मण्डन स्पोर्ट क्लब

मण्डन स्पोर्ट क्लब कुनै पनि जानकारीका लागि मण्डन स्पोर्ट क्लबलाई सम्पर्क गर्न सक्नुहुन्छ।
९८१३९८९४७०

आज मिति २०८३/०२/२४ गते, मण्डन स्पोर्ट क्लबका खेलाडी भाई राकेश  परियार लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्...
07/06/2026

आज मिति २०८३/०२/२४ गते, मण्डन स्पोर्ट क्लबका खेलाडी भाई राकेश परियार लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता र उत्तरोत्तर प्रगतिले भरिपूर्ण रहोस्। खेलकुद क्षेत्रमा अझ धेरै सफलता हासिल गर्दै आफ्नो प्रतिभाले क्लब, समाज र देशको नाम उच्च बनाउन सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

जन्मदिनको धेरै धेरै शुभकामना भाई राकेश परियार! 🎂

आज मिति २०८३/०२/२४ गते, मण्डन स्पोर्ट क्लबका खेलाडी भाई रिकेश तामाङ लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त ...
07/06/2026

आज मिति २०८३/०२/२४ गते, मण्डन स्पोर्ट क्लबका खेलाडी भाई रिकेश तामाङ लाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सधैं सुख, शान्ति, सफलता र उत्तरोत्तर प्रगतिले भरिपूर्ण रहोस्। खेलकुद क्षेत्रमा अझ धेरै सफलता हासिल गर्दै आफ्नो प्रतिभाले क्लब, समाज र देशको नाम उच्च बनाउन सक्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

जन्मदिनको धेरै धेरै शुभकामना भाई रिकेश तामाङ! 🎂

30/05/2026
१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा काभ्रेपलाञ्चोक जिल्ला छात्र तर्फ दोस्रो स्थान हासिल...
29/05/2026

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा काभ्रेपलाञ्चोक जिल्ला छात्र तर्फ दोस्रो स्थान हासिल गर्न सफल भएकोमा सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगी सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना। ❤️🏆

तपाईंहरूको मेहनत, संघर्ष र टिमवर्ककै परिणामस्वरूप यो सफलता सम्भव भएको हो। आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै काभ्रेलाई थप गौरवान्वित बनाउन सफल हुनुहोस्। 💪⚽🥈

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा धादिङका छात्र र छात्रा दुवै टोलीले स्वर्ण पदक जितेक...
29/05/2026

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ मा धादिङका छात्र र छात्रा दुवै टोलीले स्वर्ण पदक जितेका छन् 🏆❤️

29/05/2026

Dhading Titans vs lalitpur

मेरो लागि मण्डन स्पोर्ट क्लब केवल एउटा क्लब मात्र होइन, यो मेरो भावना, संघर्ष, सपना र गर्व हो।म यस क्लबको पहिलेको सम्पाद...
25/05/2026

मेरो लागि मण्डन स्पोर्ट क्लब केवल एउटा क्लब मात्र होइन, यो मेरो भावना, संघर्ष, सपना र गर्व हो।

म यस क्लबको पहिलेको सम्पादक र अहिले सबैको मन जित्दै सदस्यसम्म पुग्न सफल भएको छु। यो यात्राले मलाई धेरै कुरा सिकाएको छ र यो क्लबप्रति मलाई सधैं गर्व रहनेछ।

हाम्रो कथा २०७८ सालबाट सुरु भएको हो। त्यस समय हामी केही युवा साथीहरू मिलेर मण्डनदेउपुरबाट कबड्डी खेलमा लागेका थियौं।

हाम्रो टिम निकै राम्रो थियो र हामीले विभिन्न ठाउँमा खेल्दै मण्डनदेउपुरको नाम राख्न सफल भयौं।
२०७९ सालमा जिल्ला खेलकुदले आयोजना गरेको खेलमा हाम्रो टोली सहभागी भयो र हामी तेस्रो हुन सफल भयौं। त्यसपछि हाम्रो मण्डनदेउपुर नगरपालिकाबाट धेरै खेलाडीहरू बागमती Level सम्म पुग्न सफल भए। तर त्यहाँ पुगेपछि धेरैले “मण्डनदेउपुर कहाँ पर्छ?” भनेर सोध्ने गर्थे।

