Sow - Sports Of World

Sow - Sports Of World Thank you for visiting our page

शक्ति गौचनकी छोरी कस्तुर गौचनको उत्कृष्ट डेब्युनेपाली क्रिकेट टोलीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनकी छोरी कस्त...
05/06/2026

शक्ति गौचनकी छोरी कस्तुर गौचनको उत्कृष्ट डेब्यु

नेपाली क्रिकेट टोलीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनकी छोरी कस्तुर गौचनले प्रधानमन्त्री कप महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट डेब्यु गर्दै प्रभावशाली प्रदर्शन गरेकी छन्।

कस्तुरले आफ्नो पहिलो खेलमै अविजित ४५ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाइन्। जिम्मेवार ब्याटिङ प्रदर्शनमार्फत उनले आफ्नो क्षमता र सम्भावनाको स्पष्ट संकेत दिएकी छन्।

नेपाली क्रिकेटमा लामो समय योगदान दिएका शक्ति गौचनको विरासतलाई अघि बढाउँदै कस्तुरले पनि क्रिकेट यात्राको सुखद सुरुवात गरेकी छन्। उनको यो प्रदर्शनले नेपाली महिला क्रिकेटमा नयाँ प्रतिभाको रूपमा आशा जगाएको छ।

सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज सम्पन्न समूह ‘B...
05/06/2026

सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज सम्पन्न समूह ‘B’ को खेलमा हङकङले ओमानलाई १५४ रनको विशाल अन्तरले पराजित गर्दै समूह विजेता बनेपछि ओमान उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो।

समूह ‘A’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले अब आइतबार बिहान ७:१५ बजे ओमानको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा सोहि दिन हङकङ र मलेसिया भिड्नेछन्।

समुह चरणमा नेपालले चिनलाई २२१ रनले तथा मलेसियालाई १६७ रनले पराजित गरेको थियो।

सेमीफाइनल प्रवेश गरेका नेपाल सहित मलेसिया, हंगकंग र ओमान एसियन गेम्समा छनोट भइसकेका छन्।




Pic: Wickets Nepal

Nora Fatehi and Ishowspeed are set to perform at the opening ceremony of the FIFA World Cup 2026. 🔥 😮
05/06/2026

Nora Fatehi and Ishowspeed are set to perform at the opening ceremony of the FIFA World Cup 2026. 🔥 😮

सुर्खेतको वीरेन्द्रनगर स्थित कर्णाली प्रदेश रंगशालामा कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप-२०८३ को फाइनलमा आज जुम्ला र वी...
05/06/2026

सुर्खेतको वीरेन्द्रनगर स्थित कर्णाली प्रदेश रंगशालामा कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप-२०८३ को फाइनलमा आज जुम्ला र वीरेन्द्रनगर, सुर्खेतबीच प्रतिस्पर्धा भएको छ। कर्णालीमा लामो समयपछि फुटलबल प्रतियोगिताको फाइनलमा दर्शकको उल्लेख्य उपस्थिति थियो। तस्विर सौजन्य - चिरन आचार्य

Popular YouTuber IShowSpeed’s new 2026 World Cup song gets official recognition from FIFA as it is included in their off...
05/06/2026

Popular YouTuber IShowSpeed’s new 2026 World Cup song gets official recognition from FIFA as it is included in their official album. 😮

Nepal will tour Jersey ahead of the ICC Men’s Cricket World Cup League 2 tri-series in the Netherlands. 🏏The Rhinos will...
04/06/2026

Nepal will tour Jersey ahead of the ICC Men’s Cricket World Cup League 2 tri-series in the Netherlands. 🏏

The Rhinos will also play two ODI practice matches against Jersey on July 13 & 15 at NCC Grainville. 🔥



Pic: The Cricket Nerd

कप्तान किरण र कन्चनको जोडीलाई बधाई।राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्रीलाभ भएको छ। किर...
04/06/2026

कप्तान किरण र कन्चनको जोडीलाई बधाई।

राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्रीलाभ भएको छ। किरण पत्नी कन्चन निरौलाले मंगलबार दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छिन्।

🚨 ANOTHER MASSIVE WIN FOR NEPAL! Nepal defeat Malaysia by a convincing margin of 167 runs 🇳🇵Nepal finish the group stage...
04/06/2026

🚨 ANOTHER MASSIVE WIN FOR NEPAL! Nepal defeat Malaysia by a convincing margin of 167 runs 🇳🇵

Nepal finish the group stage unbeaten in the Asian Games Qualifiers. They will now face either Hong Kong or Oman in Semi-Final 1 on June 7.

Pic : Troll Cricket Nepal

कुशल भुर्तेलको लगातार शतकमा नेपालले मलेसियासामु विशाल योगफल प्रस्तुत गरेको छ । नेपाल लगातार जितका साथ समूह विजेता बन्ने ...
04/06/2026

कुशल भुर्तेलको लगातार शतकमा नेपालले मलेसियासामु विशाल योगफल प्रस्तुत गरेको छ । नेपाल लगातार जितका साथ समूह विजेता बन्ने लक्ष्यमा छ ।

Pic: Hamro Khelkud

Asian Games Qualifiers मा आज नेपालले मलेसियासग खेल्दै छ। खेल दिउसो १२:१५ मा सुरु हुनेछ।    🇳🇵🇳🇵😍नेपाल र मलेसियाबीच आज भि...
04/06/2026

Asian Games Qualifiers मा आज नेपालले मलेसियासग खेल्दै छ। खेल दिउसो १२:१५ मा सुरु हुनेछ।
🇳🇵🇳🇵😍

नेपाल र मलेसियाबीच आज भिडन्त, समूह विजेता बन्ने दाउमा दुवै टोली!

एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। दुवै टोलीले पहिलो खेलमा चीनलाई सहज रूपमा हराउँदै विजयी सुरुआत गरेका थिए।

हेड-टु-हेड तथ्याङ्क हेर्दा नेपाल स्पष्ट रूपमा बलियो देखिन्छ। हालसम्म भएका १० टी–२० अन्तर्राष्ट्रिय भेटमध्ये नेपालले ९ खेल जितेको छ भने मलेसियाले केवल १ खेल आफ्नो पक्षमा पारेको छ। पछिल्ला भेटहरूमा पनि नेपालले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

आजको खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्नेछ। यद्यपि नेपाल र मलेसिया दुवैले सेमिफाइनल पुग्दै २०२६ एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्, त्यसैले यो खेल समूहको शीर्ष स्थानका लागि विशेष महत्त्वपूर्ण हुनेछ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sow - Sports Of World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category