Sisters Talent Expose Place Rampur

Sisters Talent Expose Place Rampur STEP-RAMPUR VOLLEYBALL

म आज यस्तो बीउ रोप्दै छु, जसको फल आउन समय अवश्य लाग्ला तर धैर्य, निरन्तर प्रयास र अनुशासित अभ्यासपछि प्राप्त हुने सफलताप...
29/07/2026

म आज यस्तो बीउ रोप्दै छु, जसको फल आउन समय अवश्य लाग्ला तर धैर्य, निरन्तर प्रयास र अनुशासित अभ्यासपछि प्राप्त हुने सफलताप्रति मेरो अटल विश्वास छ।
प्रशिक्षणको यात्रामा प्राप्त भएका तिता–मीठा अनुभव, सिकाइ र सुझावलाई आत्मसात् गर्दै समाजमा फरक पहिचान स्थापित गर्ने दृढ संकल्पका साथ अघि बढिरहेको छु। यही यात्रामा साथ दिँदै निरन्तर प्रशिक्षणमा सहभागी हुने मेरा सम्पूर्ण चेलीहरूलाई गुरुपूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको लगन, अनुशासन र समर्पणले भविष्यमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास लिएको छु।
यसै अवसरमा हाम्रो STEP Rampur का खेलाडीहरूको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन Nepatop कम्पनी, रामपुरका आधिकारिक बिक्रेता समयूल ट्रेडर्स का प्रोप्राइटर सन्तोष श्रेष्ठज्यू ले प्रशिक्षण पोशाक प्रदान गरी गर्नुभएको अमूल्य सहयोगप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।
(✍️प्रशिक्षक:-कमल राना🙏)

रामपुर नगरपालिकाको १९औं नगर सभाको अवसरमा महिला भलिबलको धरोहर हाम्रो यस   का महिला भलिबलका प्रशिक्षक श्री कमल राना ज्यू र...
24/06/2026

रामपुर नगरपालिकाको १९औं नगर सभाको अवसरमा महिला भलिबलको धरोहर हाम्रो यस का महिला भलिबलका प्रशिक्षक श्री कमल राना ज्यू र खेल प्रतिभा मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा रामपुर नगरपालिकाको गौेरव बढाउने U-19 राष्ट्रिय भलिबल खेलाडी श्री बिनिता राना ज्यूलाई रामपुर नगरपालिकाले सम्मान पत्र, मायाको चिनो र नगद सहित सम्मान गरेको छ, यो सम्मानले Sisters Talent Expose Place Rampur परिवार गौरवान्वित भएका छौ, सम्मान ग्रहण गर्नुहुने द्वोय प्रशिक्षक अनि खेलाडी प्रति हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछौं, खेलाडी अनि प्रशिक्षक सम्मान, प्रोत्साहन र हौसला प्रदानको लागि रामपुर नगरपालिकाको
परिवार प्रति हाम्रो यस STEP RAMPUR परिवार हार्दिक धन्यवाद प्रकट गर्दछौं।
िबल
ेलकुद

"नेपालको राष्ट्रिय खेल भलिबल"९औं भलिबल राष्ट्रिय खेल घोषणा वर्षको सम्पूर्णजनमा हार्दिक शुभकामना! िबल
22/05/2026

"नेपालको राष्ट्रिय खेल भलिबल"
९औं भलिबल राष्ट्रिय खेल घोषणा वर्षको सम्पूर्णजनमा हार्दिक शुभकामना!
िबल

National Women’s Volleyball Final Squad👍Best wishes For Upcoming CAVA Women’s Volleyball League🏐
16/05/2026

National Women’s Volleyball Final Squad👍
Best wishes For Upcoming
CAVA Women’s Volleyball League🏐

निस्दी खेलकुद विकास समिति द्वारा निस्दी गाउँपालिका वडा नं.५ ढुङ्गनावेशी खेलमैदान पाल्पामा आयोजित तेस्रो निस्दी खेलकुद मह...
10/05/2026