त्यही बेला हामीले कक्षा ९ मा हुँदा एउटा ठूलो सोच बनायौं—
“हाम्रो मण्डनलाई चिनाउने काम हामी युवाले नै गर्ने हो।”

त्यसपछि हामी सबै साथीहरू मिलेर यो क्लब स्थापना गर्न सफल भयौं। सुरुको एक वर्षसम्म क्लब कुनै ठाउँमा दर्ता पनि थिएन। तर पनि हामीले हिम्मत हारेनौं।

२०८० सालमा हामीले “मण्डन कबड्डी कप” आयोजना गर्‍यौं। त्यो समयमा हामीलाई साथ दिनुहुने आदरणीय श्री नारायण प्रसाद ढकाल सरप्रति विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले हरेक कुरामा साथ, सहयोग र हौसला दिनुभयो। त्यही अनुभवसँगै हामीले धेरै कुरा सिक्दै अघि बढ्यौं।

हामीले हाम्रो २०८१ सालमा क्लबलाई काभ्रे जिल्ला खेलकुद विकास समितिमा दर्ता गर्न पनि सफल भयौं। त्यो हाम्रो क्लबको यात्रामा एउटा महत्वपूर्ण उपलब्धि थियो। ❤️

बिस्तारै हाम्रो मण्डन र क्लबलाई धेरै मानिसहरूले चिन्न थाले। त्यसपछि २०८१ सालमा हामीले “SEE Kabaddi Cup” आयोजना गर्‍यौं, जुन काभ्रे जिल्लामै ठूलो र सफल प्रतियोगितामध्ये एक बन्न सफल भयो।

त्यसपछि २०८२ सालमा हामीले “Kavre +2 Kabaddi Cup” पनि आयोजना गर्‍यौं। त्यो प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भयो।
आज हामीले दुःख, मेहनत र एकताको बलमा यो क्लबलाई यहाँसम्म पुर्‍याएका छौं।

सायद आज काभ्रेको नम्बर १ क्लबको रूपमा चिनिने क्लबमध्ये हाम्रो क्लब पनि एक हो भन्ने मलाई विश्वास लाग्छ।

यो यात्रामा साथ दिनुहुने सम्पूर्ण खेलाडी भाइहरू, समितिका सदस्यहरू, सहयोगी हातहरू र शुभचिन्तकहरूप्रति मनदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु।

आगामी दिनहरूमा पनि मण्डन स्पोर्ट क्लब अझ ठूलो सफलता, सम्मान र उचाइमा पुग्न सकोस् भन्ने मेरो ठूलो आशा छ। ❤️

✍️ लेखक : समीर श्रेष्ठ
मण्डन स्पोर्ट क्लब
सदस्य तथा सम्पादक

हाम्रो चन्डेनी बजारमा पहिले पोलभन्दा माथिको बोटमा बत्ती राखिएको थियो भने अहिले छलफल र सल्लाह अनुसार बत्ती तलको पोलमै राख...
24/05/2026

हाम्रो चन्डेनी बजारमा पहिले पोलभन्दा माथिको बोटमा बत्ती राखिएको थियो भने अहिले छलफल र सल्लाह अनुसार बत्ती तलको पोलमै राखिएको जानकारी गराइन्छ।
यसले बजार क्षेत्रमा उज्यालो व्यवस्थापन अझ सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

अबको लक्ष्य भनेको राम्रो व्यवस्थापन, बलियो टिम निर्माण र दर्शकलाई आकर्षित गर्ने शानदार प्रतियोगिता आयोजना गर्नु हो । काभ...
21/05/2026

अबको लक्ष्य भनेको राम्रो व्यवस्थापन, बलियो टिम निर्माण र दर्शकलाई आकर्षित गर्ने शानदार प्रतियोगिता आयोजना गर्नु हो ।

काभ्रे, सिन्धुपाल्चोक र बागमती क्षेत्रका चर्चित क्लबहरू सहभागी भएमा प्रतियोगिता अझै रोमाञ्चक बन्नेछ ।

खेलकुद विकासको आधार, युवाशक्तिको पहिचान” भन्ने नारासहित मण्डन स्पोर्ट क्लब ले छिट्टै आधिकारिक जानकारी सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

Address

Mandandeupur Kavre 11
Kavre
109000222

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841993970

Website

Alerts

Be the first to know and let us send you an email when मण्डन स्पोर्ट क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मण्डन स्पोर्ट क्लब:

Share

Category