26/08/2026
बिर्तामोडमा आगामी असोज २० र २१ गते तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’हुन लागेको सबैलाई जानकारी नै छ ।
यस राष्ट्रिय प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहनेछ । शारीरिक सुगठन खेलको विकास र नयाँ प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले आयोजना हुन लागेको यो प्रतियोगिता सफल बनाउन तपाईंहरूको साथ र सहभागिता आवश्यक छ ।
आउनुहोस्, असोज २० र २१ गते बिर्तामोडमा भेटौँ।
मिस्टर कञ्चनजंघा राष्ट्रिय प्रतियोगिता – २०८३, भव्य बनाऔँ !