21/12/2019
प्रथम इनास प्रिमियर कप २०१९
आबुधाबी, युएई
श्रीमान क्लब तथा संस्था प्रमुख ज्युहरु,
यूएईमा क्रियाशील सबै क्लब तथा संस्थाहरू,
प्रायोजकहरू, खेल अफिसियलहरू तथा
पत्रकार मित्रहरू ।
विषयः हार्दिक आभार तथा धन्यबाद ज्ञापन बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा इनास युएई तथा इनास एफसीले प्रबासमा पनि मित्रता, भाईचारा बढाउन तथा स्वास्थ्यका लागि खेलकुदको मूल मर्मलाई आत्मसात गर्दै २० डिसेम्बर २०१९, शुक्रबार आबुधाबीको शेख जायद स्टेडियममा भव्य रूपमा सम्पन्न गरेको प्रथम इनास प्रिमियर कप २०१९ मा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेर हाम्रो यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न बनाउनु भएकोमा यस संग जोडिएका सबैलाई इनास युएई तथा इनास एफसी हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्दछ । साथै हाम्रो निम्तोलाई स्विकारेर उपस्थिति भईदिनु हुने एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला ज्यू, बरिष्ठ समाजसेवी तथा नेपाली समाज युएईका संस्थापक चन्द्र प्रसाद सापकोटा ज्यु, समाजसेवी तथा कुशल व्यवसायी एकेन्द्र बहादुर थापा ज्यु, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ ज्यु, समाजसेवी लोकेन्द्र बम ज्यु, नेपाली समाज युएईका खेलकुद संयोजक हिरालाल श्रेष्ठ ज्यु, खेल विश्लेषक राउल श्रेष्ठ ज्यु लगायत भाग लिने तमाम क्लबका व्यवस्थापक तथा प्रशिक्षकज्युहरूमा कार्यक्रम हामीले सोचेभन्दा पनि सर्वोत्कृष्ट बनाउन खेल्नु भएको भूमिका प्रति हामी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । हामीलाई प्रायोजन गर्ने ईन्डेक्स एक्सचेन्ज, एसबिएल रेमिट, कोकाकोला कम्पनी तथा विभिन्न रेष्टुरेण्ट तथा ट्राभल कम्पनीहरूलाई पनि हामी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । प्राविधिक रूपमा हामीलाई बेजोडले सहयोग गर्नुहुने सबै रेफ्रि तथा अफिसियलहरू, साउण्ड सिस्टम तथा लाईट व्यवस्थापकहरू, खेल मैदान उपलब्ध गराउने शेख जायद स्टेडियम सञ्चालकहरू, यातायात तथा भान्सामा सहयोग गर्ने सबै प्रति हार्दिक आभार । साथै इनास युएईका सबै क्षेत्रीय समितिहरूलाई पनि यहाँहरूले पुर्याउनु भएको अमूल्य सहयोगका लागि हार्दिक धन्यबाद ।
यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने आईकाड एफसी, दोश्रो हुने एफसी मिना, अनुशासित टिम तर्फ विजय हुने युनाईटेड स्टार एफसी तथा व्यक्तिगत विधा तर्फ विजयी सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
भवदीय,
दुर्गा बहादुर सुनुवार
खेलकुद संयोजक, इनास युएई
सूर्य सुनुवार,
टिम कोच, इनास एफसी
सागर क्षेत्री
अध्यक्ष, इनास आबुधाबी
राम तामाङ
अध्यक्ष, इनास युएई