06/03/2015
पोखरा— कास्कोकोट गुन्टेचौरबाट पोखरा आइरहेको यात्रुबहाक बस आज बिहान १० तिर सराङकोटमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। ५० भन्दा बढी घाइेत भएका छन्। सडकबाट धेरै तल खसेको गाडीका घाइते यात्रुलाई प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइसकेको छ।
अरुलाई सहारा र फिस्टेल हस्पिटल लगिएको छ । उपचारका लागि ल्याइएकामध्ये ६ जनाको मृत्यु भइसकेको कास्की प्रहरी प्रमुख एसपी हरि पालले नागरिकन्युजलाई बताए। दुर्घटनामा गम्भीर घाइते कास्कीकोटकी ५५ वर्षीया भीमा केसीको उपचारका क्रममा मृत्यु भएपछि मर्नेको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
जिप्रका कास्कीका प्रहरी उपरीक्षक पालकाअनुसार दुर्घटनामा परी मृत्यु हुने अन्य यात्रुमा कास्कीकोट काउलेका ५० वर्षीय हरिबहादुर खत्री, सोही ठाउँका ४० वर्षीया गोमा लुइँटेल, पोखरा उपमहानगरपालिका–२६ का ५० वर्षीय लेखबहादुर ढकाल, सोही ठाउँका ४५ वर्षीया तारा थापा र १६ वर्षीय दिवस तिमल्सिना रहेका छन् ।
पोखरा— कास्कोकोट गुन्टेचौरबा पोखरा आइरहेको यात्रुबहाक बस आज बिहान १० तिर सराङकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ५० भन्दा बढी घाइेत भएका छन्।...