19/07/2026
🚴♂️ उदयपुर कोरा २०२६: भव्यताका साथ सम्पन्न! 🏅
उदयपुर कोरा २०२६ भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहभागी, खेलप्रेमी तथा नगरबासीहरूमा हार्दिक बधाई तथा शुभकामना! 🎉
यो ऐतिहासिक संस्करणको उद्घाटन समारोहमा उपस्थित भई रिबन काटी कार्यक्रमको गरिमा बढाइदिनुहुने सम्पूर्ण आदरणीय अतिथि महानुभावहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ:
🏛️ मुख्य मञ्च (सभापति तथा विशिष्ट अतिथिहरू):
सभापति: श्री माधव बानियाँ ज्यू
(अध्यक्ष, उदयपुर जिल्ला साइकल संघ)
प्रमुख अतिथि:श्री बसन्त कुमार बस्नेत ज्यू
(नगर प्रमुख, त्रियुगा नगरपालिका)
विशिष्ट अतिथि: श्रीमती महेश्वरी राई ज्यू
(नगर उपप्रमुख, त्रियुगा नगरपालिका)
विशिष्ट अतिथि:श्री मेख बहादुर मङ्ग्राती ज्यू
(प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, उदयपुर)
विशिष्ट अतिथि: श्री विमल कुमार बस्नेत ज्यू
(सहायक रथी, बाहिनीपति, १८ नम्बर बाहिनी, भुल्के)
👮♂️ सुरक्षा निकाय तथा प्रशासनिक अतिथिहरू:
श्री राजन चापागाईं ज्यू
(प्रहरी उपरीक्षक - SP, जिल्ला प्रहरी कार्यालय, उदयपुर)
श्री श्याममणी ढकाल ज्यू
(प्रहरी उपरीक्षक - SP, सशस्त्र प्रहरी बल नेपाल हेक्वा., उदयपुर)
श्री मनोज कार्की ज्यू
(प्रमुख सेनानी, पशुपति प्रसाद गण, बोक्से, उदयपुर)
श्री तुलसी कट्टेल ज्यू
(उप-अनुसन्धान निर्देशक, राष्ट्रिय अनुसन्धान जिल्ला
कार्यालय, उदयपुर)
श्री दान बहादुर मिरिन्चिन ज्यू
(प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, उदयपुर)
श्री पचु चौधरी ज्यू
(प्रमुख, नगर प्रहरी कार्यालय, त्रियुगा)
🤝 स्थानीय जनप्रतिनिधिहरू (वडा अध्यक्षहरू):
उपस्थित भई हामीलाई हौसला प्रदान गर्नुहुने वडा नं. १, २, ३, ८, १०, ११, १२ र १३ का आदरणीय वडा अध्यक्ष ज्यूहरूमा पनि विशेष धन्यवाद!
🤝 विशेष धन्यवाद तथा कृतज्ञता 🤝
यो महाकुम्भलाई सफल पार्न पर्दा पछाडि र अगाडि रहेर अहोरात्र खटिनुहुने:
* 💎 **सम्पूर्ण प्रायोजकहरू (Sponsors)**
* 📣 **शुभचिन्तक तथा समर्थकहरू (Supporters)**
* 🙌 **प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू**
तपाईंहरूको अमूल्य आर्थिक, भौतिक र नैतिक सहयोग बिना यो भव्य सफलता सम्भव थिएन। उदयपुरमा साइक्लिङ संस्कृति र खेलकुदको प्रवर्द्धनमा तपाईंहरूले पुर्याउनुभएको योगदान अतुलनीय छ।
🙏 क्षमा याचना 🙏
कार्यक्रम भव्य रूपमा सम्पन्न भए तापनि व्यवस्थापनका क्रममा हाम्रा तर्फबाट जान-अन्जानमा केही कमी-कमजोरी, त्रुटि वा आतिथ्यतामा कुनै कसर बाँकी रहन गएको भए त्यसप्रति हामी क्षमाप्रार्थी छौँ। यहाँहरूको अमूल्य रचनात्मक सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा हुने कार्यक्रमहरूलाई अझै परिष्कृत र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै निरन्तर साथ, सहयोग र हार्दिकताको अपेक्षा गर्दछौँ।
**जय उदयपुर, जय साइक्लिङ! 🚴♀️**