Dang Valley College Hapkido Dojang

Dang Valley College Hapkido Dojang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dang Valley College Hapkido Dojang, Martial Arts School, Ghorahi 15 Dang, Lumbini.

10/07/2026
Bishal Thapa❤️🥋
19/05/2026

Bishal Thapa❤️🥋

Inspirational Youth: उनी हुन् दाङ घोराहीका १८ वर्षीय बिशाल थापा । कलिलो उमेरमा नै दाङ जिल्ला हाप्किडो संघको अध्यक्ष राष्ट्रिय स्तरका प्रख्यात हाप्किडो खेलाडी, रेफ्री, खेलकुद प्रशिक्षक हुन् । उमेरले होइन, सोच र कर्मले मानिसको परिचय बनाउँछ भने चाहिँ उनले सानै उमेरमा युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् । हाल B.Sc. मा अध्ययनरत उनी अध्ययनको व्यस्तताका बावजुद उनी राष्ट्रिय स्तरका हाप्किडो खेलाडी, रेफ्री, खेलकुद प्रशिक्षकको रूपमा परिचित छन् । 10th National Hapkido Championship र 1st Ghorahi Nagar Hapkido Championship मा Best Referee Award एवं Nepal Nations Award 2082 बाट सम्मानित हुनुका साथै दाङमा पहिलो पटक विभिन्न राष्ट्रिय तथा अन्तरविद्यालय स्तरका प्रतियोगिताहरू र Anti-Drugs Awareness Programs सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । सानै उमेरमा यो उपलब्धि हासिल गर्ने विशाललाई धेरै धेरै धन्यवाद र उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना! ❤️

02/04/2026

🔥 आजको प्रशिक्षण झलक – शुभसन्देश शिक्षा सदन हापकिडो डोजाङ 🔥

शारीरिक तन्दुरुस्ती, आत्मरक्षा सीप र आत्मविश्वासतर्फ हाम्रो यात्रामा आजको प्रशिक्षण निकै ऊर्जावान रह्यो 💪🥋

विद्यार्थीहरूमा देखिएको मेहनत, अनुशासन र समर्पण साँच्चै प्रशंसनीय छ 👏

👉 अनुभवी प्रशिक्षकद्वारा प्रभावकारी प्रशिक्षण
👉 अनुशासन, फिटनेस र आत्मरक्षा एकै साथ
👉 हरेक दिन नयाँ सिकाइ र प्रगति

✨ नयाँ भर्ना खुला छ — आजै जोडिनुहोस्!

📍 “Join with us” — आफ्नो भविष्य सुरक्षित बनाउनुहोस्!
📣 आजै आउनुहोस् र आफ्नो क्षमता चिनाउनुहोस्!

khojraftar.com Shubha Sandesh Ghorahi Dang Bishal Thapa गोरखा स्कुल हाप्किडाे डोजाङ

31/03/2026

🥋🔥 Training movements
Hard work, discipline, and dedication in every move 💪
Today’s training session was full of energy and spirit!

Our students are growing stronger, faster, and more confident every day 🚀

👏 Proud of all our hardworking players
👉 Keep pushing your limits

✨ New Admission Open – Join us and be part of our Hapkido family!

30/03/2026

📢 NOTICE – Dojang Reopen 🥋

Shubasandesh Sikashya Sadan Hapkido Dojang
Dang Valley College Hapkido Dojang

All students & parents are informed that our dojang is reopening from tomorrow (2082/12/17) after the last terminal exam.

⏰ Time: 5:00 AM (Morning)
🥋 Come in proper Dobak (uniform)
✅ Be on time

✨ New Admission Open!
Let’s train hard and grow stronger together 💪
– Dojang Chief: Bishal Thapa Bishal Thapa khojraftar.com Dang Valley College Hapkido Dojang Shubha Sandesh Ghorahi Dang

29/03/2026

📢 COMING SOON 📢
🥋 Hapkido Dojang
at Shubasandesh Sikashya Sadan School
(Affiliated by Dang Valley College)
Get ready to learn:
👊 Self-Defense
💪 Discipline
🔥 Confidence
📍 Opening Soon… Stay Tuned!
📞 Contact: 9709179139
👉 “Train Hard, Stay Strong” Bishal Thapa khojraftar.com

