27/08/2026
अब नेपाल 🇳🇵ले विपत्तिबाट केवल दुःख होइन, ठूलो पाठ सिक्नुपर्छ।
२६ अगस्ट २०२६ मा रसुवामा भएको विनाशकारी घटना केवल एउटा प्राकृतिक विपत्ति मात्र होइन, नेपालका लागि ठूलो चेतावनी पनि हो। प्रारम्भिक अध्ययनअनुसार हिमनदीको ठूलो भाग खसेपछि ice–rock avalanche र त्यसपछि आएको flash flood ले बस्ती, सडक, पुल तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको देखिन्छ। यसको अन्तिम कारणबारे अनुसन्धान अझै जारी छ।
प्रकृतिलाई हामी रोक्न सक्दैनौँ।
तर प्रकृतिले दिएको चेतावनी बुझेर ज्यान जोगाउने व्यवस्था भने बनाउन सक्छौँ।
अब नेपालले केही कुरा गम्भीर रूपमा गर्नैपर्छ।
१. जोखिम भएको ठाउँ पहिचान गरौँ।
कुन गाउँ पहिरोको जोखिममा छ?
कुन नदीमा बाढी आउन सक्छ?
कुन हिमताल वा हिमनदी जोखिममा छ?
हरेक गाउँ, बस्ती, सडक र पुलको विस्तृत जोखिम नक्सा बनाउनुपर्छ।
२. Early Warning System गाउँ–गाउँसम्म पुर्याऔँ।
वर्षा, नदीको पानी, पहिरो तथा हिमनदी/हिमतालको अवस्था निगरानी गर्न sensors र monitoring system राखौँ। खतरा देखिएपछि मोबाइल SMS, siren, radio, TV र स्थानीय सूचना प्रणालीमार्फत समयमै चेतावनी दिने व्यवस्था हुनुपर्छ।
३. “घर जहाँ छ, त्यहीँ बस्नुपर्छ” भन्ने सोच बदलौँ।
नदीको किनार, पहिरो जाने बाटो र अत्यधिक जोखिम भएका ठाउँमा बस्ती विस्तार गर्नु हुँदैन।
गाउँ छोड्नुपर्छ भन्ने होइन—जोखिम भएको ठाउँबाट सुरक्षित ठाउँमा गाउँलाई व्यवस्थित गर्नुपर्छ।
किनकि ज्यानभन्दा ठूलो घर, जग्गा र सम्पत्ति होइन।
४. पहाडमा सडक बनाउँदा पहाडको प्रकृति बुझौँ।
मनपरी पहाड काटेर सडक बनाउने होइन। भूगर्भ, पानीको निकास, slope stability र पहिरोको जोखिम अध्ययन गरेर मात्र सडक, पुल तथा भवन निर्माण गर्नुपर्छ।
५. चीन–नेपाल–भारतबीच real-time disaster information sharing अझ बलियो बनाऔँ।
हिमालयले देशहरूलाई छुट्याए पनि नदी, हिमनदी र प्राकृतिक विपत्तिले सीमा मान्दैन।
एक देशको पहाडमा भएको घटना अर्को देशको बस्तीका लागि केही घण्टामै खतरा बन्न सक्छ। त्यसैले तीन देशबीच २४ घण्टा निगरानी र तत्काल सूचना आदान–प्रदान गर्ने प्रणाली अझ बलियो बनाउन आवश्यक छ।
६. प्रत्येक गाउँमा evacuation plan हुनुपर्छ।
सायरन बज्यो भने कहाँ जाने?
कुन बाटोबाट जाने?
वृद्ध, बालबालिका तथा अशक्त व्यक्तिलाई कसले सहयोग गर्ने?
यी कुरा विपत्ति आएपछि सोच्ने होइन—पहिले नै अभ्यास गर्ने।
नेपालले जापानजस्ता भूकम्प, पहिरो तथा अन्य प्राकृतिक जोखिम भएका देशबाट पनि धेरै सिक्न सक्छ। जापानमा जोखिम नक्सा, स्थानीय चेतावनी, evacuation planning र नियमित disaster drills लाई व्यवस्थित रूपमा प्रयोग गरिन्छ।
त्यसैले अब हाम्रो सोच यस्तो हुनुपर्छ:
“विपत्ति आएपछि उद्धार गरौँ” होइन,
“विपत्ति आउनुअघि मानिसलाई सुरक्षित ठाउँमा पुर्याऔँ।”
“पहिरो रोक्न सकिन्छ कि?” मात्र होइन,
“पहिरो आयो भने कति मानिसको ज्यान जोगाउन सक्छौँ?” भनेर सोचौँ।
नेपाल गरिब हुन सक्छ,
तर हाम्रो चेतना, प्रविधिको प्रयोग र तयारी गरिब हुनु हुँदैन।
आज रसुवामा भएको घटना भोलि अर्को जिल्लामा नदोहोरियोस् भन्न सकिँदैन।
तर आजबाट सही प्रणाली बनायौँ भने भोलिको त्यही विपत्तिले सयौँ परिवार उजाडिनबाट बचाउन सकिन्छ।
🇳🇵 प्रकृतिसँग लड्ने होइन, प्रकृतिलाई बुझेर सुरक्षित नेपाल बनाउने समय आएको छ।
सुरक्षित ठाउँमा बसौँ।
जोखिम पहिचान गरौँ।
चेतावनीलाई गम्भीरतापूर्वक लिऔँ।
र विपत्तिबाट सिकेर अझ बलियो नेपाल बनाऔँ।
#रसुवाको_घटनाबाट_नेपालले_सिक्नुपर्ने_पाठ_सरकार_र_जनतासँग_मेरो_आग्रह_🙏