06/01/2026
स्थानीय सरकारले
“हाम्रो प्रस्ताव मान्य गर्नुभयो भने मात्र तपाईंको क्षेत्र विकास हुन्छ” भन्नु
➡️ यो विकास होइन, दबाबको राजनीति हो।
यसको ज्वलन्त उदाहरण सिसडोल डम्पिङ साइट हो।
सिसडोल क्षेत्रका बासिन्दालाई पनि
सुरुमा विकास, रोजगारी र सुविधाको आश्वासन दिइयो।
तर आज त्यहाँका नागरिकले:
• दुर्गन्ध र वायु प्रदूषण
• पानीका मुहान दूषित
• स्वास्थ्य समस्या बढ्दो
• खेतीपाती नष्ट
• जग्गाको मूल्य घटेको
जस्ता गम्भीर समस्या भोगिरहेका छन्।
👉 यदि सिसडोल सफल मोडेल हुन्थ्यो भने
आज पनि त्यहाँ किन विरोध भइरहन्छ?
विकास सर्त होइन।
जनस्वास्थ्य र वातावरण जोखिममा राखेर
दबाबमा आएको सहमति स्वीकार्य हुँदैन।
जनमत स्वतन्त्र हुनुपर्छ,
विकास स्थानीय सरकारको दायित्व हो।
यो विकास होइन, दबाबको राजनीति हो।
विकास कुनै सौदाबाजी होइन।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा जनताको अधिकार हुन्।
कुनै पनि जोखिमपूर्ण प्रस्ताव (जस्तै डम्पिङ साइट)
जनस्वास्थ्य, वातावरण र भविष्य हेरेर
स्वेच्छिक र जानकारीसहितको जनमत बाट मात्र निर्णय हुनुपर्छ।
👉 विकास सर्त होइन, दायित्व हो।
👉 जनताको मत डरले होइन, सचेत निर्णयले आउनुपर्छ।