Gaushala Women Cricket Team

Gaushala Women Cricket Team Gaushala Women’s Cricket Team shares cricket knowledge, training sessions, match videos, and tutorials to inspire and empower women in sports.

We also highlight team events, celebrations, and achievements. Join us to learn, play, and grow together in a supportive cricketing environment made for passionate female players.

18/06/2026

शुभकामना सन्देश !

नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान पूजा महतो ज्यूले ‘दोस्रो महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिता–२०८३’ का सम्पूर्ण सहभागी खेलाडीहरू, प्रशिक्षकहरू, व्यवस्थापकहरू तथा आयोजक समितिलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।



@

18/06/2026

शुभकामना सन्देश !

नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान पूजा महतो ज्यूले ‘दोस्रो महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिता–२०८३’ का सम्पूर्ण सहभागी खेलाडीहरू, प्रशिक्षकहरू, व्यवस्थापकहरू तथा आयोजक समितिलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

गौशाला नगरपालिका वडा नं. ५ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सामुदायिक विकास परियोजना अन्तर्गत पैरवी मञ्च तथा बाल ...
18/06/2026

गौशाला नगरपालिका वडा नं. ५ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा सामुदायिक विकास परियोजना अन्तर्गत पैरवी मञ्च तथा बाल विकास बर्दिबास शाखाको आयोजनामा महिला क्रिकेट टोली गठन तथा दुई महिनाको प्रशिक्षण कार्यक्रम सञ्चालन गरी महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना रहेको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा विद्यमान बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्नु हो।

कार्यक्रमका संयोजक श्री बैजू मण्डल तथा सुश्री रिंकीजीको समन्वयमा आज त्रिभुवन माध्यमिक विद्यालयबाट करिब ३०–३५ जना छात्राहरू महिला क्रिकेट टोलीका लागि छनोट भएका छन्। छनोट प्रक्रिया क्रिकेट प्रशिक्षक श्री इर्फान अन्सारीज्यूको नेतृत्वमा सम्पन्न भएको छ।

यस महत्वपूर्ण तथा प्रशंसनीय अभियानलाई सफल बनाउन सहयोग, समन्वय र सहकार्य गर्नुहुने सम्पूर्ण शिक्षक, प्रशिक्षक तथा त्रिभुवन माध्यमिक विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

खेलकुदमार्फत महिला सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक परिवर्तनको यो अभियान सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

Irfan ansari Nabin Singh Sanju Singh Dinesh Mahato Ri-star Press Indal Raut

15/06/2026

शुभकामना सन्देश !

नेपाल क्रिकेट संघका आदरणीय अध्यक्ष चतुरबहादुर चन्दज्यूले ‘दोस्रो महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट प्रतियोगिता–२०८३’ का सम्पूर्ण आयोजक, सहभागी खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। प्रतियोगिता सफल, मर्यादित र भव्य रूपमा सम्पन्न होस् भन्ने उहाँले कामना गर्नु भएको छ ।

Mahottari District Municipality Level Cricket Tournament – 2083Fixture Announcement
15/06/2026

Mahottari District Municipality Level Cricket Tournament – 2083
Fixture Announcement

Congratulations Madhesh Province Cricket U 19 Womens cricket teams and support staff 🎉👏🏏
15/06/2026

Congratulations
Madhesh Province Cricket
U 19 Womens cricket teams and support staff 🎉👏🏏

CHAMPIONS! 🏆🔥

Madhesh Province Women’s U-19 are the Champions of the Women’s U-19 National Cricket Tournament 2026! 👏💙

After an unforgettable contest, Madhesh defeated Sudurpaschim in a thrilling Super Over to lift the trophy ✨

A remarkable campaign, incredible determination, and a well-deserved title for the young stars of Madhesh. Congratulations to the entire team and support staff! 🎉🏆

12/06/2026

Meet Karina Mandal, GWCT's rising star batter. At just 9 years old, she is already making her mark in cricket with her talent and dedication.

🏏 हार्दिक आभार तथा धन्यवाद 🏏Usha Engineering Consultancy PVT LTD  तथा USHA Builders का निर्देशक तथा संस्थापक श्री संजित ...
12/06/2026

🏏 हार्दिक आभार तथा धन्यवाद 🏏

Usha Engineering Consultancy PVT LTD तथा USHA Builders का निर्देशक तथा संस्थापक श्री संजित कुमार महतोज्यूले ( Sanju Singh )Gaushala Women's Cricket Team की प्रतिभाशाली खेलाडी, उत्कृष्ट ब्याटर तथा फिल्डर करिना मण्डललाई पूर्ण क्रिकेट प्रायोजन (Full Cricket kit Sponsorship) प्रदान गर्नुभएकोमा हामी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

उहाँले आगामी दिनहरूमा करिना मण्डलको सम्पूर्ण क्रिकेट किट तथा खेल सामग्रीको व्यवस्थापन तथा प्रायोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। खेलाडीको प्रतिभा विकास, महिला क्रिकेटको प्रवर्द्धन तथा खेल क्षेत्रप्रति उहाँले देखाउनुभएको सहयोग, विश्वास र सकारात्मक सोच अत्यन्त प्रशंसनीय छ।

Gaushala Women's Cricket Team परिवारको तर्फबाट श्री संजित कुमार महतोज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दै उहाँको निरन्तर सफलता, सुस्वास्थ्य तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

गौशाला महिला क्रिकेट टिमको स्थापना तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै खेलाडीहरूलाई एकताबद्ध बनाउने, आवश्यक...
07/06/2026

गौशाला महिला क्रिकेट टिमको स्थापना तथा व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै खेलाडीहरूलाई एकताबद्ध बनाउने, आवश्यक स्रोत–साधनको व्यवस्था गर्ने र टिमलाई छोटो समयमै सफलताको उचाइमा पुर्‍याउने व्यक्तित्वप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं।

करिब डेढ वर्षको अथक मेहनत, समर्पण र खेलकुदप्रतिको प्रेमका कारण गौशाला महिला क्रिकेट टिम आज यो स्थानसम्म आइपुगेको छ। उहाँले खेलकुद मात्र होइन, समाजप्रति पनि देखाउनुभएको माया, सहयोग र योगदान सधैं स्मरणीय रहनेछ।

हाल उहाँ वैदेशिक रोजगारीको सिलसिलामा केही समयका लागि विदेश प्रस्थान गर्नुभएको छ। उहाँको वैदेशिक यात्रा सफल, सुरक्षित र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तपाईंको योगदान, मार्गदर्शन र साथप्रति हामी सदैव ऋणी रहनेछौं। छिट्टै अझ सफल भएर फर्किनुहोस्। सम्पूर्ण गौशाला महिला क्रिकेट परिवारको तर्फबाट शुभयात्रा तथा उज्ज्वल भविष्यको शुभकामना। 🙏🏏

Address

Gaushala-11
Mahottari
47400

Website

Alerts

Be the first to know and let us send you an email when Gaushala Women Cricket Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share