जिल्ला भलिबल सघं,स्याङ्जा District Volleyball Association, Syangja

  • Home
  • Nepal
  • Syangja
  • जिल्ला भलिबल सघं,स्याङ्जा District Volleyball Association, Syangja

जिल्ला भलिबल सघं,स्याङ्जा  District Volleyball Association, Syangja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला भलिबल सघं,स्याङ्जा District Volleyball Association, Syangja, Sports League, Syangja, Syangja.

स्याङ्जा जिल्ला भित्र भलिबल प्रतियोगिता आयोजना गर्ने क्लब तथा सघंसस्थाहरुको लागी अत्यन्तै जरुरी सुचना
07/09/2023

स्याङ्जा जिल्ला भित्र भलिबल प्रतियोगिता आयोजना गर्ने क्लब तथा सघंसस्थाहरुको लागी अत्यन्तै जरुरी सुचना

स्याङ्जा जिल्लाका अन्तर्राष्ट्रिय ,राष्ट्रिय र प्रादेशिक भलिबल रेफ्रीहरुमा नवीकरणका लागि अत्यन्त जरुरी सूचना
23/08/2023

स्याङ्जा जिल्लाका अन्तर्राष्ट्रिय ,राष्ट्रिय र प्रादेशिक भलिबल रेफ्रीहरुमा नवीकरणका लागि अत्यन्त जरुरी सूचना

Congratulations Ms. Kopila Upreti & Ms. Kamala Pun for winning historical silver meadal in the CAVA International Women'...
29/12/2022

Congratulations Ms. Kopila Upreti & Ms. Kamala Pun for winning historical silver meadal in the CAVA International Women's Beach Volleyball Tournament concluded on 29 December 2022 in Cox Bazar , Bangladesh.
💐💐💐👏🏻👏🏻👏🏻🙌🏻🙌🏻🙌🏻🙌🏻🙌🏻💐🌷

पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।गण्डकी प्रदेश भलिबल सङ्घक...
25/12/2022

पोखरामा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।
गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आइतबार सम्पन्न फाइनल खेलमा बागलुङलाई ३—२ सेटले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । फाइनल खेलमा पहिलो सेट २१—२५ ले गुमाएको स्याङ्जाले दोस्रो र तेस्रो सेट समान २५—२३, २५—२३ ले आफ्नो पक्षमा पार्दा चौथो सेट २८—३० ले गुमायो । यसैगरी अन्तिम र निर्णायक खेलमा १५—१३ ले जित्दै स्याङ्जा विजयी बनेको हो ।

प्रतियोगितामा विजेता बनेको स्याङ्जाले उपाधि सहित नगद रु दुई लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बागलुङले नगद रु एक लाख र प्रमाणपत्र हात पारेको छ । यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा नवलपुरले कास्कीलाई हराएको ३—२ सेटले पराजित गरी तृतीय बन्दै नगद रु ५० हजार पुरस्कार पायो । चौथो स्थान हासिल गरेको कास्कीले सान्त्वाना स्वरुप नगद रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा स्याङ्जाका हरि पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २० हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट सर्भर नवलपुरका घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, उत्कृष्ट सेटर बागलङका मीन सुनार र उत्कृष्ट प्रशिक्षक स्याङ्जाका राजेन्द्र शर्मा घोषित हुँदै जनही रु १० हजारका दरले नगद पुरस्कार हात पारे ।

प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको अध्यक्ष नविन कुमार गुरुङले जनाएका छन् । प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता थियो ।

प्रतियोगितामा बिजेता टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङ, सचिव श्रिधर शर्मा, टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङलगायतले नगद मेडल तथा ट्रफी वितरण गरेका थिए ।

समापन समारोहमा गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी र पूर्व राष्ट्रिय खेलाडी सरोज महतोलाई सम्मान गरिएको थियो । (स्रोत : पोखरा स्पोर्टस)

जिल्ला भलिबल  सघं स्याङ्जालाई जितको अग्रिम शुभकामना ....
24/12/2022

जिल्ला भलिबल सघं स्याङ्जालाई जितको अग्रिम शुभकामना ....

बिजय शुरूवात प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश  पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजनामा भइरहेको प्रथम ...
21/12/2022

बिजय शुरूवात
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता -२०७९ मा आजको पहिलो खेलमा स्याङ्जाले गोर्खालाई३-० को सोझो सेटमा पराजित गर्दै बिजय शुरूवात गरेको छ । स्याङ्जाले भोलि अपरान्ह १:३० मा लिगको दोस्रो खेलको रूपमा कास्कीसंग प्रतिस्पर्धा गर्दै छ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश  पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजना पौष ६ देखि१० गतेसम्म  संचालन ...
20/12/2022

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजना पौष ६ देखि१० गतेसम्म संचालन हुन गइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता -२०७९ मा सहभागी स्याङ्जा पुरुष भलिबल टिमका खेलाडीहरुलाई जर्सी सौजन्य गरिदिनु भएकोमा पुतलीबजार नगरपालिका -१२ पेल्काचौर टामा स्थायी ठेगाना भइ हाल हङकङ निवासी पुर्ब भलिबल खेलाडी एबम विभिन्न सामाजिक सघं संस्थामा आबद्व भइ सामाजिक कार्यमा क्रियाशिल आदरणीय ब्यक्तित्व भोजेन्द्र गुरुङ प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।भोली ६ गते बिहान १० बजे स्याङ्जाले आफ्नो पहिलो खेल गोर्खासगं भिडदै छ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश  पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजना भोलि देखि शुरु हुन गइरहेको प्...
20/12/2022

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराको संयोजन र गण्डकी प्रदेश भलिबल सघं पोखराको आयोजना भोलि देखि शुरु हुन गइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता -२०७९ अन्तर्गत ६ गते बिहान १० बजे स्याङ्जाले आफ्नो पहिलो खेल गोर्खासगं भिडदै छ।

हार्दिक बधाई तथा शुभकामना
10/12/2022

हार्दिक बधाई तथा शुभकामना

Address

Syangja
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला भलिबल सघं,स्याङ्जा District Volleyball Association, Syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share