31/08/2024
✳️ poor people helping fund.
सेवा नै धर्म हो। भन्दै। यो कोषको स्थापना गर्नुको मुख्य उदेश्य नै गरिब र असहाय परिवारलाई सहयोग गर्नु हो। तपाईंले यो कोष मा आफुले सक्ने जति सहयोग गर्न सक्नु हुनेछ। तपाईंले आफ्नो दैनिकी एक्स्ट्रा खर्च बाट 10,20,50,100 के कति सकिन्छ त्यति नै यो कोष मा जम्मा गर्न सकिन्छ। यो कोषको स्थापन भए पछी छिटै नै हामी यस कोष को online payment गर्न मिल्ने Qr कोड हामी सर्वजनिक गर्नेछौं। ता कि देश बिदेश जुन ठाउँमा भए पनि यो कोष मा सजिलै आफुले चाहेको पैसा सहयोग गर्न सकिन्छ। तपाईंको सानो सहयोग ले कसैको जिवनमा उज्यालो छाउनेछ। कसैको मुहारमा खुशी देख्न सकिन्छ। यस कोषको पुर्ण रूपमा स्थापना भए पश्चात् । यस कोष बाट प्रदान गरिने सहयोग का कार्य हरु यस प्रकार रहेको छ।
1) हाम्रो गाउँ रहेको अति नै गरिब परिवार छनोट गरि तिनीहरु लाई राहत स्वरुप खाधन,लत्ताकपडा वा आर्थिक रूपमा जे हुन्छ सहयोग गरिनेछ।
2) दीर्घ रोगी रोगलागेर काम गर्न न सकिने परिवार लाई सहयोग प्रदान गरिनेछ।
3) एकल महिला वा (बिध्वा ) जसको परिवारमा काम गर्ने मान्छे कोही पनि न भएको परिवारलाई सहयोग प्रदान गरिन्छ।
3) गरिब र जेहेन्दार बिद्यार्थी लाई अगाडि पढ्नको लागि सहयोग प्रदान गरिनेछ।
4) खेल क्षेत्रमा अबल रहेको खेलाडी लाई खेल क्षेत्रमा अगाडि बढ्न को निमित्त आर्थिक सहयोग प्रदान गरिनेछ।
🔴कुनै पनि कुराको सुरुवात शन्यू बाट नै हुन्छ। त्यस् लाई कसरी अगाडी लैजाने त्यो मुख्य कुरा हो। र त्यो एकलै सम्भव छैन। यस्मा तपाईं हरुको साथ् सहयोग र सल्लाहको आवश्यकता रहेको छ। कृपया यो पोस्ट हेर्ने जति सबैले कमेन्ट बक्समा आफ्नो सल्लाह र सुझाव दिनुहोला धन्यवाद।🙏☘️(🖊️ Niraj Mandal)