26/08/2026
रसुवा लगायत धादिङ, नुवाकोट, चितवन तथा देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति ई स्पोर्ट्स संघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ। यस विपदमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस कठिन समयमा सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई एकअर्काको साथ दिन, आवश्यकतामा परेकाहरूलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न र सम्भव भएसम्म राहत तथा उद्धार कार्यमा हातेमालो गर्न हार्दिक आग्रह गर्दछौँ।
साथै, अपुष्ट सूचना तथा अफवाह नफैलाऔँ। जोखिमपूर्ण नदी तथा खोलाका किनार र अन्य सम्भावित जोखिम क्षेत्रमा नजाऔँ, सतर्क रहौँ र सुरक्षित रहौँ।
विपद्को घडीमा साथ, सहयोग र एकता नै हाम्रो शक्ति हो।
रसुवा लगायत सम्पूर्ण प्रभावित क्षेत्रका नागरिकहरूको सुरक्षा र सकुशलताको हार्दिक कामना गर्दछौँ।
- ई स्पोर्ट्स संघ नेपाल - ESAN