21/12/2025

खेलकुदमा खेलाडीको भविष्य सुरक्षित गर्न माग

दाङ, ६ मंसिर । दाङको घोराही उपमहानगरपालिकामा क्रियाशील गोर्खा स्कुल हाप्किडो डोजाङ तथा शुभसन्देश शिक्षा सदन स्कुल हाप्किडो डोजाङले नेपालमा खेलकुद क्षेत्रप्रति देखिँदै आएको दीर्घकालीन सरकारी बेवास्ताप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै संघीय, प्रदेश तथा स्थानीय सरकारलाई स्पष्ट जिम्मेवारी बहन गर्न सार्वजनिक आह्वान गरेका छन्।

डोजाङ प्रमुख बिशाल थापाद्वारा जारी विज्ञप्तिमा खेलकुद क्षेत्रलाई नीति र भाषणमा मात्र सीमित राखिएको आरोप लगाएका छन। स्थानीय तहदेखि संघीय सरकारसम्म समन्वयको अभाव, अस्थिर बजेट व्यवस्था तथा दीर्घकालीन योजनाको कमीका कारण प्रतिभावान खेलाडीहरू अवसरबाट वञ्चित हुँदै गएको उल्लेख गरिएको छ। विशेषगरी स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा नसमेट्दा गाउँ–नगरस्तरका खेलाडीहरू प्रारम्भिक चरणमै निराश हुन बाध्य भएको जनाइएको छ।

डोजाङ प्रमुख थापाले खेलकुद विकासको पहिलो आधार स्थानीय सरकार नै भएको स्पष्ट पार्दै भने, “खेलाडी जन्मिने ठाउँ स्थानीय तह हो। यदि स्थानीय सरकारले नै खेलकुदलाई बेवास्ता गर्छ भने राष्ट्रिय सपना कहिल्यै साकार हुँदैन। खेलकुद दया होइन, अधिकार हो।”
उनका अनुसार धेरै स्थानीय तहमा खेलकुद बजेट औपचारिकतामा सीमित रहेको, प्रशिक्षण केन्द्रको अभाव रहेको र प्रतियोगिता अनियमित रूपमा सञ्चालन हुँदै आएका छन्। यसका कारण युवा खेलाडीहरू वैकल्पिक रोजगारी वा पलायनतर्फ धकेलिनु परेको उनको भनाइ छ।

थापाले स्थानीय, प्रदेश र संघीय सरकारबीच स्पष्ट कार्यविभाजन आवश्यक रहेको बताउँदै स्थानीय सरकारले विद्यालयस्तरदेखि डोजाङ र क्लबहरूसम्म संरचना विकासमा लगानी गर्नुपर्ने, प्रदेश सरकारले प्रतियोगिता तथा प्रशिक्षक विकासमा भूमिका खेल्नुपर्ने र संघीय सरकारले राष्ट्रिय खेलकुद नीति, अन्तर्राष्ट्रिय सहभागिता तथा दीर्घकालीन रणनीति सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
“सरकारका सबै तह जिम्मेवार नबन्दासम्म खेलकुद केवल भाषणमै सीमित हुन्छ,” उनले भने , “अब दोषारोपण होइन, जिम्मेवारी बहन गर्ने समय हो।” उनले निजी क्षेत्र, उद्योगी, समाजसेवी, अभिभावक तथा खेलप्रेमीहरूलाई पनि स्थानीय सरकारसँग सहकार्य गर्दै खेलकुद पूर्वाधार, छात्रवृत्ति तथा प्रतियोगिता सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् ।

सीमित स्रोत–साधन र चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि गोर्खा स्कुल हाप्किडो डोजाङ र शुभसन्देश शिक्षा सदन स्कुल हाप्किडो डोजाङले अनुशासन, आत्मरक्षा, आत्मविश्वास र राष्ट्रगौरवको भावना बोकेका खेलाडी उत्पादन गर्दै आएका छन्। यी डोजाङहरूले स्थानीय स्तरमै खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

Address

Ghorahi 15 Dang
Lumbini
GHORAHI

Website

Alerts

Be the first to know and let us send you an email when Dang Valley College Hapkido Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share