निस्दी खेलकुद विकास समिति द्वारा निस्दी गाउँपालिका वडा नं.५ ढुङ्गनावेशी खेलमैदान पाल्पामा आयोजित तेस्रो निस्दी खेलकुद महोत्सव कप-२०८३ मा हाम्रो टिम सहभागिता भई २०८३ सालको पहिलो पुरस्कार #तेस्रो_स्थान🏆 हसिल गर्दै २०८३ सालको शुभारम्भ गरेको छ, यस प्रतियोगितामा उत्कृष्ट खेल पर्दशन गर्दै STEP RAMPUR VOLLEYBALL को नाम उच्च राख्न गरेको योग्दान प्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण खेलाडीहरू, टिम प्रशिक्षक, सम्पूर्ण पदाधिकारी लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगीहरू प्रति उच्च सम्मान र बधाई👏 साथै खेल मैदानमा उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गर्नुहुने सम्पुर्ण खेलप्रेमी दर्शकज्युहरूमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं।
:-Anshu Ruchal👏
िबल
ेलकुद

निस्दी खेलकुद विकास समिति द्वारा निस्दी गाउँपालिका वडा नं.५ ढुङ्गनावेशी खेलमैदान पाल्पामा आयोजित  #तेस्रो_निस्दी_कप_२०८३...
06/05/2026

निस्दी खेलकुद विकास समिति द्वारा निस्दी गाउँपालिका वडा नं.५ ढुङ्गनावेशी खेलमैदान पाल्पामा आयोजित #तेस्रो_निस्दी_कप_२०८३ सञ्चालन भई रहेको छ उक्त प्रतियोगितामा हाम्रो पनि सहभागि भएका छौ, यस प्रतियोगितामा हाम्रो खेलाडीहरुलाई खाजा, नास्ता, व्यवस्थापन र सहजताको लागि शिक्षक तथा बौद्धिक व्यक्तित्व, खेलप्रेमी हाम्रो शुभचिन्तक रामपुर न.पा वडा नं.८ झिरुछाप निवासी #खिमान_सिं_नामजाली (Aseem Namjali Magar) ज्यूले रू.५०५०/- (अक्षररूपि पाँच हजार पचास रुपैयाँ) प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं साथै उहाँको सु-स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछौं।🙏
िबल
ेलकुद

19/04/2026

भलिबल खेल्न इच्छुक उमेर १४ वर्ष मुनिका ५.७ भन्दा माथी उचाइ भएको नानीहरुले Inbox मा सम्पर्क गर्नु होला।

 🎊 हाम्रो यस STEP RAMPUR VOLLEYBALL को  शुभचिन्तक हामीलाई माया गर्नुहुने सहयोगी दाता सौजन्य कर्ता देश तथा विदेशमा रहेर स...
13/04/2026

🎊
हाम्रो यस STEP RAMPUR VOLLEYBALL को शुभचिन्तक हामीलाई माया गर्नुहुने सहयोगी दाता सौजन्य कर्ता देश तथा विदेशमा रहेर सधै सकारात्मक सल्लाह, सुझाव, शुभकामना, हौसला, माया र अन्तर आत्मा देखि शुभेच्छा र आर्शिवाद प्रदान गर्नुहुने हाम्रो भगवान रूपी समर्थक सम्पूर्णमा नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौं ।

