Bhagawan Bahal Sports Team Club

Bhagawan Bahal Sports Team Club We are committed to build good comunity. president:- Maddy Ani Shrestha contact us for any social works and sports

'२०४६ सालमा पञ्चायती ब्यवस्था फालेपछी प्रजाको तन्त्र आउँछ भन्दै उचाले । होला त नि भनेर चैत्र २४ गते मैतिदेवीमा गोली खाइय...
30/01/2026

'२०४६ सालमा पञ्चायती ब्यवस्था फालेपछी प्रजाको तन्त्र आउँछ भन्दै उचाले । होला त नि भनेर चैत्र २४ गते मैतिदेवीमा गोली खाइयो । तर, पजेरोतन्त्र मात्र आयो ।
त्यसपछी मदन भण्डारीको हत्या भयो । हत्यारा पत्ता लागेपछि न्याय मिल्छ भनेर हौस्याए, होला त नि भन्ठानेर आन्दोलन गर्दा २०५० साल जेष्ठ २५ गते टुकुचामा चोपले । तर, न हत्यारा पत्ता लाग्यो न त हत्याको कारण !
त्यसपछी 'काङ्ग्रेसलाई बहुमत दिए प्रजातन्त्र र समाजवाद एकैचोटी आउँछ' भनेर पम्प लगाए, होला त नि भन्ठानेर आफ्नै साथीको टाउको फुटाईयो तर समाजबाद हैन बरबादमात्र आयो ।
त्यसपछी फेरी जनयुद्धबाट मात्र समानता मिल्छ भनेर ०५२ सालमा उचाले, होला त नि भनेर मौन समर्थन गरियो तर जनयुद्धको जगमा धनयुद्ध मात्र मौलायो ।
त्यसपछी राजा वीरेन्द्रको हत्या भयो । प्रजातान्त्रिक राजाका हत्यारालाई पत्ता लगाएपछी न्याय मिल्छ भनेर बिच्क्याए, होला त नि भन्दै कपाल खौरिएर सडकमा उत्रिईयो तर हत्यास्थल नै नष्ट गरियो ।
त्यसपछी बहुदलले बरबाद बनायो भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिए, हो कि क्या हो भनेर मौन बसियो तर हात्ती आयो हात्ती आयो फुस्सा !
फेरि गणतन्त्रबाट मात्र जनतन्त्र सम्भव छ भन्दै उफारे, होला त नि भनेर जनअन्दोलमा होमिईयो तर नाम अनुसार काम हुन सकेन ।
फेरि सम्बिधानसभा पछि रामराज्य हुन्छ भनेर दिमाग भुटे । होला त नि भनेर जनता उचाल्दै हिँडियाे, सम्बिधान आयो तर पानाबाट निस्किएर नागरिकलाई नाना, छाना र दाना बन्न सकेन ।
फेरि माओवादीले मात्र परिवर्तनलाई आत्मसात गर्न सक्छ भनेर फुर्क्याए, होला त नि भनेर बहुमतका लागि बुरुक बुरुक गरियो, आफ्नै ब्यहोराले पछारिए ।
दुई तिहाईको सरकारबाट मात्र स्थिरता हुन्छ भनेर कान फुके, होला त नि भनेर भोट माग्दै हिंडियो तर जनताले दिएको दुई तिहाईको ईस्टकोटलाई धोती बनाएर सडकमा नाङ्गै नाँचिरहे ।
मैले भोगे अनुसार २०४६ सालपछि आधा दर्जन राजनितिक परिवर्तन भएछन् । दर्जनौं प्रधानमन्त्री बनेछन् । सयौं मन्त्री र केहीले हजार राजनैतिक नियुक्ति लिएछन् ।
यी राजनैतिक परिवर्तनले केही थान मान्छेको जीवनमा यस्ता आर्थिक परिवर्तन पनि ल्यायो कि उसका सात पुस्ताले समेत खाई नसक्ने सम्पती भ्रष्टाचार गरेर जोडेका कुरा हामीले सुन्न पाएकाछौँ ।
तर, सर्वसाधारण नागरिकले कोरोनामा सिटामोल नपाएर, अनिकालमा अन्न नपाएर, रोगमा उपचार खर्च नपाएर सर्वसाधारण नागरिकसँगै सहयोगको अपिल गर्दै बस्नु परेको छ ।
जनता सहभागी भएका आजसम्मका यी राजनितिक परिवर्तनहरु कसका लागी थिए ? के नागरिकको अधिकार मतदान स्थलसम्म मतदानकालागिमात्र सिमित थियो ? हामीले ल्याएका यी विभिन्न परिवर्तनको उपलब्धिभित्र आम मान्छे किन पर्दैन ?
सर्वसाधारण नागरिकको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यसम्म राज्य किन पुग्दैन । र, जनता किन राज्यसम्म पुग्न सक्दैन ? 🤔 राज्य र नागरिकबिच यती अग्लो पर्खाल कसले लगाई रहेको छ ? र, त्यो पर्खाल भत्काउने कुनै व्यक्ती वा व्यवस्था होला कि नहोला ? म आफैंसँग प्रश्न गरिरहेको छु....🇳🇵

