लेम तमू लाम्छाने गुरुङ समाज Lem Tamu-Lamchhane Gurung- Samaj

  • Home
  • Nepal
  • Kathmandu
  • लेम तमू लाम्छाने गुरुङ समाज Lem Tamu-Lamchhane Gurung- Samaj

लेम तमू लाम्छाने गुरुङ समाज Lem Tamu-Lamchhane Gurung- Samaj लेम तमू (लाम्छाने गुरुङ) समाज
Lem Tamu(Lamchhane Gurung) Samaj
"To unite and identify all Lamchhane Gurung brothers and sisters in Nepal and around the world."

लेम तमू (लाम्छाने गुरुङ) समुदायलाई हार्दिक निमन्त्रण!लेम तमू (लाम्छाने गुरुङ) समाजद्वारा आयोजना हुने “पाँचौं वार्षिक साध...
31/03/2026

लेम तमू (लाम्छाने गुरुङ) समुदायलाई हार्दिक निमन्त्रण!

लेम तमू (लाम्छाने गुरुङ) समाजद्वारा आयोजना हुने “पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन” भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको व्यहोरा सबैमा सादर जानकारी गराइन्छ।

मिति: २०८२ साल चैत्र २८ गते, शनिबार (तदनुसार ११ अप्रिल २०२६)
समय: बिहान ९ः०० बजेदेखि
स्थान: सिल्भर प्लेट पार्टी प्यालेस, पोखरा महानगरपालिका–९, महेन्द्रपुल

उक्त कार्यक्रममा सम्पूर्ण लेम तमू (लाम्छाने गुरुङ) समुदायका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रण व्यक्त गर्दछौं।

लेम तमू (लाम्छाने गुरुङ) समाज
केन्द्रीय कार्यसमिति
काठमाडौं

हार्दिक श्रद्धाञ्जली !!!लेम तमू (लाम्छाने गुरुङ) समाजका केन्द्रिय सल्लाहकार आदरणिय खगेन्द्रजङ्ग गरूङज्यू आज बिहान नर्भिक...
16/06/2025

हार्दिक श्रद्धाञ्जली !!!

लेम तमू (लाम्छाने गुरुङ) समाजका केन्द्रिय सल्लाहकार आदरणिय खगेन्द्रजङ्ग गरूङज्यू आज बिहान नर्भिक अस्पतालमा ९५ बर्षको उमेरमा स्वर्गारोहण हुनुभयो । लमजुङ जिल्ला घनपोखरा निवासी उहाँ एक निडर, अध्ययनशील र अग्रगामी सोचका व्यक्तित्व हुनु हुन्थ्यो । उहाँ टंक प्रसाद आचार्यको मन्त्रिपरिषदमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनु भएको थियो (३ मार्च १९५७ देखि २६ जुलाई १९५७सम्म) । ततकालिन राजा महेन्द्रको चिठी लिएर चीनमामा माओत्सेतुङलाई भेट्न जानुभएका उहाँको जीवन देशको सेवामा समर्पित थियो ।
लेम तमू (लाम्छाने गुरुङ) समाजको लागि उहाँको योगदान असाधै महत्वपूर्ण थियो । हामी उहाँको यो योगदानको उच्च सम्मान गर्छौँ ।
दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित, शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्द्छौ ।

क्याप्टेन ओम गुरुङ
तथा
लेम तमू (लाम्छाने गुरुङ) समाज परिवार।

लेम तमू (लाम्छाने गुरुङ) समाजको तेस्रो केन्द्रिय वार्षिक साधारण सभामा समाजका अध्यक्ष क्यापटेन ओम गुरुङज्यू आफ्नो मन्तब्य...
12/06/2025

लेम तमू (लाम्छाने गुरुङ) समाजको तेस्रो केन्द्रिय वार्षिक साधारण सभामा समाजका अध्यक्ष क्यापटेन ओम गुरुङज्यू आफ्नो मन्तब्य दिदै।

लेम तमू (लाम्छाने गुरुङ) समाजको तेस्रो केन्द्रिय वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न।
12/06/2025

लेम तमू (लाम्छाने गुरुङ) समाजको तेस्रो केन्द्रिय वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न।

लेम तमू (लाम्छाने गुरुङ) समाजको लोगो यस्तो छ।
12/06/2025

लेम तमू (लाम्छाने गुरुङ) समाजको लोगो यस्तो छ।

Address

Mitranagar, Gongabu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when लेम तमू लाम्छाने गुरुङ समाज Lem Tamu-Lamchhane Gurung- Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share