31/08/2026
🎉 हाम्रो ( स्मार्ट क्लब )अब आधिकारिक रूपमा दर्ता भएको छ। 🎉
आजको यो दिन हाम्रो लागि केवल एउटा प्रमाणपत्र प्राप्त भएको दिन मात्र होइन, एउटा नयाँ सोच, नयाँ उद्देश्य र नयाँ यात्राको सुरुवात पनि हो। ❤️
युवाहरूलाई एकताबद्ध गर्दै समाजमा सकारात्मक सोचको विकास गर्ने, सामाजिक सेवा तथा सहयोगका कार्यहरूमा सक्रिय रहने र हाम्रो वालिङलाई अझ राम्रो र समृद्ध बनाउन आफ्नो ठाउँबाट योगदान दिने उद्देश्यका साथ अगाडि बढिरहेको हाम्रो क्लबले आज आधिकारिकता प्राप्त गरेको छ। 🤝
यो यात्रामा साथ दिनुहुने सम्पूर्ण सदस्य, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार तथा धन्यवाद। 🙏❤️
अबको यात्रा अझ जिम्मेवार, अझ सक्रिय र अझ मजबुत हुनेछ।
एक मन, एक सोच, एक भाइचारा। 🤝❤️
जय स्मार्ट क्लब! 🚩स्मार्ट युथ क्लब - फार्म हाउस वालिङ् - स्याङ्जा