-मनोज गजुरेल

‘सोसल मिडिया’ न्युज, फोटो तथा भिडियो पत्याईहाल्नुअघि, शेयर गर्नुअघि र कमेन्ट ठोक्नुअघि यी दशवटा काम गर्ने गर्नोस...

30/09/2025

२०४६ देखि अहिलेसम्म ६६ पटक सरकार परीवर्तन गर्ने र
भ्रष्टचारको बिकास
गर्नू
बाहेक अरू बिकास भएन ..¡¡
Maddy Ani Shrestha

23/09/2025

भारत...America ra Europe le प्रत्येक ८-१० वर्षमा नेपाललाई बिध्वंसको बज्र प्रहार गरी आफ्नो बजारको सन्तुलन मिलाउँछ ।
अनि हामी नेपाली तेसैलाई परिवर्तन भन्छौं ।
Maddy Ani Shrestha

21/09/2025

शुभ घटस्थापना 🙏✨
बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सबैमा शान्ति, समृद्धि र खुशीयालीको शुभकामना ⚘🙏🙏
Good morning guys ⚘ 👍🏼 ✌ 🙏
Maddy Ani Shrestha

10/09/2025

बालेन का लागि सिंहदरबार जल्यो,
रविका लागि सर्वोच्च अदालत जल्यो,
भ्रष्ट्राचारका लागि अख्तियार जल्यो,
अपराधिका लागि जेल जल्यो,
भारतका लागि लिपुलेख-लिम्पियाधुराको नक्सा जल्यो।😭😭

अत: Gen-Z को फाईदा सबैले उठाए ?

दु:खद् कुरा, एउटा रविका लागि हजारौ अपराधी छुट्नु,
आर्मी हेडक्वाटर अगाडि सिंहदरवार जल्नु कतै न कतै Gen-z ले व्यवस्थाको लागि दिएको जीवन समर्पणको फाईदा ठुलै शक्तिले लियो।
कस्ले जित्यो कस्ले हार्‍यो ?
देशले हार्‍यो 😭
देश २०/३० वर्ष पछाडि पर्ने निश्चित छ ।

यो सबै Gen G लाई लिएर अरुले फाईदा लिए देश सक्यो, नेपाल जलिरहेको छ । यति भन्दा पनि तपाईहरुको गाली खानु पर्छ भने म तयार छु ।
😭😭😭😤😤🙏🙏🙏🙏

08/09/2025

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

08/09/2025

Sep 8 2025
Black ⚫ day
Maddy Ani Shrestha

13/08/2025

Good morning guys ⚘ 👍🏼 ✌ 🙏

Address

Bhagawan Bahal, Thamel
Kathmandu

Telephone

+9779841360602

Website

Alerts

Be the first to know and let us send you an email when Bhagawan Bahal Sports Team Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhagawan Bahal Sports Team Club:

Share