25/03/2026
🚨 हराएको मान्छे फेला परेको सूचना 🚨
यही मिति २०८२/१२/११ गतेका दिन अन्दाजी उमेर ६५–७० वर्षका एक बृद्ध पुरुष गोदावरी नगरपालिका वडा नं. ९ बल्मी स्थित शिव पार्वती सामुदायिक वनमा कमजोर अवस्थामा फेला पर्नु भएको छ।
उहाँलाई स्थानीय युवाहरूले उद्धार गरी स्याउले प्रहरी बिटमा बुझाइएको छ।
उहाँलाई चिन्ने वा आफन्तजनले कृपया स्याउले प्रहरी बिटमा सम्पर्क गर्नुहोला।
📞 सम्पर्क: स्याउले प्रहरी बिट
🙏 यो जानकारी बढी भन्दा बढी शेयर गरिदिनु होला, ताकि उहाँ आफ्ना परिवारसम्म चाँडै पुग्न सकून्।