Gen-Z सपोर्ट नेपाल

Gen-Z सपोर्ट नेपाल नयाँ पुस्ता नयाँ परिवर्तन सहित को नयाँ नेपाल लाइक फलो सेयर गरि ताजा अप्डेट लिनुहोला ताजा समचार ,साथै रमाइलो हरेक कन्टेन्ट को साथ उपस्थित हुने छौ

19/05/2026
19/05/2026

नयाँ सरकार प्रती तपाईंको धारणा के छ ? खुसी दुखी ?

आउनुहोस यो एउटा बिनायो बाजा पनि चिनौ , नेपाल मा परापुर्बकाल मा चलिआएको यो बाजा आइले गीत मा मात्र सिमित छ दुरलब भएको छ  य...
02/04/2026

आउनुहोस यो एउटा बिनायो बाजा पनि चिनौ , नेपाल मा परापुर्बकाल मा चलिआएको यो बाजा आइले गीत मा मात्र सिमित छ दुरलब भएको छ यस्को संरक्षण भने देखिन्दैन खासै एस्को उत्पति मालिङ्गो बास को भाटा बाट भएको भए पनि आधुनिकिकरण गरि फलामको बनाएको पाइन्छ

      चार जेनजीको तर्फबाट मन्त्री बन्न लागेकाहरु मन्त्री नबन्दै बिबादमा परेका छ्न ..४ जना जेनजी मन्त्री बन्ने भएका छन् ।...
11/10/2025




चार जेनजीको तर्फबाट मन्त्री बन्न लागेकाहरु मन्त्री नबन्दै बिबादमा परेका छ्न ..

४ जना जेनजी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना जेनजी प्रतिनिधिहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन् । नियुक्त हुन लागेका मन्त्रीहरुको आगामी सोमबारसम्म शपथ गराउने तयारी भइरहेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

09/10/2025


भर्खरै निकोलस भुसाल लाई माइतीघर मन्डला बाट पक्राउ परेको छ ,

03/10/2025

Prabesh dahal

02/10/2025

october 9 मा होला त फेरि जेन्जी आन्दोलन ?? के छ बिचार ??

दुःखका साथ भन्नुपर्छ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिने पक्षमा छैनन्। उनकै कारण बिक्र...
02/10/2025

दुःखका साथ भन्नुपर्छ नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिने पक्षमा छैनन्। उनकै कारण बिक्रम संवत् २०८२ भादौ २३ र २४ गते अर्थात् सन् २०२५ सेप्टेम्बर ८ र ९ तारिख नेपालको ईतिहासमा एक कालो दिनको रुपमा दर्ज भएको छ।

चुपचाप सामाजिक संजालमा रमाईरहेका जेन्जीहरुको भुल्ने ठाउँ सामाजिक संजाल नै बन्द गर्ने निर्णय गरेपछि भड्किएको जेन्जीरुले विस्तारै भ्रष्टाचार र नेपोबेबी एक्सपोज अभियान चलाए लगत्तै उनीहरुले सेटेम्बर ८ मा भ्रष्टाचार र नेपोबेबी विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने भनी सामाजिक संजाल मार्फत नै जानकारी गराए सेटेम्बर ६ मा मात्रै घोषणा गरिएको आन्दोलनको प्रचार २ दिनमै व्यापक बन्यो।

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, काठमाण्डौका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ, कलाकार लगायत देशका चर्चित व्यक्तिहरुले समेत उनीहरुलाई साथ दिए।

भदौ २३ अर्थात् सेटेम्बर ८ मा भ्रष्टाचार विरुद्ध जेन्जी पुस्ताले पूर्व योजना अनुसार नै गरेको शान्तिपूर्ण आन्दोलन प्रहरी दमन पश्चात् हिंसात्मक बनेपछि त्यही दिनमा १९ जनाको ज्यानै गयो। जसले सारा नेपालीलाई विक्षिप्त बनायो, सायद त्यो रात कोही पनि निदाएनन् होला। भोलीपल्ट भदौ २४ गते त्यो आक्रोशले सिंहदरबार संसद भवन सर्वोच्च अदालत जस्ता ऐतिहासिक धरोहरहरु जलेर खरानी भए।

नेताहरूको निजी सम्पति जले, व्यवसायीहरुको व्यवसायिक भवनहरु र निजी सम्पति समेत जले, केपी ओलीको सरकार ढल्यो, उनी सेनाको सुरक्षा घेरामा पुगे र शुशिला कार्कीको नेतृत्वमा सरकार बनेर प्रतिनिधी सभा विघटन भयो। यति भएपछि जनताले अब केपी ओली आत्मग्लानीका साथ सार्वजनिक हुन्छन् भन्ने अनुमान लगाएका थिए तर उनी त्यसरी सार्वजनिक भएनन् बरु विशूद्ध जेन्जी पुस्ताले गरेको आन्दोलनलाई आफ्नो सरकार ढाल्न विदेशीले रचेको षडयन्त्र हो भनिरहेका छन्।

उनले जेन्जी पुस्तालाई आतंककारीको संज्ञा दिए। नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी माथी खनिए तर आफु कति अलोकप्रिय भईसकेको छु भन्ने कुरा भ्याउ पाएनन्।

यति भैसकेपछि त मानवताको नाताले पनि शहिद परिवार र घाईतेहरुप्रति क्षमा माग्दै समावेदान प्रकट गर्नुपर्ने हो। एकपल्ट चिसो दिमाग लगाएर मैले के बोल्दा के हुन्छ भन्ने कुराको समिक्षा हुनुपर्ने हो।

आफै देशको प्रमुख भएको बेला भएको घटनाको जिम्मेवारी लिन पर्ने हो तर बिडम्बना उनी यो केही गर्नेवालामा देखिएनन् न त उनीमा आत्मग्लानी देखियो न त उनी सुध्रिने बाटोमा नै देखिए केपी बा यसरी नै निरन्तर रुपमा आक्रोश पोख्दै बदलाको भाव लिएर बोलिरहने हो भने उनकै बोलीका कारण देशमा फेरी पनि यस्ता किसिमका घटानाहरु दोहोरिने पक्का छ। साथै उनको बोली एमाले पार्टीको लागि पनि घातक हुनेछ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gen-Z सपोर्ट नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share