Dudhauli sports club Production of football player

Dudhauli sports club Production of football player .....

राजनीतिकरणले सबै क्षेत्र कब्जा गर्नुयहाँ पढाइ, जागिर, ठेक्का, सरुवा–बढुवा, न्याय सबै ठाउँमा पार्टी छिरिसक्यो। योग्य र अन...
29/01/2026

राजनीतिकरणले सबै क्षेत्र कब्जा गर्नु

यहाँ पढाइ, जागिर, ठेक्का, सरुवा–बढुवा, न्याय सबै ठाउँमा पार्टी छिरिसक्यो। योग्य र अनुशासित मान्छेभन्दा “को कुन पार्टीको हो” भन्ने ठूलो मापदण्ड बनाइयो। त्यसैले विज्ञ, इमानदार, स्वतन्त्र सोच भएका मान्छे किनारा लागे।


कानुन, संविधान, नियमभन्दा माथि पार्टी आदेश चल्न थाल्यो।
गल्ती पार्टीको भए पनि कार्यकर्ता जोगाइन्छ,
सही बोलेको निर्दलीय वा इमानदार भए पनि दबाइन्छ।

काङ्ग्रेस–एमाले–माओवादीले दशकौँदेखि
राज्य संयन्त्र बाँडेर खाने
एकअर्कालाई जोगाउने
नयाँ सोचलाई खतरा ठान्ने
संस्कार बनाइसके। त्यसैले प्रणाली नै बिग्रियो।

धेरै पढेलेखेका, अनुशासित मान्छेले
“राजनीति फोहोरी छ” भनेर छाडे।
खाली मैदान छोड्दा पार्टीका अन्धभक्त मात्र भित्र पसे।

जनताले पटक पटक
यसपटक सुध्रेला
हाम्रो मान्छे हो”
डर, लोभ, बाध्यता” मा भोट हालिरहे।
यसले गलत संस्कारलाई वैधता दियो।

देश बिग्रिएको होइन,
प्रणाली पार्टीका कार्यकर्ताले अपहरण गरेको हो।
तर आशा सकिएको छैन।
जब जनता डर, लोभ र पार्टीको झण्डा भन्दा माथि उठ्छ,
जब योग्य र इमानदार मान्छे अगाडि आउँछ,
त्यतिबेला राज्य फेरिन्छ।

अबकि बार बालेन सरकार

दुधौली बजार को  चोकमा अबकि बार बालेन सरकार  #अबकिबारबालेनसरकार
24/01/2026

दुधौली बजार को चोकमा

अबकि बार बालेन सरकार
#अबकिबारबालेनसरकार

team D.S.C
19/01/2026

team D.S.C

परिवर्तन उदघोष सभा
14/01/2026

परिवर्तन उदघोष सभा

देशका दुई सबैभन्दा ठूला पार्टीहरू मिलेर चुनाव लड्नु भनेकोजनतामाथि खुलेआम धोका गर्नु हो।यो गठबन्धन मान्छेहरूको हैन,यो त च...
03/01/2026

देशका दुई सबैभन्दा ठूला पार्टीहरू मिलेर चुनाव लड्नु भनेको
जनतामाथि खुलेआम धोका गर्नु हो।
यो गठबन्धन मान्छेहरूको हैन,
यो त चोर र पुलिस एउटै टेबलमा बसेको जस्तै हो।
यस्तो अवस्थामा
देशमा न्याय रहँदैन,
सत्य हराउँछ,
राष्ट्रको अस्तित्व कागजमा मात्रै सीमित हुन्छ।
जहाँ
मानवता सौदाबाजी बन्छ,
नैतिकता कुर्सीको मूल्यमा बिक्छ
र जनताको आवाज अपराध ठहरिन्छ
त्यो देश बाँच्दैन,
केवल सास फेरिरहेको जस्तो देखिन्छ।

सत्ता पक्षसँग हात मिलाउने प्रतिपक्ष
प्रतिपक्ष रहँदैन,
त्यो देश र जनताको लागि
घातक सम्झौता बन्छ।
जहाँ प्रतिपक्ष नै सत्ता बेचिन्छ,
त्यहाँ लोकतन्त्र अपांग हुन्छ,
न्याय मौन बस्छ,
र जनता अनाथ बनाइन्छन्।
सत्ताको कुर्सीका लागि गरिएको यस्तो मिलेमतो
गठबन्धन हैन,
यो त खुला रूपमा
देशघाती राजनीति हो।

सूचना !! सूचना !! सूचना 🔔सहिद स्मारक सि–डिभिजन छनौट फुटबल प्रतियोगितामादुधौली स्पोर्ट्स क्लबको पहिलो खेल आज हुँदैछ।प्रति...
20/11/2025

