Juntara Khabar

Juntara Khabar नेपालको भरपर्दो अनलाइन संचार माध्यम We provide all sports News

04/06/2026

बालेनको बोली नै अभि साप, सिमानाका २ हजार बढी जंगे पिलर नै गायब, कार्यदलका ५ खुलासाले बिश्वभर तरंग

**💔 बालेन सरकारकाे अत्या चार,  कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने सुकुमवासी भेषबहादुर दर्जीको वीर अस्पतालमा दुखद निधन!**...
04/06/2026

**💔 बालेन सरकारकाे अत्या चार, कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने सुकुमवासी भेषबहादुर दर्जीको वीर अस्पतालमा दुखद निधन!**
सुकुमवासी बस्तीबाट विस्थापित भई कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा बिहीबार निधन भएको छ। व्यवस्थापन विना बालेन सरकारले सुकुम्वासी वस्तीमाथी डाेजर आत‌स मच्चाउँदा धेरैकाे विचल्ली भएकाे छ भने हालसम्म ३ जना मृत्यु भइसकेकाे छ।
लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीडित दर्जीको स्वास्थ्यमा अचानक थप जटिलता आएपछि परिवारले उनलाई वीर अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउँदा उनको फोक्सोमा पानी जमिसकेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूले उनलाई बचाउन आईसीयूमा राखेर उपचार गरे पनि अन्ततः उनलाई बचाउन सकिएन।
घरबास विहीन भएर होल्डिङ सेन्टरको कष्टकर जीवन बिताइरहेको ३ जनाको उनको सानो परिवारमा अहिले ठुलो बज्रपात आइलागेको छ। मृतक दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
विस्थापित र सुकुमवासी नागरिकहरूको उचित व्यवस्थापन र स्वास्थ्यमा राज्यको ध्यान कहिले पुग्ला? मृतक दर्जीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना! के बालेन सरकारले व्यवस्थापन विना यसरी सुकुम्वासी वस्तिमाथी डाेजर चलाउनु ठिक हाे त?
👉 ताजा र निष्पक्ष अपडेटका लागि **जुनतारा खबर** पेजलाई लाइक र फलो गर्नुहोला।

बालेनकाे पक्षमा खम्बाझैँ उभिए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई: ‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना...
04/06/2026

बालेनकाे पक्षमा खम्बाझैँ उभिए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई: ‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’

काठमाडौँ । नेपालले भारतकाे भुमि मिचेकाे छ भन्दा पनि पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई बालेनके पक्षमा उभिएका छन। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुस्तान्तरण भइसकेको दाबी गर्दै अब राजनीति फेरि पुरानै अवस्थामा फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै डा. भट्टराईले "नयाँको विकल्प झन् नयाँ मात्र हुन सक्ने" भन्दै पुराना शक्तिहरूतिर देश नफर्कने संकेत गरेका हुन्।

सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड:
नयाँ पार्टीको नयाँ सरकार बनेको सय दिन पनि नपुगेको स्मरण गराउँदै डा. भट्टराईले सरकारका गल्ती कमजोरीको आलोचना गरे पनि उसलाई पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिएका छन्। उनले अब कसैलाई पनि पुरानै अस्थिरताको फोहोरी खेल खेल्ने र देशलाई गरिबी तथा बेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट नरहेको चेतावनी समेत दिएका छन्।

राजनीति उही पुरानै दन्तबझानमा अल्झिनु विडम्बनापूर्ण:
संसद्‌मा भइरहेको अवरोध र राजनीतिक खिचातानीप्रति असन्तुष्टि जनाउँदै डा. भट्टराईले लेखेका छन्:
“देशको राजनीति उही पुरानै दन्तबझानमा अल्झिने, संसद् अवरुद्ध हुने, आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने सङ्केत देखिनु विडम्बनापूर्ण छ।”
संसद् ठप्प पारेर जनताका मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने खेल भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले राजनीतिक दलहरूलाई जिम्मेवार बन्न र देशलाई निकास दिन आग्रह गरेका छन्। तपाइकाे धारणा के छ, कमेन्ट गर्नुहाेला।