ालमा_हामी_सहभागी_भएका_प्रतियोगिताहरू:-
१.तेस्रो स्थान:- घिरिङ् गाउँपालिका वडा नं.२ देउराली ।
२.पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा
सहभागी :- प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरा ।
३. दोस्रो स्थान:-श्री कृष्ण जन्माष्टमी मेला रामपुर-३ सीताकुण्द।
४.बिनिता राना:- U-19 नेपालको राष्ट्रिय टिममा छनोट।
५.प्रथम स्थान :-घिरिङ् गा.पा वडा नं. २ अत्रौली
६.प्रथम स्थान:- बौदीकाली गा.पा वडा नं.३ रकुवा सिउन
७.प्रथम स्थान :- चौथो निस्दी कप निस्दी -५ बेलौजी
८.प्रथम स्थान :- प्यासिफिक एकेडेमी घिरिङ् -१ पुट्टार
९.प्रथम स्थान :- रम्भा गा.पा वडा नं.३ आर्गीडाँडा
१०.दोस्रो स्थान:- निस्दी गा.पा वडा नं. २ पुरान्थर
११. रोजिना लामिछाने :- सतप्रतिसत छात्रवृत्ति प्राप्त बुटवल होराइजन इ.बो
१२. खेल मैदानमा Night training को लागि लाइट जडान
१३. प्रथम स्थान:- श्री जनशान्ति मा.वि रामपुर-९ अर्वसिं
१४. प्रथम स्थान:- कुम्राङ्ग युवा क्लब रामपुर-८
१५.प्रथम स्थान :- भलायटार मगर समाज रामपुर-२ बादरकुना
१६. 7 Boss बाट सहभागी हुने अवसर:- छन्त्याल समाज पोखरा
१७. प्रथम स्थान:- बौदीकाली गा.पा वडा नं.३ साँवरीटार नवलपुर
१८.सान्त्वना :-हेटौंडा कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हेटौंडा, मकवानपुर

२०८२ साल STEP-RAMPUR VOLLEYBALL को लागि आज सम्मको उत्कृष्ट वर्ष रहेको महसुस गरेका छौं, २०८२ सालले हामीलाई धेरै नयाँ अवसर, नयाँ अनुभव, नयाँ पाठ र केही सफलताको केही नयाँ स्वाद चखाएको छ, यो हाम्रो टिमको खेलाडी, प्रशिक्षक र समितिको मेहनतले मात्र सम्भव थिएन सम्पूर्ण तमाम खेलप्रेमी महानुभावहरुको निस्वार्थ साथ सहयोग माया शुभकामना आर्शिवादको प्रतिफल हो, आगामी दिनमा थप सशक्त भएर मेहनत गर्ने अझै अगाडि बद्ने जिम्मेवारी थपिएको बोध गरेका छौं, यो यात्रा हाम्रो टिमको मात्र होइन, समग्र कालीगण्डकी उपत्यको नयाँ प्रतिभाको खोजि र उजागर सँगै राष्ट्रिय स्तरमा हाम्रो खेलाडी सँगै स्थानको नाम परिचित गर्दै पर्वद्धन गर्नु पनि हाम्रो उदेश्य र हाम्रो जिम्मेवारी हो।
ालीगण्डकी_उपत्यका

िबल
ेलकुद

 #शिक्षा_सबैको_लागि_खेलकुद_राष्ट्रको_लागि आज देखि सुरु हुने SEE वर्ष २०८२को परिक्षामा हाम्रो यस STEP-RAMPUR VOLLEYBALL क...
02/04/2026

#शिक्षा_सबैको_लागि_खेलकुद_राष्ट्रको_लागि
आज देखि सुरु हुने SEE वर्ष २०८२को परिक्षामा हाम्रो यस STEP-RAMPUR VOLLEYBALL का खेलाडी #अन्जना_श्रेष्ठ, #कृष्टिना_सिंह_ठकुरी र #भुमिका_श्रेष्ठ पनि सहभागी हुदै छन, उनिहरू लगायत देश भरि बाट SEE परिक्षामा सहभागी हुने सम्पूर्ण परिक्षार्थी विद्यार्थीहरूमा हार्दिक शुभकामना!

24/03/2026

🙏🙏🙏

Address

Rampur Municipality
Palpa
32800

Website

Alerts

Be the first to know and let us send you an email when Sisters Talent Expose Place Rampur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category