16/07/2025
कर्णाली सेवा समाज अष्ट्रेलिया र RARA FC का अध्यक्ष सुमन खत्रीज्यू तथा सक्षम नेतृत्व समूहलाई NRNA Australia निर्वाचन–2025 - 2027 को लागि हार्दिक शुभकामना! 🙏🇳🇵🇦🇺
NRNA Australia को NSW Deputy State Co-ordinator पदका उम्मेदवार तथा कर्णाली सेवा समाज अष्ट्रेलियाका र RARA FC का अध्यक्ष सुमन खत्रीज्यूलाई उम्मेदवारी दिएकोमा बधाई ज्ञापन गर्दै हामी उहाँको सामाजिक सेवामा निरन्तर सक्रियता, नेतृत्व क्षमताको पहिचान, र नेपाली समुदायप्रतिको प्रतिबद्धता प्रति गहिरो सम्मान व्यक्त गर्दछौं।
त्यसै गरी, सोही प्यानलबाट उम्मेदवारी दिनुभएका अन्य सबै उम्मेदवारहरूलाई पनि कर्णाली सेवा समाज अष्ट्रेलियार RARA FC को तर्फबाट सम्पुर्ण नेपाली प्रवासी उम्मेदवारीहरू प्रर्ती शुभकामना व्यक्त गर्दछौं।
सुमनज्यूले विगत केही वर्षयता अष्ट्रेलियामा पनी नेपाली समुदायबीच आपसी सहयोग, युवाको सशक्तिकरण, आपतकालीन राहत, सांस्कृतिक संरक्षण तथा विशेषतः सुदुर ,मध्य पश्चिम ,कर्णाली लगायत देसकै विभिन्न ग्रामिण क्षेत्रको प्रवर्धनमा र सेवामा उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएको छ।
उहाँजस्तो सक्रिय, अनुभवी र प्रतिबद्ध नेतृत्वले NRNA Australia लाई थप समावेशी, पारदर्शी र समुदायमुखी बनाउने विश्वास लिएको छ।
हामी विश्वास गर्दछौं कि यस्तो सकारात्मक प्रतिनिधित्वले भविष्यमा पनि नेपाली समुदायको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
सफल उम्मेदवारी र उज्ज्वल भविष्यको कामनासहित – कर्णाली सेवा समाज, अष्ट्रेलिया।
जय कर्णाली! जय नेपाल! 🇳🇵
Get-together
FC