04/06/2026

पर्दाफास भयो रबी र बालेनको नक्कली राष्ट्रवादको असली मुखुण्डो, भारत पुग्दा सिमाबारे चुपचाप, प्रम शाहले संसदबाटै भने, नेपालले भारतको भुमी मिचेको छ

📌पुर्व गृहमन्त्री गुरुङकाे दा दा गिरि, हिरासतमै पुगेर दिए ध म्की: ‘सरकारविरूद्ध बाेले जे ल हाल्ने चेतावनी’काठमाडौँ । लिप...
04/06/2026

📌पुर्व गृहमन्त्री गुरुङकाे दा दा गिरि, हिरासतमै पुगेर दिए ध म्की: ‘सरकारविरूद्ध बाेले जे ल हाल्ने चेतावनी’

काठमाडौँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो भन्दै भारतीय दूतावास नजिक शान्तिपूर्ण रूपमा पम्पलेट प्रदर्शन गर्न पुगेका युवाहरूमाथि प्रहरी वृत्त लैनचौरको हिरासतभित्रै चरम राजनीतिक दबाब र धम्की दिइएको सनसनीपूर्ण खुलासा भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्ना अभियानकर्मीहरूमाथि हिरासतभित्रै दु र्व्यवहार र पूर्व गृहमन्त्रीबाटै ध म्की दिइएको गम्भीर आरोप लगाएको हो

प्रहरीको बल प्रयोग र नियन्त्रण:
विज्ञप्ति अनुसार लिपुलेक र कालापानीको विषयमा संवैधानिक हक प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका अभियानकर्मीहरू अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो। उनीहरूलाई काठमाडौँको प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को हिरासतमा राखिएको थियो।

हिरासतभित्रै पूर्वगृहमन्त्री गरुङको ध म्की: अभियानले दिएको जानकारी अनुसार युवाहरूलाई हिरासतमा राखेको करिब एक घण्टापछि सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ दलबलसहित थुनुवा कक्ष (हिरासत) भित्रै प्रवेश गरेका थिए। पूर्वगृहमन्त्री गुरुङले थुनुवा कक्षमै युवाहरूमाथि मानसिक दबाब सिर्जना गर्दै अत्यन्तै ध म्कीपूर्ण अभिव्यक्ति दिएका थिए। उनले युवाहरूलाई लक्षित गर्दै भनेका थिए:
"तपाईँहरू कोबाट परि चालित हुनुहुन्छ? यो अन्तिम मौका हो। अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ, सरकारविरुद्ध बोल्न बन्द गर्नुहोस्।"

मानवअधिकारको गम्भीर उल्लङ्घन र राजनीतिक हस्तक्षेप: अभियानले हिरासतमा रहेका बेला युवाहरूलाई आधारभूत मानवअधिकार अनुसार पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रहरी प्रशासनभित्र पूर्वगृहमन्त्री दलबलसहित छिरेर ध म्की दिनुले प्रहरीमाथि राजनीतिक प्रभाव र हस्तक्षेप नाङ्गो रूपमा देखिएको अभियानको ठहर छ। यो गतिविधि कानुनी शासन, नागरिक स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
निष्पक्ष छानबिनको माग:
अभियानका संयोजक सुनिल सिंह र सह–संयोजक अजय सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। अभियानले सांसद गुरुङ हिरासतमा प्रवेश गरेको र त्यहाँ भएका धम्कीपूर्ण गतिविधिबारे निष्पक्ष छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लङ्घन गर्ने दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता राजनीतिक हस्तक्षेप रोक्न प्रभावकारी व्यवस्था गर्न जोडदार माग गरेको छ। सुदन गुरुङयाे याे चेतावनी प्रति तपाईकाे धारणा के छ कमेन्ट गर्नुहाेला।

📌 राप्रपामा महा धक्का: चकनाचुर भयाे राजा ल्याउने सपना, धवल शम्शेरसहित १८३ जना नेताहरूले सामूहिक रूपमा छाडे पार्टी (सूचीस...
04/06/2026

