोटसहित।

जुम्ला — प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको आत्मविश्वासी टोली।

जय कर्णाली! सबै टोलीलाई शुभकामना!
सबैको समर्थनले मैदान गुञ्जियोस्, खेल इतिहास बनोस्

जेठ २१, २०८३
दिउँसो ३:०० बजे
कर्णाली प्रदेश रङ्गशाला, वीरेन्द्रनगर–सुर्खेत

हुटिङको आवाजले रङ्गशाला गुञ्जाऔँ,
खेलाडीहरूको मनोबल बढाऔँ!

किनकि फाइनल केवल एउटा खेल होइन,
यो सम्मान, सपना र इतिहासको लडाइँ हो।

रङ्गशालामा आउन नसक्ने दर्शकहरूका लागि खेलको प्रत्यक्ष प्रसारण GoalNepal.com र Namaste Surkhet मार्फत गरिनेछ।

**कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३**!!कर्णाली प्रदेशका सम्पूर्ण १० जिल्लाबाट सहभागी भएका सबै ट...
01/06/2026

**कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३**!!

कर्णाली प्रदेशका सम्पूर्ण १० जिल्लाबाट सहभागी भएका सबै टोली, खेलाडी तथा खेलकुदप्रेमीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अफिसियल, स्वयंसेवक तथा खेलप्रेमी दर्शकहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ।

साथै, यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि आयोजक पक्षप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। खेलकुदको विकास, प्रतिभाको प्रवर्द्धन, खेल संस्कृतिको संरक्षण तथा युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने कार्यमा आयोजकको योगदान अत्यन्तै प्रशंसनीय रहेको छ।

यस्ता प्रतियोगिताहरूले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।

खेलले केवल प्रतिस्पर्धा मात्र होइन, स्वस्थ जीवनशैली, एकता, सहकार्य र आत्मविश्वासको सन्देश पनि दिन्छ। त्यसैले खेलाडीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य, अनुशासन र खेल संस्कृतिको प्रवर्द्धनमा सबै पक्षको निरन्तर सहयोग आवश्यक छ।

आगामी खेलहरू अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक तथा सफल बनून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

कर्णाली स्वास्थ्य समाज अष्ट्रेलिया तथा राजा फुटबल क्लब परिवारको तर्फबाट सम्पूर्ण सहभागी टोलीहरूलाई पुनः सफलताको शुभकामना।

जय खेलकुद, जय कर्णाली!

Sydney to Celebrate Nepali New Year 2083 TomorrowSydney: The Auburn Nepalese Community is hosting  a grand  “Nepali New ...
13/04/2026

Sydney to Celebrate Nepali New Year 2083 Tomorrow
Sydney: The Auburn Nepalese Community is hosting a grand “Nepali New Year 2083” celebration on April 14 at Granville Park from 1:00 PM to 9:00 PM with free entry for all. Supported by Remitly, Cumberland City Council, and other organisations, the program will feature performances by Ramesh Raj Bhattarai, Anju Panta, Sirjana Khatri, Jenisha Gautam, Shreya Gyawali, and Sarina Sainju. President Arun Shrestha has invited the community to enjoy cultural performances, urban folk music, children’s activities, and stalls, promoting unity, harmony, and cultural connection.



Congratulations on Your Appointment as President – Australia School Sports Federation (NSSF)Being appointed as President...
08/04/2026

Congratulations on Your Appointment as President – Australia School Sports Federation (NSSF)

Being appointed as President within the Nepal School Sports Federation (NSSF) is a remarkable achievement that reflects exceptional leadership, dedication, and a strong commitment to youth and sports development.

In this role, our RARA FC coach, Mr. Prabin Thapa, carries the responsibility of guiding strategic initiatives, strengthening school sports programs, and fostering national and international collaboration. His position allows him to influence policy, create opportunities for young athletes, and contribute to the overall growth of sports in Nepal.

This leadership role is not only a personal milestone but also a proud moment for RARA FC and the entire school sports community, as it highlights the impact of his vision, experience, and passion in shaping the future of youth sports.

We, RARA FC & KSSA, are extremely proud of this achievement.



Address

47 Station Road Auburn
Sydney, NSW
2144

Telephone

+61406169533

Website

Alerts

Be the first to know and let us send you an email when RARA FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RARA FC:

Shortcuts

Sponsored

Share

Category