31/05/2025
श्री सफल टोल युवा समूह, धवलागिरी गाउँपालिका–७, साविक ताकम वडा नं. ५, म्याग्दीको आयोजनामा सम्पन्न गणतन्त्र दिवस २०८२ को पावन अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अत्यन्त उत्साहजनक, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएकोमा हामी सम्पूर्ण सहभागी, सहयोगी र शुभेच्छुकहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
यस कार्यक्रमलाई भव्य बनाउने क्रममा:टाढा- टाढाबात सहभागी खेलाडी वर्ग,उपस्थिति जनाउनु भएका मुख्य अतिथि, विशिष्ट अतिथि,कार्यक्रमप्रति सदैव सकारात्मक ऊर्जा दिँदै हुनुहुने समाजसेवी महानुभावहरू,देश तथा विदेशमा रहनु भएका भौतिक, आर्थिक तथा नैतिक सहयोगी हातहरू,तथा समाज परिवर्तनको यात्रामा साथ दिने सम्पूर्ण शुभेच्छुक मित्रहरूलाई हाम्रो गहिरो सम्मान, प्रेम र कृतज्ञता प्रकट गर्दछौं।
कार्यक्रम सफल पार्न तीन दिनसम्म अहोरात्र खटिनु भएका:
✅ मेला अध्यक्ष,
✅ क्लब अध्यक्ष,
✅ सचिव, सहसचिव, कोषाध्यक्ष,
✅ खेल संयोजक,
✅ सल्लाहकारहरू,सदस्यहरु
✅ भोलेन्टियर दाजुभाइ तथा दिदीबहिनीहरू,
✅ कलाकार मित्रहरू,
✅ तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।
तपाईंहरूको अथक मिहिनेत, सहकार्य र समर्पणले यस कार्यक्रमलाई सफल मात्र होइन, समाजमा सकारात्मक ऊर्जा फैलाउने एउटा प्रेरणादायी उदाहरणको रूपमा स्थापित गराएको छ।हामी आशावादी छौं कि आगामी दिनहरूमा पनि हामी अझ सशक्त, एकताबद्ध र सक्रिय भएर समाज परिवर्तनका अभियानहरूमा जुट्न सक्नेछौं।हाम्रा यस्ता सामाजिक, रचनात्मक र सिर्जनात्मक पहलहरू निरन्तर जारी रहनेछन्।
र आगामी दिनहरूमा पनि देश–विदेशका सहयोगी मनहरूबाट यही झैँ साथ–सहयोगको अपेक्षा राख्दछौं।
सफल टोल युवा समूह सबैको साथ, सहयोग र सद्भावमा अगाडि बढ्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा सदैव समर्पित रहनेछ।
जय गणतन्त्र!
जय युवा शक्ति!
जय सफल टोल!
– आयोजक:
सफल टोल युवा समूह
धवलागिरी गाउँपालिका–७,
साविक वडा नं. ५, ताकम, म्याग्दी