📌 राप्रपामा महा धक्का: चकनाचुर भयाे राजा ल्याउने सपना, धवल शम्शेरसहित १८३ जना नेताहरूले सामूहिक रूपमा छाडे पार्टी (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टीमा ठुलो विभाजन आएको छ। पहिलो चरणमै राप्रपाका प्रभावशाली महामन्त्री धवल शम्शेर राणासहित १८३ जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।
काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी, केन्द्रीय सदस्य, तथा विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी र सदस्यहरू गरी कुल १८३ जनाले एकैसाथ राप्रपा छाडेको घोषणा गरेका हुन्।
यी हुन् पार्टी छाड्ने प्रमुख पदाधिकारीहरू: पार्टी परित्याग गर्ने शीर्ष नेताहरूमा राप्रपाका उपाध्यक्ष मुकुन्द श्याम गिरी र महामन्त्री धवल शम्शेर राणा रहेका छन्। यसैगरी पार्टी छाड्ने अन्य प्रमुख नेताहरूमा:
दिलनाथ गिरी
केशवराज श्रेष्ठ
नारायणप्रसाद कोइराला
सगुनसुन्दर लावती
धनसुर शाही
मीना शाही
दिलविकास राजभण्डारी
नानीमैया आचार्यलगायत रहेका छन्।
कारबाहीको बदला र नयाँ पार्टीको तयारी: पार्टी छाड्ने यी नेताहरूमध्ये अधिकांशलाई यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासनको कारबाही गरेका थिए। अध्यक्षको कार्यशैलीप्रति असन्तुष्ट बन्दै आएका नेताहरूले अन्ततः पार्टी नै त्याग्ने कठोर निर्णय लिएका हुन्। स्रोतका अनुसार पार्टी परित्याग गरेलगत्तै नेता धवल शम्शेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गर्ने तीव्र तयारी थालेका छन्। राप्रपामा आएको यो पहिरोले दक्षिणपन्थी राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।
राप्रपा नेताहरुकाे सामुहिक राजिनामाबारे तपाइकाे धारणा केछ कमेन्ट गर्नुहाेला
#राप्रपा ्शेर #राजनीति

माेदीकाे प्रस्तावले रवि लामिछाने चकित,  दोहोर्‍याए १२ वर्ष पुरानो यस्ताे कुरा, पुरा हाेला त?काठमाडौँ । भारतका प्रधानमन्त...
04/06/2026

