Nepali Sports

Nepali Sports नेपाली खेलकुद सम्बन्धि ताजा अप्डेटका लागि लाईक/फ्लो गरेर हामी (Nepali Sports) सँग जोडिनु होला ! Thank You !!

नेपाली क्रिकेटका ९ राष्ट्रिय खेलाडी ‘टिम एक्सट्रिम’मा आबद्धनेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामा...
04/10/2026

नेपाली क्रिकेटका ९ राष्ट्रिय खेलाडी ‘टिम एक्सट्रिम’मा आबद्ध
नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामा खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले एक्सट्रिम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीलाई ‘टिम एक्सट्रिम’को सदस्यका रूपमा आबद्ध गरेको छ।

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रिम’का सदस्य बनेका छन्। सम्झौतापछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रिम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सट्रिम इनर्जी ड्रिंकले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा खेलाडीहरूको सहभागिता रहनेछ।

नेपाली क्रिकेट खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राख्दै गरिएको यस सहकार्यले नेपाली क्रिकेटको विकास तथा खेलाडी र समर्थकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

🚨 विश्वकप क्वालिफायर प्ले–अफ नेपालमा हुन सक्ने 🏏🇳🇵आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ डिसेम्बर १ देखि २२, २०२६ सम्...
04/10/2026

🚨 विश्वकप क्वालिफायर प्ले–अफ नेपालमा हुन सक्ने 🏏🇳🇵

आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ डिसेम्बर १ देखि २२, २०२६ सम्म आयोजना हुने तय भए पनि यसको आयोजनास्थल भने अझै टुंगो लागेको छैन। पछिल्लो रिपोर्टअनुसार नेपाल पनि प्रतियोगिता आयोजना गर्न दाबेदारमा रहेको बताइएको छ।

प्ले–अफबाट शीर्ष चार टोली दक्षिण अफ्रिका र नामिबियामा फेब्रुअरी २६ देखि मार्च २१, २०२७ सम्म हुने विश्वकप क्वालिफायरमा छनोट हुनेछन्। उक्त प्रतियोगिताको आयोजनाका लागि क्यानले आईसीसीसँग प्रस्ताव गरेको बुझिएको छ।

के नेपालले फेरि अर्को ठूलो आईसीसी प्रतियोगिता आयोजना गर्ने अवसर पाउला? 🏏🇳🇵🔥

इन्दु बर्माको टोली टोरन्टो सिक्सर्सले जित्यो क्यानडा सुपर ६० को उपाधि, जितमा इन्दुको महत्त्वपूर्ण योगदान नेपाली महिला रा...
04/10/2026

इन्दु बर्माको टोली टोरन्टो सिक्सर्सले जित्यो क्यानडा सुपर ६० को उपाधि, जितमा इन्दुको महत्त्वपूर्ण योगदान

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्माको टोली टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को उपाधि जितेको छ । फाइनलमा भ्यानकुभर वारियर्सलाई ६ विकेटले हराउँदै टोरन्टोले उपाधि जितेको हो ।

टोरन्टोको उपाधि जितमा नेपालकी कप्तान इन्दुको प्रदर्शन महत्वपूर्ण रह्यो । बलिङमा उनले २ ओभरमा २८ रन दिए पनि भ्यानकुभर वारियर्सकी प्रमुख ब्याटर मारिजान कापको महत्वपूर्ण विकेट लिइन् । त्यस्तै, ब्याटिङतर्फ इन्दुले १३ बलमा अविजित १८ रन बनाउँदै जितका लागि महत्त्वपूर्ण योगदान दिइन् ।

एनपीएलका लागि भारतका अय्यर पोखरा एभेन्जर्समा पोखरा एभेन्जसले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि भारतका श्...
03/10/2026

एनपीएलका लागि भारतका अय्यर पोखरा एभेन्जर्समा

पोखरा एभेन्जसले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि भारतका श्याम अय्यरलाई पर्फर्मेन्स एनालिस्टमा नियुक्त गरेको छ । उनी त्यसका लागि नेपाल आइपुगिसकेका छन् । अय्यर छिट्टै क्लोज क्याम्पमा सहभागी हुनेछन् ।

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियन गेम्स क्रिकेटको स्वर्ण पदक 🏏🇮🇳🥇जापानमा आज सम्पन्न भएको २०औं सस्करणको एसियन गेम्...
03/10/2026

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियन गेम्स क्रिकेटको स्वर्ण पदक 🏏🇮🇳🥇

