30/08/2026
🙏 मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली तथा घाईतेहरु प्रती शीघ्र स्वास्थ्यलाभको कामना 🙏
रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेँसी, त्रिशुली, बटार लगायत आसपासमा गएको भीषण बाढीमा परी घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यस दुःखद प्राकृतिक विपत्तिमा परी आफ्नो अमूल्य जीवन गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दिवंगत आत्माहरूले शान्ति प्राप्त गरून्, सद्गति तथा निर्वाण प्राप्त होस् भन्ने हार्दिक मंगलकामना गर्दछु।
यस विपत्तिबाट पीडित सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्। उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवी तथा सहयोगी हातहरूलाई पनि हार्दिक नमन व्यक्त गर्दछु।
सबैको मंगल होस्। सबै प्राणी दुःखबाट मुक्त होऊन्। 🙏🪷
smart wellness aerobic zumba family 🙏🙏🙏🙏🙏🙏🙏