माेदीकाे प्रस्तावले रवि लामिछाने चकित, दोहोर्‍याए १२ वर्ष पुरानो यस्ताे कुरा, पुरा हाेला त?
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबिच रहेका जलविद्युत्, विमानस्थल, र सीमा नाकालगायतका सम्पूर्ण समस्याहरूको सूची (लिस्ट) तयार पार्न नेपाललाई विशेष आग्रह गरेका छन्। बुधबार नयाँ दिल्लीमा नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको उच्चस्तरीय भेटघाटका क्रममा मोदीले नेपाल सरकारसँग सहकार्य गर्न आफू पूर्ण रूपमा उत्सुक रहेको र समस्या समाधानका लागि नेपालले समयसीमा तोकेरै सूची दिनुपर्ने कुरामा जोड दिएका हुन्।
रोचक कुरा त के छ भने, प्रधानमन्त्री मोदीले राखेको यो प्रस्ताव नयाँ भने होइन। यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा पनि उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई परिमार्जन र अद्यावधिक गर्नका लागि नेपालको तर्फबाट यथाशीघ्र विशिष्ट प्रस्ताव माग गरेका थिए। तर, नेपालका विभिन्न मन्त्रालयहरूबिच समन्वय अभाव र आवश्यक प्रमाण तथा कागजात संकलन हुन नसक्दा परराष्ट्र मन्त्रालयले १२ वर्ष बितिसक्दा पनि सो सूची भारतलाई बुझाउन सकेको छैन। जसका कारण सचिवस्तरीय बैठकहरू भए तापनि यो विषय सधैँ ओझेलमा पर्दै आएको छ।
यसैबिच, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद र १९5० को सन्धि इष्ट इन्डिया कम्पनीसँग जोडिएको भन्दै बेलायत सरकारको सहयोग लिने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिको काउन्टर गर्दै भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबिचको कुनै पनि असमझदारी दुई देश मिलेर मात्र समाधान गर्ने र यसमा तेस्रो पक्षको मध्यस्थता वा आवश्यकता नरहेको स्पष्ट पारेको छ।
सन् २०१४ को संयुक्त विज्ञप्ति अनुसार कालापानी र सुस्तासहितका सीमा विवाद समाधान गर्न प्राविधिक कार्य समूह गठन गरिएको थियो। त्यतिबेला भारतले ९८ प्रतिशत सीमामा सहमति भइसकेको दाबी गर्दै 'स्ट्रिप म्याप' मा हस्ताक्षर गर्न दबाब दिए पनि नेपाली पक्षले बाँकी रहेका सबै सीमा समस्या पूर्ण रूपमा समाधान नभएसम्म हस्ताक्षर नगर्ने अडान लिएको थियो। रवि लामिछानेसँगको पछिल्लो भेट र मोदीको यो पुरानै आग्रहले नेपाल-भारत कूटनीतिमा अब नेपालले कस्तो गृहकार्य गर्छ भन्ने कुरा निकै अर्थपूर्ण रहने देखिन्छ।
मुख्य बुँदाहरू:
१२ वर्ष पुरानो प्रस्ताव पुनः चर्चामा: मोदीद्वारा रवि लामिछानेसँगको भेटमा नेपाल-भारतबिचका समस्याहरूको सूची माग।
सन् २०१४ को कूटनीतिक पृष्ठभूमि: सन् २०१४ मा पनि मोदीले १९५० को सन्धि संशोधन र सीमा समस्या समाधानका लागि विशिष्ट प्रस्ताव मागेका थिए, जुन नेपालले हालसम्म बुझाउन सकेको छैन।
परराष्ट्र मन्त्रालयको ढिलासुस्ती: मन्त्रालयहरूबिच समन्वय नहुँदा १२ वर्षसम्म पनि सूची तयार हुन सकेन।
तेस्रो पक्षको हस्तक्षेप अस्वीकार: बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै भारतद्वारा दुई पक्षीय समस्यामा तेस्रो पक्षको आवश्यकता नरहेको प्रस्टीकरण।
रबी र माेदीकाे भेट र भारतीय पक्षकाे याे प्रस्ताव तपाइलाई कस्ताे लाग्याे?

नियमित र भरपर्दो समाचारका लागि हाम्रो फेसबुक पेज "जुनतारा खबर" लाई लाइक र फलो गर्न नभुल्नुहोला।

04/06/2026

प्रहरीको महा अप्रेसन, महानगरका शक्तिशाली मेयर नै प क्राउ, खुल्यो कारण

देशभर प्रहरीकाे महा अप्रेसन, ठाउँकाे ठाउँ १३ जना प क्राउ, धेरैकाे भागाभाग, काे हुन पक्राउ परेका ति शक्तिशाली डनहरु, काठम...
03/06/2026

देशभर प्रहरीकाे महा अप्रेसन, ठाउँकाे ठाउँ १३ जना प क्राउ, धेरैकाे भागाभाग, काे हुन पक्राउ परेका ति शक्तिशाली डनहरु,