जापानमा आज सम्पन्न भएको २०औं सस्करणको एसियन गेम्स क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ । आज भएको फाइनल खेलमा उसले पाकिस्तानलाई १९ रनले हरायो । जितका लागि २१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।

प्रतिस्पर्धात्मक खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गर्दै भारतले लगातार दोस्रो पटक पुरुष क्रिकेटको स्वर्ण पदक जितेको हो । महिला क्रिकेटतर्फको स्वर्ण पदक पनि भारतले नै जितेको थियो । 🏏🇮🇳🔥

एसियन गेम्सको स्वर्ण पदकका लागि भारतको विशाल चुनौती, पूरा गर्न सक्ला त पाकिस्तान ?  🇮🇳⚔️🇵🇰स्वर्ण पदकका लागि जारी भारत–पा...
03/10/2026

एसियन गेम्सको स्वर्ण पदकका लागि भारतको विशाल चुनौती, पूरा गर्न सक्ला त पाकिस्तान ? 🇮🇳⚔️🇵🇰

स्वर्ण पदकका लागि जारी भारत–पाकिस्तान फाइनलमा भारतले २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार गरेको छ। भारतका लागि अभिषेक शर्मा ६१ रन (२८ बल), तिलक वर्मा ५१ रन (२२ बल)* र शिवम दुबे २७ रन (१५ बल) ले उत्कृष्ट ब्याटिङ गरे।

अब पाकिस्तानसामु स्वर्ण पदक जित्न २१२ रनको कठिन लक्ष्य छ। के पाकिस्तानले यो विशाल लक्ष्य पछ्याउँदै स्वर्ण जित्ला? 🏏🏆🔥

🚨 बंगलादेशलाई हराउँदै श्रीलंकाले जित्यो कांस्य पदक 🇱🇰🥉जापानमा जारी एसियन गेम्स-२०२६ मा श्रीलंकाले कांस्य पदक जितेको छ । ...
03/10/2026

🚨 बंगलादेशलाई हराउँदै श्रीलंकाले जित्यो कांस्य पदक 🇱🇰🥉

जापानमा जारी एसियन गेम्स-२०२६ मा श्रीलंकाले कांस्य पदक जितेको छ । आज बंगलादेशविरुद्ध ६३ रनको जित निकाल्दै श्रीलंकाले कांस्य पदक जितेको हो ।

भारतविरुद्ध मात्र ४५ रनमा अलआउट भएपछि बंगलादेशविरुद्ध पनि श्रीलंका २४/४ को कठिन अवस्थामा पुगेको थियो । तर अन्तिम ७ ओभरमा शानदार कमब्याक गर्दै श्रीलंकाले खेल आफ्नो पक्षमा फर्कायो । श्रीलंकाविरुद्ध जितका लागि १६६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.३ ओभरमा १०२ रनमा अलआउट भयो । 🏏👏🔥

कप्तान इन्दु बर्माको उत्कृष्ट बलिङ, टोरन्टो सिक्सर्स फाइनलमा प्रवेशक्यानडा सुपर ६० मा नेपाली राष्ट्रिय महिला टोलीकी कप्त...
03/10/2026

कप्तान इन्दु बर्माको उत्कृष्ट बलिङ, टोरन्टो सिक्सर्स फाइनलमा प्रवेश

क्यानडा सुपर ६० मा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले राम्रो प्रदर्शनलाई निरन्तरता दिएकी छन् । प्रतियोगिताको तेस्रो खेलमा इन्दुले भ्यानकुभरविरुद्ध १ विकेट लिन सफल भएकी छन् ।

उनको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै भ्यानकुभरविरुद्धको एलिमिनेटर खेलमा ९ विकेटको शानदार जित हात पारेको छ । यससँगै इन्दुको टोली टोरन्टो सिक्सर्स गएरातिको जितसँगै फाइनलमा प्रवेश गरेको छ ।

🚨 इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने 🏏🇳🇵इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीलाई ...
03/10/2026

🚨 इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने 🏏🇳🇵

इंग्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीलाई जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । विश्वस्तरीय अनुभव, आक्रामक ब्याटिङ र ठूला खेलको अनुभव बोकेर मोइन जनकपुरको टोलीमा थपिएका छन् । यससँगै मोइन अलीको आगमनले जनकपुर बोल्ट्सको टोलीमा थप अनुभव, शक्ति र स्टार पावर थपिएको छ । 🔥⚡

02/10/2026

आगामी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा, कुशल-सोमपाल फेरि बाहिर रहँदा कुन कुन खेलाडीले पाए टिममा मौका ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share