NPL Update

NPL Update Follow for more NPL Updates

Trishuli 3A Update | ६:०० बजे बिहानसुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी उद्धारमा खटिएका नेपाली सेनाबाट प्राप्त भएक...
04/09/2026

Trishuli 3A Update | ६:०० बजे बिहान

सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी उद्धारमा खटिएका नेपाली सेनाबाट प्राप्त भएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

आशा अझै जीवित छ—उद्धार टोलीको प्रयास जारी छ।

NPLUpdate BreakingUpdate

BREAKING: Quinton de K**k to Biratnagar Kings?South African star Quinton de K**k could be heading to the Biratnagar King...
03/09/2026

BREAKING: Quinton de K**k to Biratnagar Kings?

South African star Quinton de K**k could be heading to the Biratnagar Kings for NPL 2026, with discussions reportedly underway.

If the deal goes through, it could be a massive boost for the Kings and Nepal Premier League!

**k CricketNepal NepalPremierLeague NPLUpdate

बाल क्लबको अनुकरणीय सहयोग इलामको सन्दकपुर–३, सुलुबुङस्थित **इष्ट स्काई एकेडेमीको ‘इष्ट स्काई प्रगतिशील बाल क्लब’**ले भोट...
03/09/2026

बाल क्लबको अनुकरणीय सहयोग

इलामको सन्दकपुर–३, सुलुबुङस्थित **इष्ट स्काई एकेडेमीको ‘इष्ट स्काई प्रगतिशील बाल क्लब’**ले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु. २५ हजार ५ सय ६१ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गरेको छ।

बाल क्लबका अध्यक्ष आदित्य खतिवडाको नेतृत्वमा विद्यार्थीहरूले शिक्षक–शिक्षिकामार्फत रकम संकलन गरी राहत कोषमा जम्मा गरेका हुन्।

सानै उमेरमा देखाएको यस्तो सामाजिक उत्तरदायित्व, मानवीय भावना र सहयोगी सोच साँच्चिकै प्रशंसनीय छ।

बालबालिकाको यो सानो प्रयास, विपद्मा परेकाहरूका लागि ठूलो साथ बन्न सकोस्।

BalClub Nepal NPLUpdate HelpVictims

02/09/2026

भोटेकोशी बाढीबारे संसद भवनमा बोले बालेन शाह 🇳🇵

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै बालेन शाहले संसद भवनमा बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका विषयमा आफ्नो धारणा राखेका छन्।

“विपद्को यो कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ।”