काठमाडौँ, २० जेठ - नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट अवैध हातहतियार, जबरजस्ती करणी, वन्यजन्तुको अखेटोपहार, बैंकिङ कसूर र लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ।
१. भरूवा बन्दुकसहित नवलपरासीबाट एक पक्राउ:
नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१५ पोटाहा बस्ने ५५ वर्षीय ओम प्रकाश चौधरीलाई एकनाले भरूवा बन्दुक १ थान, छर्रा र बारूदसहित प्रहरीले बुधबार बिहान उनकै घरबाट पक्राउ गरेको छ।
२. बालिका करणीको अभियोगमा संखुवासभामा एक पक्राउ:
संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने ३० वर्षीय अरूण राईलाई १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाले बुधबार बिहान पक्राउ गरेको छ।
३. हात्तीको दाह्रा र लागूऔषधसहित काठमाडौँबाट ५ जना पक्राउ:
काठमाडौँको मनमैजु र सपनतीर्थ क्षेत्रबाट वन्यजन्तुको अखेटोपहार हात्तीको दाह्रा ४ थान र १५० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राजिव महर्जन, टेक प्रसाद गुरूङ, आयुष महर्जन, पुरन बोहरा र सन्त बहादुर भुजेल रहेका छन्। उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर र डिभिजन वन कार्यालय पठाइएको छ।
४. कृत्रिम व्यवसाय खडा गरी कर्जा दुरूपयोग गर्ने ओम प्रसाद पाण्डे पक्राउ:
राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओम प्रसाद पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले धनुषाको जानकी मेडिकल कलेज प्राङ्गणबाट पक्राउ गरेको छ। उनले कृत्रिम व्यवसाय खडा गरी धितोको अस्वाभाविक बढी मूल्याङ्कन गराई प्रभु बैंकबाट लिएको कर्जा अन्यत्र प्रयोग गरी दुरूपयोग गरेको अभियोग छ। उनीविरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पूर्जी जारी भएको थियो।
५. विभिन्न जिल्लाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ:
ललितपुर: ललितपुर महानगरपालिका-१५ बाट १५० ग्राम खैरो हेरोइन र २ थान डिजिटल तराजुसहित बाराका २५ वर्षीय सेख असरफ अली मंगलबार पक्राउ परेका छन्।
कैलाली: गोदावरी नगरपालिका-२ अत्तरीयामा डेरा गरी बस्ने कञ्चनपुरकी ३६ वर्षीया ममता भट्ट १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित बुधबार बिहान पक्राउ परेकी छन्।
मोरङ: सुनवर्षी नगरपालिका-१ गिरदलियाबाट १५ ग्राम ३७० मिलिग्राम खैरो हेरोइनसहित मोटरसाइकल सवार ३६ वर्षीय रूष्तम मियाँ बुधबार बिहान पक्राउ परेका छन्।
पक्राउ परेका सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

राजनीतिक महा भूकम्प: एकैपट लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीद्वारा सामूहिक राजीनामा!जुनतारा खबर, २० जेठ। लुम्बिनी प्रद...
03/06/2026

राजनीतिक महा भूकम्प: एकैपट लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीद्वारा सामूहिक राजीनामा!

जुनतारा खबर, २० जेठ। लुम्बिनी प्रदेश सरकारमा एकाएक ठुलो राजनीतिक हलचल पैदा भएको छ। आफ्नै पार्टीका मुख्यमन्त्री चेतनारायण आचार्य सत्ताको नेतृत्व गरिरहेका बेला, सत्तारुढ नेकपा (एमाले) का चार जना मन्त्रीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले आज मुख्यमन्त्री आचार्य समक्ष आफ्नो लिखित सामूहिक राजीनामा बुझाउनुभएको हो। मुख्यमन्त्री आचार्यले आफ्ना ४ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएको कुरालाई आधिकारिक रूपमा पुष्टि गर्नुभएको छ।
किन भयो अचानक यस्तो फेरबदल?
मुख्यमन्त्री निकट स्रोतका अनुसार यो राजीनामा सरकार संकटमा परेर वा कुनै आन्तरिक विवादका कारण दिइएको होइन। नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर उनीहरूको ठाउँमा नयाँ अनुहारलाई अवसर दिने आन्तरिक रणनीतिका कारण यो कदम चालिएको हो।
यस विषयमा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले मन्त्री फेरबदल गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय केन्द्र (काठमाडौँ) को समन्वयमा गर्नका लागि अधिकार प्रत्यायोजन भइसकेको जानकारी दिनुभएको छ। केन्द्रको योजनाबद्ध निर्णयसँगै अब लुम्बिनीमा एमालेका तर्फबाट नयाँ मन्त्रीहरू को–को बन्लान् भन्ने चासो चौतर्फी बढेको छ।
लुम्बिनी प्रदेशको यो नयाँ राजनीतिक कदमलाई तपाईं कत्तिको सही मान्नुहुन्छ? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्नुहोला। पलपलको ताजा अपडेटका लागि जुनतारा खबरलाई फलो र सेयर गर्न नभुलौँ, धन्यवाद।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Juntara Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Juntara Khabar:

Share