08/05/2026
🎉🎉🎉
क्रिकेट एक्सिलेन्स सेन्टर (CEC) बन्यो “Budhanilkantha Municipality Presents Budhanilkantha Cricket Cup 2026” को च्याम्पियन
काठमाडौं । Budhanilkantha Municipality Presents Budhanilkantha Cricket Cup 2026 को उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (CEC) ले जितेको छ । देशभरका १२ उत्कृष्ट टोलीहरूको सहभागितामा सुरु भएको प्रतियोगिताको फाइनलमा दुई क्रिकेटिङ शक्तिशाली टोली — काठमाडौं क्रिकेट एकेडेमी (KCA) र क्रिकेट एक्सिलेन्स सेन्टर (CEC) — बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । अन्ततः CEC ले शानदार प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमायो ।
फाइनल खेलमा पहिले ब्याटिङ गरेको काठमाडौं क्रिकेट एकेडेमी (KCA) ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनायो । KCA का लागि आरोन जंग जीले २६ रन, निर्देशण के. ले २१ रन तथा राम कृष्ण पी. ले १६ रनको योगदान दिए ।
CEC का बलरहरूले सुरुदेखि नै दबाब सिर्जना गरेका थिए । दीपेन्द्र डी. ले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने निमा टी. ले २ तथा प्रसिद्ध जे. ले १ विकेट हात पारे ।
९६ रनको लक्ष्य पछ्याएको CEC ले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ११.१ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । हेमराज एस. ले ४२ रनको आकर्षक इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डोर्याए भने बुद्धिमान बी. ले १७ रन र जमाल आर. ले १० रन जोडे ।
KCA का लागि जीवन बी. र अभिषेक बी. ले समान २/२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
प्रतियोगिताभर उत्कृष्ट प्रतिस्पर्धा देखिएको यस संस्करणले युवा क्रिकेट प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मंच प्रदान गरेको आयोजकले जनाएको छ । Budhanilkantha Cricket Academy, Kings Cricket Academy तथा Tri Kalpa Events को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताले काठमाडौं उपत्यकाको उमेर समूह क्रिकेटमा नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ ।
फाइनल खेलमा दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिताको लोकप्रियता झन् बढाएको थियो । उत्कृष्ट व्यवस्थापन, प्रतिस्पर्धात्मक खेल र युवा प्रतिभाको चमकसँगै Budhanilkantha Cricket Cup 2026 सफलतापूर्वक सम्पन्न भएको छ ।