Mills Veterans Club

Mills Veterans Club football player makes footballer

मिल्स गोल्डकप ट्रष्टद्वारा आयोजित मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनल खेल सम्पन्न भएपछि, हाम्रो मिल्स भेट्रान ...
31/05/2026

मिल्स गोल्डकप ट्रष्टद्वारा आयोजित मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनल खेल सम्पन्न भएपछि, हाम्रो मिल्स भेट्रान क्लबद्वारा पूर्वनिर्धारित जुट मिल खेल मैदान सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।हरेक मिल्सबासी युवाको अन्तरमनसँग जोडिएको यस खेल मैदानको अभिभावकत्व ग्रहण गरिसकेपछि यसको संरक्षण र संवर्द्धन गर्नु हाम्रो स्वाभाविक जिम्मेवारी बन्न पुगेको छ। केवल मिल्स भेट्रानका लागि मात्र नभई, यहाँका प्रत्येक युवालाई खेलकुद मार्फत स्थापित गराउन यस मैदानले धेरै राप, ताप र संघर्ष सहँदै आएको छ।आजको यस सरसफाइ महाअभियानमा सहभागी सम्पूर्ण महानुभावहरूप्रति मिल्स भेट्रान्स परिवार हार्दिक आभार व्यक्त गर्दछ। तपाईंहरूको साथ, सहयोग र सक्रिय सहभागिताले हाम्रो अभियानलाई अझ सफल, प्रभावकारी र अर्थपूर्ण बनाएको छ।
धन्यवाद। 🙏

31/05/2026
मिल्स भेट्रान क्लब द्वारा आयोजित ट्राफिक सचेतना होर्डिङ बोर्ड स्थापना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 🚸🚸वडा नं. १...
28/05/2026

मिल्स भेट्रान क्लब द्वारा आयोजित ट्राफिक सचेतना होर्डिङ बोर्ड स्थापना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 🚸🚸
वडा नं. १६ का वडा अध्यक्ष उद्वब भुजेल ज्यु तथा विभिन्न समाजसेवीहरूको उपस्थितिमा तालिम केन्द्र चोक, गौतम बुद्ध बोर्डिङ स्कुल, बैंक चोक र भट्टी मोड क्षेत्रमा ट्राफिक सचेतना बोर्ड स्थापना गरिएको छ ।
दिनहुँजसो हुने साना तथा ठूला सडक दुर्घटनालाई केही हदसम्म भए पनि न्यूनीकरण गर्न यस कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास मिल्स भेट्रान क्लब परिवारले लिएको छ ।
खेलकुदसँगै सामाजिक दायित्व निर्वाह गर्ने विषयमा क्लब सधैं अग्रणी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा क्लब परिवार हार्दिक आभार प्रकट गर्दछ ।

 #हार्दिकश्रद्धाञ्जली  🙏हाम्रो यस मिल्स भेट्रान क्लबका सहयाेगी एबं शुभचिन्तक श्रदेय प्रबेश बानियाँ ज्यु काे पुजनिय पिताक...
12/04/2026

#हार्दिकश्रद्धाञ्जली 🙏
हाम्रो यस मिल्स भेट्रान क्लबका सहयाेगी एबं शुभचिन्तक श्रदेय प्रबेश बानियाँ ज्यु काे पुजनिय पिताकाे असामयिक निधनकाे दुखद घडीमा शाेक संप्तत्त परिबार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मिल्स भेट्रान क्लब परिवार !

आदरणीय सदस्य,शुभचिन्तक ,शुभेच्छुक महानभाव ज्यु हरुचाैथाे मिल्स भेट्रान गाेल्ड कप फुटबल प्रतियाेगिता -२०८२ को आयब्यय बिबर...
09/04/2026

आदरणीय सदस्य,शुभचिन्तक ,शुभेच्छुक महानभाव ज्यु हरु
चाैथाे मिल्स भेट्रान गाेल्ड कप फुटबल प्रतियाेगिता -२०८२ को आयब्यय बिबरण यहाँ हरु माझ प्रस्तुत गर्न पाउँदा सम्पुर्ण क्लब परिवार ज्यादै नै हर्षित भएका छाै !! 🙏🙏
(मिल्स भेट्रान क्लब )

उर्लाबारी भेट्रान क्लब द्वारा आयाेजित चाैथाे उर्लाबारी भेट्रान गाेल्डकप फुटबल प्रतियाेगितामा अति प्रतिस्पर्धात्मक खेलमा ...
30/03/2026

उर्लाबारी भेट्रान क्लब द्वारा आयाेजित चाैथाे उर्लाबारी भेट्रान गाेल्डकप फुटबल प्रतियाेगितामा अति प्रतिस्पर्धात्मक खेलमा हाम्राे क्लब १-० ले पराजित भएकाे छ !

Address

Biratnagar

Telephone

+9779804011284

Website

Alerts

Be the first to know and let us send you an email when Mills Veterans Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mills Veterans Club:

Share