जय नेपाल

जय नेपाल 🙏🙏

हार्दिक अपिल!🕯️
27/08/2026

हार्दिक अपिल!🕯️

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। यस विपत्तिले गर्दा कुल ४५० मेगावाट बिजुल...
27/08/2026

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। यस विपत्तिले गर्दा कुल ४५० मेगावाट बिजुली उत्पादन पूर्ण रूपमा ठप्प भएको छ, जसका कारण राष्ट्रिय प्रसारण लाइनमा ऊर्जा संकट बढ्ने खतरा देखिएको छ। प्रभावित क्षेत्रमा मर्मत कार्य र अवस्था चाँडै सामान्य बन्ने अपेक्षा गरिएको छ। 😮

26/08/2026

मन शुद्ध भए जीवन पनि शान्त हुन्छ। शुभ प्रभात। 🌞

26/08/2026

शान्त मन नै मानिसको सबैभन्दा ठूलो शक्ति हो। शुभ रात्री। 😴

26/08/2026

Black day for Nepal!!😭

26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

26/08/2026

रसुवामा भीषण बाढी, नदी किनारका बस्तीमा उच्च सतर्कता

रसुवा, भदौ १०-रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नदी आसपासका क्षेत्रमा क्षति पुगेको छ। बाढीको प्रभावसँगै त्रिशूली नदीमा समेत जलसतह तीव्र रूपमा बढेको छ र केही स्थानमा खतराको तह पार गरेको जनाइएको छ।

बाढीका कारण नदी किनारका बस्ती, सडक तथा भौतिक संरचनामा क्षति पुगेको छ। नुवाकोटको त्रिशूली बजार आसपास करिब ६० घर बगेको तथा दुईवटा पक्की पुलमा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

भोटेकोशी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

#रसुवा #रसुवाबाढी #भोटेकोशी #त्रिशूली #बाढी #बाढीकोजोखिम #सुरक्षितरहौँ

🌙 १५०१औँ मोहम्मद जयन्ती (ईद–मिलाद–उन–नबी) को हार्दिक शुभकामना!🤲यस पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा द...
26/08/2026

🌙 १५०१औँ मोहम्मद जयन्ती (ईद–मिलाद–उन–नबी) को हार्दिक शुभकामना!🤲

यस पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। साथै, समाजमा आपसी भाइचारा, सद्भाव, प्रेम र एकता अझ मजबुत बनोस् भन्ने कामना गर्दछौँ। 🌙🕌✨

ईद–मिलाद–उन–नबी मुबारक!🤲❤️

#हार्दिकशुभकामना #भाइचारा #सद्भाव #एकता

25/08/2026

हातका मैला सुनका थैला, के गर्नु धनले? साग र सिस्नु खाएको बेस आनन्दी मनले। शुभ प्रभात। 🌞

25/08/2026

जीवन एउटा ऐना हो, तिमी जे देखाउँछौ त्यही फर्केर आउँछ। शुभ रात्री। 🌜

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when जय नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category