12/04/2026
हिजो सफलतापूर्वक सम्पन्न भएको योगिनि गोल्ड कप २०८२ केवल एउटा फुटबल प्रतियोगिता मात्र होइन, यो हाम्रो एकता, सहयोग र उत्साहको सुन्दर उदाहरण बनेको छ । यस प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरू, बिशेष गरि खजुरा गाउपालिका , खजुरा २ को वडा कार्यालय ,खेलप्रेमी महानुभावहरू(स्वदेश तथा विदेश मा रहनु हुने), खेलाडीहरू, रेफ्री, सुरक्षाकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैमा हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। तपाईंहरूको अमूल्य साथ, सहयोग र विश्वास बिना यो सम्भव हुने थिएन । यहाँहरूको योगदानले मात्र खेल होइन, हाम्रो समाजमा एकता, अनुशासन र सकारात्मक सोचको बीउ रोपेको छ। आशा छ, आगामी दिनहरूमा पनि यस्तै साथ, माया र सहयोग पाइरहनेछौँ ।
आउनुहोस्, खेलकुदको माध्यमबाट हाम्रो समाजलाई अझ सशक्त र प्रेरणादायी बनाऔँ।
धन्यवाद । जय खेलकुद!! जय योगिनि!!!
#जययोगिनि