सूचना !! सूचना !! सूचना 🔔

सहिद स्मारक सि–डिभिजन छनौट फुटबल प्रतियोगितामा
दुधौली स्पोर्ट्स क्लबको पहिलो खेल आज हुँदैछ।

प्रतिद्वन्द्वी टिम: Dudhauli Sports Club Vs Bhaktapur FC

मिति: मङ्सिर ४
स्थान (Venue): ANFA Complex, Satdobato,
Lalitpur
time :3pm
Live: YouTube / Facebook – All Nepal Football Association

यस महत्वपूर्ण अवसरमा काठमाडौंमा रहनुभएका सम्पूर्ण नगरवासी तथा खेलप्रेमीहरूलाई उपस्थित भई हाम्रो टिमलाई उत्साह, हौसला र समर्थन प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछौँ।

दुधौली स्पोर्ट्स क्लब
— जय दुधौली 🎉⚽

सूचना सुचना सुचना  सहिद स्मारक ‘सी’ डिभिजन छनौट फुटबल प्रतियोगिता अन्तर्गत हाम्रो टिम दुधौली स्पोर्ट्स क्लबको पहिलो खेल ...
13/11/2025

सूचना सुचना सुचना

सहिद स्मारक ‘सी’ डिभिजन छनौट फुटबल प्रतियोगिता अन्तर्गत हाम्रो टिम दुधौली स्पोर्ट्स क्लबको पहिलो खेल मङ्सिर ४ गते (Tuesday) Bhaktapur FC विरुद्ध हुने भएको छ।

यस अवसरमा सम्पूर्ण नगरवासी, खेलप्रेमी र समर्थकहरूलाई खेल स्थलमा उपस्थित भई हाम्रो टिमलाई हौसला प्रदान गर्न हार्दिक अनुरोध गर्दछौं।

दुधौली स्पोर्ट्स क्लब
“एकता, अनुशासन र संघर्ष – हाम्रो पहिचान”

TIME : 3: pm
LIVE. : All Nepal football association
VENU : ANFA COMPLEX Sattdobato LALITPUR

Official AnnouncementThe Dudhauli Sports Club is proud to announce that Kiran Karki  will once again serve as Head Coach...
01/11/2025

Official Announcement

The Dudhauli Sports Club is proud to announce that Kiran Karki will once again serve as Head Coach for this year’s Sahid Smarak C-Division Qualifier Football Tournament. With his proven leadership and experience, we are confident that our team will be well-prepared to compete and make a strong impression in the tournament.

We look forward to an exciting season under Coach Karki’s guidance. ⚽

यही मङ्सिर ४ गतेदेखि सुरु हुन गइरहेको सी डिभिजन छनौट फुटबल प्रतियोगितामा हाम्रो दुधौली स्पोर्ट्स क्लब को पनि गर्वपूर्ण स...
27/10/2025

यही मङ्सिर ४ गतेदेखि सुरु हुन गइरहेको सी डिभिजन छनौट फुटबल प्रतियोगितामा हाम्रो दुधौली स्पोर्ट्स क्लब को पनि गर्वपूर्ण सहभागिता रहेको छ ⚽

हामी खेलमैदानमा हाम्रो सम्पूर्ण मेहनत, समर्पण र टीमस्पिरिट देखाउनेछौं।
सबैको साथ, सहयोग र शुभकामनाको अपेक्षा गर्दछौं 🙏💙



fans

⚽ C Division Selection 2025 – We Are Ready! ⚽ दुधौली स्पोर्ट्स क्लब — नयाँ सोच, नयाँ जोश, नयाँ रणनीति  Our Goal: दुधौलीक...
26/10/2025

⚽ C Division Selection 2025 – We Are Ready! ⚽
दुधौली स्पोर्ट्स क्लब — नयाँ सोच, नयाँ जोश, नयाँ रणनीति

Our Goal: दुधौलीको नाम राष्ट्रिय स्तरमा चम्काउने 🌟
Our Strength: युवा ऊर्जा + अनुभवको मेल 🔥
Our Style: Discipline • Speed • Teamwork ⚡

यो केवल खेल होइन — यो दुधौलीको गौरवको यात्रा हो
“Our Game, Our City – One Team, One Spirit”

साथ, समर्थन र विश्वासका लागि सम्पूर्ण दुधौलीवासीलाई हार्दिक अनुरोध 🙏

Address

Sindhuli

Alerts

Be the first to know and let us send you an email when Dudhauli sports club Production of football player posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dudhauli sports club Production of football player:

Shortcuts

Share

Category