NepalUpdate Rescue Relief

भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सो...
02/09/2026

भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सोध्नुभएछ, “प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस्।”
गेटमा रहेका नेपाल प्रहरीका साथीहरूले प्रधानमन्त्री कार्यालयमा फोन गर्नुभएछ । फोन घुम्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयमा रोशन तामाङजीकहाँ पुग्यो। रोशनजीले संक्षिप्त भूमिका बाँध्दै मलाई सोध्नुभयो, “पैसा त अर्थमन्त्रीज्यूले लिने हो नि, होइन र ?” मैले भनेँ, “हो।”
“उसै भए म अर्थ मन्त्रालयमा बुबालाई पठाउँछु,” रोशनजीले भन्नुभयो। त्यसपछि दक्षिण गेटकै प्रहरी साथीले धनपति बुबालाई अर्थ मन्त्रालय लिएर आउनुभयो। उहाँलाई अर्थमन्त्रीज्यूको बैठक कोठामा बसाइयो। राहत रकम लिनमै व्यस्त र भीडभाडयुक्त मन्त्रालयमा अलि बेरको पर्खाइपछि धनपति बुबाको पालो आयो। उहाँलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा लगियो। उहाँलाई देखेर उहाँलाई धन्यवाद भन्न अर्थमन्त्री धनपति बुबा बसेकै ठाउँमा आउनुभयो।
अर्थमन्त्रीले सोध्नुभयो, “यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ?”
धनपति बुबाले भन्नुभयो, “हो।”
जीवनको लामो समय नोकरीका लागि भारतमा बिताउनुभएका धनपति बुबा छोराछोरी पढेर हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्कनुभएको रहेछ। छोराछोरीले प्रगति गरेर काठमाडौँमा राम्रो प्रबन्ध गरेपछि बुटवलबाट काठमाडौँ सरेर सिनामङ्गल बस्दै आउनुभएको कुरा बुबाले बताउनुभयो। जब मुलुकमा ठूलो सङ्कट आइपर्छ, उहाँ आफ्नो व्यक्तिगत खाताको चेक काटेर खुरुखुरु सिंहदरबार आउनुहुँदो रहेछ।
बुझ्दै जाँदा थाहा भयो, यसपटकसहित उहाँले सरकारलाई गरेको यो तेस्रो सहयोग हो। उहाँको सहयोग रकममा अनौठो सङ्ख्या छ— ७,७७,७७७ अर्थात् रु. ७ लाख ७७ हजार ७ सय ७७ रुपियाँ। यो संयोगको राज केहो हामीले सोध्न भ्यानाैँ ।
७८ वर्षीय वयोवृद्ध बुबाले थमाउनुभएको चेक समातेर अर्थमन्त्रीले यो रकम गलत ठाउँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप प्रस्ट्याउँदै भन्नुभयो, “यो रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने गरी सिधै जिल्लाका पालिकाहरुमा जान्छ। धेरै-धेरै धन्यवाद बुबा! अब यो चेक सिधै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुन्छ।”
जवाफमा धनपति बुबाले भन्नुभयो, “हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै-खोज्दै आएको।”


मानवताको उदाहरण : नेपालका ‘Mr. Beast’काठमाडौंस्थित Tomato Store का सञ्चालक सूरज र वर्षाले भोटेकोशी बाढीपीडितका लागि करिब...
31/08/2026

मानवताको उदाहरण : नेपालका ‘Mr. Beast’

काठमाडौंस्थित Tomato Store का सञ्चालक सूरज र वर्षाले भोटेकोशी बाढीपीडितका लागि करिब रु. ५० लाख बराबरका लत्ताकपडा, जुत्तालगायत आवश्यक सामग्री तथा रु. १० लाख नगद सहयोग गर्ने घोषणा गरेका छन्।

उनीहरूले यो सहयोग बिचौलिया वा कुनै संस्थामार्फत नभई सिधै वास्तविक पीडित परिवारसम्म पुर्‍याउने बताएका छन्।

सूरज र वर्षाले अहिलेका लागि यति सहयोग गर्ने र आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोग गर्दै जाने बताएका छन्।

अरूको दुःखमा आफ्नो खुसी बाँड्नु नै साँचो मानवता हो।
यही कारण उनीहरूलाई धेरैले ‘Mr. Beast of Nepal’ भनेर समेत चिन्ने गरेका छन्।

भोटेकोशी बाढीपीडितको दुःखमा साथ दिएकोमा सूरज र वर्षालाई हार्दिक सम्मान तथा धन्यवाद।

RasuwaFlood HelpVictims Humanity Nepal NepalNews नेपाल

31/08/2026

लाङटाङ हाइड्रो सुरुङ (Tunnel) मा रेकी (Recce/पूर्व निरीक्षण) तथा खोज पट्रोल (Search Patrol) सञ्चालन।

30/08/2026

टनेल भेटियो, उद्धारका लागि प्रवेशको तयारी

त्रिशूली–३ ‘ए’ (६० मेगावाट) जलविद्युत आयोजनाको Inlet Portal सम्म उद्धार टोली पुग्न सफल भएको छ। अहिले टनेलभित्र प्रवेश गर्न बाटो सफा गर्ने (Clearance) काम भइरहेको र त्यसपछि उद्धारकर्मीहरू भित्र जाने तयारी भइरहेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NPL Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share